स्पेनको ऐतिहासिक फाइनल यात्रा : युवा जोशसँगै दोस्रो उपाधिको लक्ष्य


१६ वर्षको लामो प्रतीक्षा र नयाँ युवा टिमको लयमा स्पेन फेरि विश्वकपको फाइनलमा पुगेको छ र फेरि एक पटक विश्व विजेताको साख फर्काउने लक्ष्यमा निकै नजिक पुगेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • स्पेन १६ वर्षको लामो प्रतीक्षापछि युवा खेलाडीहरूको उत्कृष्ट लय र सन्तुलित प्रदर्शनका साथ विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
  • गोलकिपर उनाइ सिमोनले विश्वकपका पाँच खेलमा गोल नखाई ५१९ मिनेटको कीर्तिमान बनाउँदै स्पेनको डिफेन्सलाई बलियो आधार प्रदान गरेका छन् ।
  • कप्तान रोड्रीको नेतृत्वमा रहेको स्पेनले फाइनलमा साविक विजेता अर्जेन्टिना र लियोनल मेसीको कडा चुनौतीको सामना गर्ने तयारी गरेको छ ।

काठमाडौं । सन् २०१० मा अफ्रिकाको भूमिमा (दक्षिण अफ्रिका) मा पहिलो पटक विश्वकप आयोजना हुँदा स्पेन नयाँ विजेता बनेको थियो । स्पेनले विश्वकपको सुनौलो ट्रफी उचाल्दा स्पानिस फुटबल इतिहासमै आफ्नो स्वर्णिम युगको मजा लिइरहेको थियो ।

टिकी-टाका शैलीको जादुले विश्व फुटबललाई नै लठ्ठ पारेको स्पेनले लगातार तीन ठूला उपाधि (२०१० को विश्वकप, २००८ र २०१२ मा युरो) जितेर विश्व फुटबलमा आफ्नो प्रभुत्व कायम राखेको थियो ।

तर त्यो पुस्ताका खेलाडी विस्तारै बाहिरिँदै जादा स्पानिस फुटबल पहिले जस्तो रहेन । त्यसपछिका तीन विश्वकपमा स्पेनको प्रदर्शन बिर्सनलायक रह्यो । २०१४ को विश्वकपमा समूह चरण नै पार गर्न नसकेको स्पेन त्यसपछि २०१८ र २०२२ मा नकआउट चरण पुगेपनि अन्तिम १६ बाटै घर फर्कनुपरेको थियो ।

तर अहिले डेढ दशक (१६ वर्ष) को लामो प्रतीक्षा र नयाँ युवा टिमको लयमा स्पेन फेरि विश्वकपको फाइनलमा पुगेको छ र फेरि एक पटक विश्व विजेताको साख फर्काउने लक्ष्यमा निकै नजिक पुगेको छ ।

युवा खेलाडीहरुको जोश र लय, मैदानभित्र टिम गेम र सन्तुलित प्रदर्शन गरिरहेको स्पेन अपराजित रहँदै फाइनल पुगेको हो । पहिलो खेलमै गोलरहित बराबरी खेलेपनि स्पेनले त्यसपछि लगातार ६ खेल जित्तै आफ्नो इतिहासमा दोस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो ।

अब उसको अगाडि एउटै मात्र चुनौती बाँकी छ, साविक विजेता अर्जेन्टिना र विश्व फुटबलका नायक लियोनल मेसी । यो चुनौती पन्छाउनका लागि स्पेनको टोली तयार रहेको छ ।

पहिलो खेलमै धक्का र समूह चरणको मिश्रित प्रदर्शन

विश्वकप सुरु हुनुअघि नै स्पेन यस पटक उपाधिको प्रबल दाबेदारको रुपमा रहेको फुटबल विज्ञहरुले बताएका थिए । विभिन्न भविष्यवाणी गर्नेहरुले पनि स्पेनलाई पहिलो नम्बरको दाबेदारको रुपमा रहेको थियो । तर स्पेनको यात्रा भने सोचेजस्तो सहज रहेन । समूह चरणको पहिलो खेलमै स्पेनले ठूलो धक्का बेहोर्नुपर्‍यो ।

विश्वकपमा डेब्यु गरिरहेको टापुहरु मिलेर बनेको केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो । केप भर्डेका गोलकिपर भोजिन्हा त्यस खेलमा उत्कृष्ट बचाउ गर्दै नायक बने ।

स्पेनी टिमका लागि यो सुरुवाती धक्का नै ‘वेकअप कल’ सावित भयो । त्यसपछि स्पेनले लगातार जित्दै आएको छ । समूह चरणको बाँकी दुई जित्दै स्पेन समूह विजेता बनेर नकआउट चरण पुग्यो ।

दोस्रो खेलमै साउदी अरेबियालाई ४-० ले हराएर स्पेनले आफ्नो लय सबैसामु देखायो । युवा स्टार लामिन यामलले विश्वकपमा आफ्नो पहिलो गोल यसै खेलमा गरे । त्यसपछि एलेक्स बाएनाको एक मात्र गोलमा स्पेनले पुर्व विजता उरुग्वेलाई १-० ले पराजित गर्दै समूहमा अपराजित रह्यो ।

गोलकिपर उनाइ सिमोनको कीर्तिमान

स्पेनको ऐतिहासिक फाइनल यात्रा : युवा जोशसँगै दोस्रो उपाधिको लक्ष्य

पहिलो खेलमा बराबरीपछि स्पेनले आफ्नो रणनीतिमा सुधार गर्दै डिफेन्स बलियो बनायो । गोलकिपर उनाइ सिमोनसहित डेफेन्स लाइन यति मजबुत देखियो कि विपक्षी परवार्डका लागि स्पेनको पोस्टमा बल छिराउनु फलामको चिउरा चपाउनु सरह बन्यो ।

समूह चरणको तीन खेल र नकआउट चरणको सुरुवाती दुई खेल गरी लगातार ५ खेलमा स्पेनले कुनै गोल खाएन ।

राउण्ड अफ ३२ मा अस्ट्रियालाई ३-० ले पराजित गर्दा स्पेनका गोलकिपर उनाइ सिमोनले ५ खेलमा क्लिनसिट राख्दै विश्वकपमा कीर्तिमान बनाए । उनले लगातार ५१९ मिनेट गोल नखाई सन् १९९० मा इटालीका वाल्टर जेंगाले राखेको ५१८ मिनेटको कीर्तिमान ब्रेक गरे । विपक्षीका लागि सिमो र स्पानिस डिफेन्स पर्खाल जस्तै अडिग रहे ।

त्यसपछि प्रि-क्वाटरफाइनलमा स्पेनले छिमेकी पोर्चुगललाई १-० ले हराएर । यस खेलमा मिकेल मेरिनोले बेन्चबाट आएर निर्णायक गोल गरे ।

क्वाटरफाइनलमा बेल्जियम विरुद्ध स्पेनले पहिलो गोल बेहोर्‍यो । उक्त खेलमा स्पेनले २-१ को जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । १-१ को स्थितीमा स्पेनका लागि सुपर सब मिकेल मेरिनोले निर्णायक गोल गरेका थिए ।

सेमिफाइनलमा फ्रान्समाथि एकपक्षीय जित

स्पेनको ऐतिहासिक फाइनल यात्रा : युवा जोशसँगै दोस्रो उपाधिको लक्ष्य

सेमिफाइनलमा दुई युरोपियन पावरहाउस र उपाधिको बलिया दाबेदार स्पेन र फ्रान्सको भेट भयो । यो खेल फाइनलअघिको फाइनलको रुपमा चित्रण गरिएको थियो र प्रतिस्पर्धात्मक हुने अपेक्षा थियो ।

तर मैदानमा भने परक किसिमको प्रदर्शन देखियो । उपाधिको बलियो दाबेदार फ्रान्सले स्पेन सामु सबैभन्दा कमजोर प्रदर्शन गर्‍यो । स्पेनले हरेक खेलमा सुधार गर्दे सेमिफाइनलमा अझ राम्रो खेल्यो । पछिल्लो समयमा फ्रान्समाथि स्पेन हावी हुँदै आएको थियो र यस विश्वकपमा त्यो क्रमले निरन्तरता पायो ।

अनुभवी र स्टार खेलाडीहरूले भरिएको फ्रान्सलाई स्पेनले २-० ले हराउँदै फाइनल पुग्यो । स्पेनका लागि फ्रान्स विरुद्धको खेल फाइनलको वार्म अफ जस्तै रह्यो । ८ गोल गरेका कप्तान किलियन एमबाप्पे स्पेन विरुद्ध चल्न सकेनन् । स्पेनको मिडपिल्डले प्रान्सले पुरै दबामा राख्दा फ्रान्स कतै भुल्लिएको जस्तै देखिएको थियो ।

१६ वर्षपछि फाइनलको टिकट सुरक्षित गरेपछि स्पेनको उपाधि दाबेदारीलाई अझ बलियो बनाउनुका साथै टोलीको आत्मविश्वासलाई पनि अझ बढायो मद्दत गर्‍यो ।

स्टारडम भन्दा पनि टिम गेम

वर्तमान स्पानिस टोलीको सबैभन्दा ठूलो विशेषता भनेकै यो टिम कुनै एक वा दुई स्टार खेलाडीमाथि निर्भर छैन । मैदान उत्रने सबै खेलाडी मात्र नभई बेन्चबाट आउने खेलाडी पनि स्टार जस्तै छन् ।

मिडफिल्डका कमाण्डर रोड्रीको कप्तानीमा रहेको स्पेन एउटा ‘कम्प्लिट’ टोलीको रुपमा देखिएको छ । गोलकिपर देखि डिफेन्स लाइन, मिडफिल्डर र फरवार्ड लाइन सबै उस्तै देखिन्छन् ।

छोटा छोटा पास खेल्ने स्पेनसँग विपक्षी परवार्डलाई रोक्न मजबुत डिफेन्स लाइन छ भने विपक्षी डिपेन्सलाई तोड्न उत्तिकै राम्रो मिडफिल्ड र फरवार्ड पनि छ ।

यस टिममा सबैभन्दा बढी चर्चामा रहेका युवा स्टार लामिन यमाल भर्खर १९ वर्ष लागेका छन् । उनले प्रतियोगिताभर जम्मा १ गोल मात्र गरेका छन् । तर विपक्षीको लागि खतरा उनै यामल छन् । उनको भूमिका गोलसंख्या भन्दा धेरै माथि छ । उनी स्पेनको आक्रमणका मुख्य योजनाकार हुन् । उनको अविश्वसनीय ड्रिब्लिङ, गज्जबको क्रिएटीभी र मैदानमा देखिने परिपक्वता विपक्षी डिफेन्डरहरूका लागि टाउको दुखाइको विषय बनेको छ ।

कप्तान रोड्रीले मिडफिल्डमा बल नियन्त्रण गर्ने देखि डिफेन्स र अट्याकबीच पुलको काम गर्ने र टोलीलाई संयमित राख्ने काम अब्बल रूपमा गरिरहेका छन् । फरवार्ड मिकेल ओयरजाबालले ५ गोल गरेर स्पेनका लागि सर्वाधिक गोलकर्ता बनेका छन् ।

स्पेनको ऐतिहासिक फाइनल यात्रा : युवा जोशसँगै दोस्रो उपाधिको लक्ष्य

उनी सर्वाधिक गोल गर्नेमा भने सातौं स्थानमा छन् । यमालले सिर्जना गरेका अवसरहरूलाई गोलमा परिणत गर्ने जिम्मेवारी मिकेल ओजाबायल छन् । उनको क्लिन फिनिसिङ नै स्पेनको मुख्य हतियार बनेको छ ।

स्पेनका लागि अहिलेसम्म ६ फरक खेलाडीले गोल गरेका छन् । त्यसमा ओयरजाबाल बाहेक मिकेल मेरिनो र पेड्रो पोरोले पनि एक भन्दा बढी गोल गरेका छन् । दुवैले समान २ गोल गरेका छन् । यामलसँगै एलेक्स बाएना र फाबियन रुइजले १-१ गोल गरेका छन् । एक गोल आत्मघाती उपहार पाएको थियो ।

उनाई सिमोन पोष्टमा पर्खाल जस्तै बनेर बसेका छन् भने त्यसअघि उनलाई साथ दिन पाउ कुराबसी, मार्क कुकुरेला, पेड्रो पोरो जस्ता डिफेन्डर छन् ।

‘मैदानमा एघारै जना खेलाडीले एउटै मस्तिष्कले सोचेर खेल्छन् भने त्यहाँ व्यक्ति होइन, टोली च्याम्पियन बन्छ’ भने जस्तै यस विश्वकपमा स्पेनले प्रदर्शन गरिरहेको छ ।

दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्य

स्पेनको ऐतिहासिक फाइनल यात्रा : युवा जोशसँगै दोस्रो उपाधिको लक्ष्य

स्पेनका लागि यो फाइनल केवल एउटा खेल मात्र होइन, यो डेढ दशक लामो विरासत फर्काउने सुनौलो अवसर हो । केप भर्डेसँगको सुरुवाती निराशाजनक बराबरीबाट सुरु भएको यो यात्रा आज विश्व विजेता अर्जेन्टिनालाई चुनौती दिने स्तरसम्म आइपुगेको छ ।

रोड्रीको कप्तानी, यमालको युवा जोस र ओयरजाबालको गोल गर्ने कलाले सुसज्जित ‘ला रोजा’ दोस्रो पटक विश्वकपको ट्रफी उचाल्न आतुर छ र त्यसका लागि तयार पनि छ । विश्वभरका फुटबलप्रेमी र समर्थकहरु अहिले मेसी अर्जेन्टिना र यामलको स्पेनबीचको फाइनल खेलको आनन्द लिन प्रतिक्षा गरिरहेका छन् ।

आफ्नो करियरको अधिकांश समय स्पेनमा बिताएका मेसीको विरुद्ध स्पेनले कस्तो रणनीतिका साथ फाइनलमा उत्रन्छ त्यो भने हेर्नलायक हुनेछ ।





Source link

Leave a Comment