वाशिङ्टन डीसीका सडकमा नेशनल गार्डले हतियारसहित गस्ती गर्न थाले



प्रकाशित मिति : भाद्र ७, २०८२ आईतबार

तस्वीर : एएफपी/ रासस

अमेरिकाको वाशिङ्टन डीसीका सडकमा गस्ती गर्दै आएका नेशनल गार्डहरू हतियारसहित तैनाथ हुन थालेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अपराधविरोधी अभियानअन्तर्गत नेशनल गार्डहरू हतियारसहित तैनाथ हुन थालेका हुन्।

नेशनल गार्डले एम-१७ पेस्तोल वा एम-४ राइफल बोकेर गस्ती गर्न थालेका छन्। नेशनल गार्डको सङ्ख्या कति हुनेछ भन्ने कुरा निश्चित भएको छैन।

वाशिङ्टन डीसीका सडकमा नेशनल गार्डले हतियारसहित गस्ती गर्न थाले

वाशिङ्टन डीसीका सडकमा नेशनल गार्डले हतियारसहित गस्ती गर्न थाले

गत दुई हप्तादेखि ट्रम्पले ‘अपराध आपतकाल’ घोषणा गरेपछि सयौँ निहत्था नेशनल गार्डका सदस्यहरू राजधानीमा खटिएका थिए। तर गत हप्तामात्र रक्षा मन्त्री पिट हेगसेथले उनीहरूलाई हतियार बोक्न अनुमति दिएका हुन्।

गार्डको ‘ज्वाइन्ट टास्क फोर्स–डीसी’ ले विज्ञप्ति जारी गर्दै आफ्नो बल प्रयोगलाई “अन्तिम विकल्पको रूपमा मात्र र जीवन वा गम्भीर शारीरिक क्षतिलाई तत्काल टार्न आवश्यक भएमा मात्र” गर्ने जनाएको छ।

यसैबीच राष्ट्रपति ट्रम्पले अपराध नियन्त्रणका लागि वाशिङ्टनपछि शिकागो र बाल्टिमोरमा पनि नेशनल गार्ड पठाउने सम्भावना रहेको बताएका छन्। तर डेमोक्र्याटिक नेताहरूले यस कदमको विरोध गरेका छन्।

प्रतिनिधिसभामा डेमोक्र्याटिक अल्पमत नेता हाकिम जेफ्रिजले भने, “शिकागोमा सङ्घीय सैनिक पठाउने कुनै कानुनी आधार वा राष्ट्रपति ट्रम्पलाई अधिकार छैन। अपराध दर गत वर्षभन्दा घटेको छ।”

शिकागो रहेको इलिनोइसका डेमोक्र्याटिक गभर्नर जेबी प्रिट्जकरले पनि कुनै आपत्कालीन अवस्था नरहेको भन्दै नेशनल गार्ड खटाउन अस्वीकार गरेका छन्।

वाशिङ्टन डीसीका सडकमा नेशनल गार्डले हतियारसहित गस्ती गर्न थाले

तर शिकागो वा बाल्टिमोरजस्ता डेमोक्र्याटिक सहरहरूमा नेशनल गार्ड पठाएमा कानुनी चुनौती आउने लगभग निश्चित जस्तै देखिन्छ।





Source link

Leave a Comment