विश्वविजेता अर्जेन्टिना विश्वकपको फाइनलमा, उपाधि रक्षाका लागि स्पेनको सामना गर्ने



प्रकाशित मिति : ३१ असार २०८३, बुधबार

विश्वविजेता अर्जेन्टिना विश्वकपको फाइनलमा, उपाधि रक्षाका लागि स्पेनको सामना गर्ने

फोटो :एपी/रासस

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा सम्पन्न रोमाञ्चक सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको हो। यसअघिको संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो।

खेलमा सुरुआती अग्रता भने इङ्ल्यान्डले लिएको थियो। ५५ औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई अघि बढाएका थिए। तर, खेलको उत्तरार्धमा अर्जेन्टिनाले पुनरागमन गर्‍यो। ८५ औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समय को दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए।

अन्तिम सेमिफाइनलमा कप्तान लियोनल मेसीले आफैँ गोल गर्न नसके पनि उनकै उत्कृष्ट पासहरूमा फर्नान्डेज र मार्टिनेजले गोल गर्न सफल भएका थिए। जारी विश्वकपमा मेसी सर्वाधिक गोलकर्ताले पाउने ‘गोल्डेन बुट’ को दौडमा शीर्ष स्थानमा छन्। उनले प्रतियोगितामा हालसम्म ८ गोल गरिसकेका छन्। फ्रान्सका किलियन एम्बाप्पेले पनि समान ८ गोलका साथ मेसीलाई पछ्याइरहेका छन्।

सेमिफाइनलमा फ्रान्स पराजित भए पनि तेस्रो स्थानका लागि इङ्ल्यान्डसँगको खेल बाँकी नै रहेकाले किलियन एम्बाप्पेको पनि गोल्डेन बुट जित्ने सम्भावना कायमै छ। यदि मेसीलाई अन्य खेलाडीले पछि पार्न नसकेमा उनले फिफा विश्वकपको इतिहासमा पहिलो पटक सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेन बुट’ अवार्ड जित्नेछन्।

यसअघि सन् २०१४ मा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याउँदा मेसी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै पहिलो पटक ‘गोल्डेन बल’ अवार्डबाट सम्मानित भएका थिए। त्यस्तै, सन् २०२२ मा अर्जेन्टिनालाई विश्वविजेता बनाउँदा उनले दोस्रो पटक उक्त अवार्ड हात पारे। विश्वकपको इतिहासमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने मेसी पहिलो र एक मात्र खेलाडी हुन्।

३९ वर्षीय कप्तान मेसी यस पटक अर्जेन्टिनालाई ६४ वर्षपछि लगातार दोस्रो पटक विश्वकप उपाधि दिलाउने ऐतिहासिक लक्ष्यमा छन्। यसअघि सन् १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप जितेयता कुनै पनि टोलीले यो उपलब्धि हासिल गर्न सकेका छैनन्।

विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने र नकआउट चरणका लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान पनि मेसीकै नाममा छ। यसका साथै उनले विश्वकपमा सर्वाधिक ३३ खेल खेल्ने, सर्वाधिक २१ गोल गर्ने र सर्वाधिक ११ असिस्ट गर्ने सर्वकालीन कीर्तिमान समेत आफ्नो नाममा लेखाइसकेका छन्।

अब अर्जेन्टिनाले उपाधि रक्षाका लागि जुलाई २० मा स्पेनको सामना गर्नेछ। फ्रान्सलाई सेमिफाइनलमा पाखा लगाउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो। यता सेमिफाइनलमा पराजित फ्रान्स र इङ्ल्यान्डबीच तेस्रो स्थानका लागि शनिबार प्रतिस्पर्धा हुनेछ।





Source link

Leave a Comment