गल्तीले देश निकाला गरिएका गार्सियालाई एल साल्भाडोरले अमेरिका फिर्ता नपठाउने



प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार

अमेरिकी प्रशासनको गल्तीका कारण देश निकाला भएर एल साल्भाडोरमा पुराइएका व्यक्तिलाई एल साल्भाडोरले फिर्ता नगर्ने घोषणा गरेको छ । ति व्यक्तिलाई फिर्ता ल्याउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई आदेश दिएको थियो ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले अमेरिकी सर्वोच्च अदालतको आदेशका बाबजुद पनि किल्मार आब्रेगो गार्सियालाई अमेरिका फिर्ता नपठाउने घोषणा गरेका हुन ।

गार्सिया हाल एल साल्भाडोरको विवादास्पद मेगा जेलमा कैद छन् । त्यहाँ अमेरिकाद्वारा “ग्याङ सदस्य” भनेर निष्कासन गरिएका सयौं आप्रवासीहरूलाई पठाइएको छ ।

गल्तीले देश निकाला गरिएका गार्सियालाई एल साल्भाडोरले अमेरिका फिर्ता नपठाउने

गल्तीले देश निकाला गरिएका गार्सियालाई एल साल्भाडोरले अमेरिका फिर्ता नपठाउने

राष्ट्रपति बुकेलेले सोमबार ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पसँगको बैठकमा बताएका हुन् । ट्रम्प र बुकेलेबीच राम्रो सम्बन्ध रहँदै आएको छ । उनीहरूबीच आप्रवासी नियन्त्रण र अपराध नियन्त्रण सम्बन्धी सहकार्य थप बलियो बनिरहेको देखिएको छ ।

अमेरिकी सर्वोच्च अदालतले गत हप्ता ट्रम्प प्रशासनलाई किल्मार गार्सियाको पुनः अमेरिका फिर्ती सहज बनाउन निर्देशन दिएको थियो। गार्सियालाई २०१९ मा अदालतले निर्वासनबाट संरक्षण दिएको भएपनि उनी २०२४ मा प्रशासनिक गल्तीका कारण एल साल्भाडोर पठाइएका थिए ।

तर अमेरिकी महान्यायाधिवक्ता प्याम बन्डीले उनीहरू फिर्ता आउने या नआउने निर्णय एल साल्भाडोरकै हातमा रहेका बताए । ट्रम्प प्रशासनले पनि अदालतको आदेश पालना गर्न नसकिने जिकिर गर्दै आएको छ ।

वृद्धाहरूलाई ब्याटले हिर्काउने , मेट्रो स्टेशनमा मानिसहरूलाई धकेल्ने जस्ता अमेरिकामै बसेर अपराध गर्ने व्यक्तिहरुलाई कानुनले अनुमति दिएमा देशबाहिर पठाउन चाहेको ट्रम्पले बताएका छन ।

एल साल्भाडोरको मेगा जेल राष्ट्रपति बुकेलेको ग्याङविरुद्धको युद्धको प्रतीक बनेको छ । यो ११६ हेक्टरमा फैलिएको अत्याधुनिक सुरक्षायुक्त छ ।

गल्तीले देश निकाला गरिएका गार्सियालाई एल साल्भाडोरले अमेरिका फिर्ता नपठाउने

यस जेलमा ४० हजार कैदी राख्न सकिने दाबी गरिएको छ । यो जेलमा झ्याल वा हावा सर्कुलेशन छैन भनिएको छ ।

म्याट्रेस वा ओढ्ने नहुने फलामका बेडहरूमा कैदीहरू सुत्ने गरेको र एक कोठामा १५० भन्दा बढी कैदी राख्ने गरिएको बताइएको छ ।

ट्रम्प प्रशासनसँगको सहकार्यले बुकेलेलाई वाशिङ्टनमा लोकप्रियता दिलाइरहेको देखिन्छ । जसको कारण अमेरिकाले एल साल्भाडोरमा भइरहेको लोकतान्त्रिक पतन वा मानव अधिकार उल्लङ्घनप्रति गहिरो प्रतिक्रिया जनाउन छाडेको आलोचकहरू बताउँछन् ।





Source link

Leave a Comment