रुस युक्रेन युद्धको जिम्मेवारी पुटिन, बाइडेन र जेलेन्स्कीले लिनुपर्छ : राष्ट्रपति ट्रम्प



प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस युक्रेन युद्धमा लाखौँ मानिसको मृत्यु भएको भन्दै त्यसको जिम्मेवारी रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेंस्की तीनै जनाले लिनुपर्ने बताएका छन ।

ट्रम्पले वासिङ्टनस्थित ह्वाइट हाउसमा एल साल्भाडोरका राष्ट्रपति संगको बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै युद्ध सुरु गर्ने ले युद्ध जित्न सकिन्छ या सकिदैन भनेर सोच्नु पर्नेमा रुस युक्रेन युद्धमा यस्तो सोचाई नभएको आफुले पाएको बताए ।

उनले युद्ध सुरु गराएकोमा जेलेन्स्कीको आलोचना गर्दै जलेन्स्की सधै मिसायल किन्ने प्रयासमा मात्रै केन्द्रीत रहेको आरोप लगाए । ट्रम्पले तीन व्यक्तिको कारण लाखौं मानिस मरेका छन् भन्दै त्यसको पहिलो पुटिन, दोस्रो बाइडेन र तेस्रो जेलेंस्की नै कारण रहेको बताए ।

रुस युक्रेन युद्धको जिम्मेवारी पुटिन, बाइडेन र जेलेन्स्कीले लिनुपर्छ : राष्ट्रपति ट्रम्प

रुस युक्रेन युद्धको जिम्मेवारी पुटिन, बाइडेन र जेलेन्स्कीले लिनुपर्छ : राष्ट्रपति ट्रम्प

सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता लाखौँ मानिस मारिएका छन । धेरै घाइते भएका छन् । ट्रम्पका यी टिप्पणीहरू रुसले युक्रेन विरुद्ध वर्षकै सबैभन्दा घातक नागरिक आक्रमणपछि आएका हुन् ।

आइतबार युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रूसी मिसाइल आक्रमण हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको थियो । ११७ जना घाइते भएको बताइएको छ।

मस्कोले उक्त आक्रमण युक्रेनी सैनिकहरूको बैठकमा गरिएको स्थानमा भएको बताएको छ । रुसले त्यहाँ ६० जना मारिएको दाबी गरेको छ । यसअघि ट्रम्पले सो आक्रमणलाई गल्ती भनेका थिए।

फेब्रुअरीमा ह्वाइट हाउसमा भएको कडा संवादपछि ट्रम्प र जेलेंस्कीबीचको सम्बन्ध चिसिएको देखिन्छ । हालैको एक अन्तर्वार्तामा, जेलेंस्कीले ट्रम्पलाई युक्रेन भ्रमण गर्न आग्रह गरेका थिए ।

कुनै पनि सम्झौता गर्नु भन्दा पहिले युक्रेन आउनुहोस्, यहाँका मानिसहरू, बच्चाहरू, अस्पताल, चर्चहरू, ध्वस्त भएका घरहरू, मृतकहरू हेर्नुहोस् भनेर जेलेन्स्कीले ट्रम्पसँग आग्रह गरेका थिए ।

रुस युक्रेन युद्धको जिम्मेवारी पुटिन, बाइडेन र जेलेन्स्कीले लिनुपर्छ : राष्ट्रपति ट्रम्प

ट्रम्पले अब यो हिंसा रोक्नुपर्छ भन्दै निकट भविष्यमा शान्ति प्रस्तावहरू आउने बताए । तर ति प्रस्तावहरु कस्ता रहनेछन भनेर खुलाएका छैनन ।





Source link

Leave a Comment