नेपालमा भ्रष्टाचारको मुहान र सफाइका उपाय
अहिले भ्रष्टाचार विश्वभरि नै जटिल सामाजिक रोगको रूपमा देखा परेको छ। भ्रष्टाचार कानूनको कमजोर कार्यान्वयन, शोषणयुक्त सामाजिक संरचना, व्यक्तिको लालची प्रवृत्ति र अतृप्तिको परिणाम हो। यो राज्यको नीतिगत र संस्थागत कमजोरीका कारण झन् बलियो बन्दै गएको छ। भ्रष्टाचार सदाचारिताको स्खलन, सुशासनको धमिरा, विकासको बाधक र शासकीय प्रणालीको भाइरस हो। विशेषगरी, …