औषधिको महँगो हुस्सु दण्ड र बेलायतको स्वास्थ्य सेवा


नियमित रूपमा औषधि सेवन गर्नुपर्नेहरूको लागि बेलायतमा मासिक ९.९० पाउण्ड तिर्न सकिने व्यवस्था गरिएको छ। कसैलाई कुनै औषधि सेवन गर्नुपर्‍यो भने डाक्टरले लेखिदिने प्रेस्क्रिप्सन अनिवार्य हुन्छ। सामान्य औषधि बाहेक सम्पूर्ण औषधिहरू लिनको लागि डाक्टरको सिफारिस अनिवार्य हुन्छ।

बेलायतमा औषधि अनुसार फरक मूल्य तोकिएको हुन्न। एक पटक लेखिदिएको औषधि लिन प्रेस्क्रिप्सन चार्ज तिरे पुग्छ। एक पटक एउटा मात्र औषधि किन्न परे फार्मेसीमा गएर ९.९० पाउण्ड तिरे पुग्छ। तीन महिनासम्म खानु परे ३२.०५ पाउण्ड तिर्नुपर्दछ भने वार्षिक रूपमा औषधि लिनु परेमा ११४.५० को एक पटकमा वा प्रति महिना ११.४५ पाउण्ड लिने गरी बैंकमा दश महिनाको लागि डाइरेक्ट डेविट गराउनुपर्दछ।

यसलाई एन.एच.एस प्रेस्क्रिप्सन प्रि पेमेन्ट सर्टिफिकेट भनिन्छ। यो भए पछि जति पटक जति वटा औषधि चाहे पनि थप पैसा तिर्नुपर्दैन।  तर यस्तो सर्टिफिकेट नहुनेले एउटा औषधिको ९.९० को दरले तिर्नुपर्छ। मलाई रक्तचाप भएपछि तीन प्रकारका औषधिहरू सेवन गर्नुपर्ने भयो। शुरुमा केही समय नेपालबाट ल्याएको औषधि नै खाइयो। यहाँको औषधि सुरू गरेपछि मासिक रूपमा पैसा तिरेर खाने गरियो। अलि पछि मात्र यसरी सर्टिफिकेट पनि पाइने रहेछ भनेर थाहा भयो त्यसपछि नियमित रूपमा यही अनुसार चलिरहेको छ।

फार्मेसीमा औषधि लिन जाँदा प्रत्येक पटक एउटा फारम भर्नुपर्छ। त्यसमा औषधि प्राप्त गर्ने विभिन्न कारण उल्लेख गरिरहेको हुन्छ। त्यसमध्ये जुन आफूलाई आकर्षित हुन्छ त्यसमा ठिक लगाउने र अर्को महिनाको लागि पनि चाहिने भनेर टिक लगाएर दस्तखत सहित मिति लेख्नुपर्छ।

यहाँको स्वास्थ्य सेवा निःशुल्क भए पनि औषधि भने सबैका लागि नि:शुल्क हुँदैन। इंग्ल्याण्डमा औषधिको पैसा तिर्नुपर्छ भने अन्य राज्यहरू बेल्समा सन् २००७ को अप्रिल, उत्तर आयरल्याण्डमा सन् २०१० र स्कटल्याण्डमा सन् २०११ देखि निःशुल्क गरिएको हो। त्यहाँ कसैले पनि औषधिको लागि पैसा तिर्नुपर्दैन।

इङ्ल्याण्डमा चाहिं ६० वर्ष उमेर पुगेका, १६ वर्षभन्दा मुनिका १६ र १९ वर्ष बीचका पूर्णकालीन विद्यार्थी गर्भवती महिला, विभिन्न प्रकारका सरकारी सहयोग प्राप्त गर्नेहरू, वार भेटेरानहरू, हस्पिटलमा भर्ना भएकाहरू, निश्चित अपाङ्गता भएकाहरू वार्षिक पारिवारिक रूपमा १५ हजार २७६ भन्दा कम आम्दानी हुनेहरू, एक वर्ष मुनिका बच्चा हुनेहरूलाई भने औषधिको पैसा लाग्दैन।

र्मेसीमा औषधि लिन जाँदा प्रत्येक पटक एउटा फारम भर्नुपर्छ। त्यसमा औषधि प्राप्त गर्ने विभिन्न कारण उल्लेख गरिरहेको हुन्छ। त्यसमध्ये जुन आफूलाई आकर्षित हुन्छ त्यसमा ठिक लगाउने र अर्को महिनाको लागि पनि चाहिने भनेर टिक लगाएर दस्तखत सहित मिति लेख्नुपर्छ।

तोकिएका बाहेक अरूले यदि सित्तैंमा औषधि प्राप्त गर्‍यो भने १०० पाउण्डसम्म दण्ड–सजाय हुनेछ भन्ने व्यवस्था छ। एनएचएसको वेबसाइटमा आफूले निःशुल्क औषधि पाउनुपर्ने वा नपर्ने यकिन गर्नको लागि सजिलो फारम भर्ने व्यवस्था गरिएको छ।

आफूले पैसा तिरेको मिति भुलेमा कहिलेसम्मको लागि डाइरेक्ट डेविट गरिएको छ भन्ने रेकर्ड हेर्न पनि सजिलो व्यवस्था गरिएको छ। एक पटक डाइरेक्ट डेविट गरेपछि चाहिंदैन भनेर सूचना नदिएसम्म वर्षै पिच्छे स्वतः रूपमा थपिंदै जान्छ। बैंकमा आफ्नो डाइरेक्ट डेविट रोक्न पनि सकिन्छ। फार्मेसीमा औषधि लिन जाँदा त्यही फारममा टिकट लगाउने वा आफूले पैसा तिर्ने हो। त्यहाँ फारममा टिक लगाएर पैसा नतिरी औषधि लैजाँदा थप कुनै खोजीनिती गर्दैन। कुनै प्रमाण वा प्रश्न सोधिंदैन। सबैले आफ्नो दायित्व अनुसार व्यवहार गरेका होलान् भन्ने अनुमान गरिन्छ।

तर बेला–बखतमा कोही कसैको विवरण भने हेर्ने गरिन्छ। यसरी छड्के नियमित रूपमा गर्ने गरिन्छ। कसैले गलत विवरण उल्लेख गरेको पाइएमा राष्ट्रिय स्वास्थ्य सेवाले सम्बन्धित व्यक्तिलाई पत्राचार गर्दछ। तिमीले यो मितिमा औषधि संकलन गर्दा उल्लेख गरेको विवरण झुटा देखिएकोले केही प्रमाण भए पेश गर्नु अन्यथा १०० पाउण्डसम्म सजाय हुन सक्नेछ भन्ने जानकारी दिने गर्दछ।

केही समयपछि एनएचएस व्यूजिनेश सर्भिस अथोरिटीले पेनाल्टी चार्ज नोटिस पठाउँदछ। यसमा सामान्यतया औषधिको मूल्य र पाँच गुणा बढी जरिवाना तोकिएको हुन्छ। अहिलेको हिसाब अनुसार औषधिको ९.९० अनि दण्ड ४९.५० गरी जम्मा ५९.४० पाउण्ड २८ दिनभित्र बुझाउने वा कुनै अपिल गर्ने आधार भए प्रमाण सहित अपिल गर्नु भन्ने पुन: अनुमति दिइन्छ। यदि २८ दिनभित्र तोकिएको रकम बुझाएन भने थप २४.७५ पाउण्ड जोडिने गर्दछ। यसरी गरिने जरिवानाको हद भने १०० पाउण्ड तोकिएको छ।

अपिल गर्ने अनमुति दिए पनि सफल हुने सम्भावना भने निकै कम हुने देखिन्छ। उनीहरूले स्पष्टसँग प्रिपेड सर्टिफिकेटको समय सकिएको, डाइरेक्ट डेविट रद्द भएको ठेगाना परिवर्तन भएको डाक्टर वा फार्मेसीले गलत सल्लाह दिएको आधारमा हो भने अपिल नगर्न नै भनेको हुन्छ। मानवीय त्रुटिका कारण हुनसक्ने यस्ता कमि–कमजोरीलाई उनीहरूले माफी नदिने नीति लिएको देखिन्छ। कतिपय अवस्थामा उनीहरूले प्रयोग गर्ने प्रमाणका आधारमा गल्ती भएको अवस्थामा भने यस्तो जरिवाना शुल्क तिर्न नपर्ने हुन्छ।

महिनामा तीन थरीको औषधि खानुपर्ने भएकोले लामो समयसम्म छुट्टाछुट्टै पैसा तिरेर खाइयो। यसको मूल्य पनि समय–समयमा बढ्ने गरेको छ। (सन् २०१३/१४ तिर ७.८५, २०१६/१७ मा ८.४०, २०१९/२० मा ९ पाउण्ड हुँदै अहिले १ मे २०२४ बाट भने ९.९० पाउण्ड भएको हो।

व्यवसाय छाडेपछि केही समय औषधि छुटमा पाउने सर्टिफिकेट आयो। काम नगरे पनि मैले अन्य केही सुविधा लिएको थिइनँ। एक पटक आँखा जाँचेको र केही महिना औषधिको पैसा भने तिरिएन। काम गर्न थालेपछि फेरि औषधिको पूरा पैसा तिर्न थालियो। एक दिन सेन्सवरी सुपर मार्केटमा औषधि लिन जाँदा त्यहाँ काम गर्ने एक जना महिला कर्मचारीले नियमित औषधि खाने गरेको भए सर्टिफिकेट लिन पाइने कुरा बताइन्।

घरमा आएर अनलाइन फारम भरियो डाइरेक्ट डेभिड गरेर पठाएपछि कार्ड आयो। पछि कार्ड आउन छाड्यो उनीहरूको अनलाइन रेकर्ड भए पुग्ने भयो। पाँच वर्षभन्दा बढी यो क्रम जारी रह्यो। गत अगष्ट महिनामा घरमा एनएचएसको पत्र आयो। खोलेर हेर्दा जुलाई महिनामा पैसा नतिरी वा सर्टिफिकेट विना औषधि खाएकोले अक्टोबर १ मा जरिवाना तोकिनेछ भनेर लेखेको रहेछ।

तुरुन्त सम्पर्क गरेको अघिल्लो वर्षको जूनदेखि डाइरेक्ट डेभिड रद्द भएको पो भन्छ। श्रीमतीको कार्डबाट फारम भरेको थिएँ उसले अरु केहीसँग यो पनि रद्द गरेको रहेछ। अगष्ट महिनाको औषधि लिन जाने दिन भइसकेको थियो फार्मेसीमा औषधि तयार थियो। केही दिन कुरेर फेरि डाइरेक्ट डेभिड गरेपछि मात्र औषधि लिन गएँ। अहिले जरिवाना आयो तिर्न खोजेको एक ठाउँमा मैले उक्त मितिमा औषधि लिंदा सदर सर्टिफिकेट वा अन्य कारण विना लिएको हुँ भन्ने टिक लगाउनुपर्ने रहेछ।

मैले त त्यसपछि पनि धेरै महिना औषधि लिएको छु। त्यसको पनि पैसा तिर्न पर्ला कसरी तिर्ने ? २८ दिन समय छँदैछ केही दिनमा बुझेर तिरौंला भनियो। यस बीचमा केही गुगल गरें अनि एक जना साथीसँग सोधें नभन्दै साथीले पनि यो समस्या झेलिसकेको रहेछ।

मैले फोनमा पैसा नतिर्ने मेरो कुनै मनसाय हैन। यति लामो समयसम्म बैंकबाट पैसा गइरहेको थियो। यो रोकिएको जानकारी पनि आएन आफूले पनि हेरिएन भनेको तीन वटा पत्र पठाएका थियौं पो भन्यो। के तिम्रो ठेगाना फरक परेको हो र भनेर सोध्यो। अहिलेको ठेगानामा सरेको तीन वर्ष भइसकेको तर एनएचएसको यो विभागमा भने पुरानो ठेगाना नै हुने भयो। त्यसैले पत्र पाइएन।

अब मलाई परेको नैतिक बन्धन के हो भने मैले पैसा नतिरी खाएको बाँकी महिनाको पैसा कसरी तिर्ने ? मैले सम्पर्क गरे पनि त्यसरी पैसा लिने चलन नै रहेनछ। साथीको सुझाव अनुसार प्रत्येक पटकको छुट्टा छुट्टै सूचना आउने अनि जरिवाना तिर्दै जानुपर्नेछ।

फार्मेसीबाट औषधि प्राप्त गर्न एक वर्षको एकै पटक तिर्ने विकल्प पनि छ। त्यही अनुसार साथीले लामो समयदेखि औषधि प्रयोग गर्दै आएका थिए। वर्षको अन्त्यमा फार्मेसीले ल है अर्को वर्षको पैसा तिर्ने बेला भयो भनेर सूचना दिने गरेको रहेछ।

त्यो साहुले फार्मेसी अरूलाई बेचेर गएपछि पनि लगातार औषधि आइरह्यो। साथीले सोध्न पनि सोधेन साहुले भन्न पनि भनेन। केही महिनापछि जरिवाना आयो। सबै विवरण सहित अपिल गर्‍यो तर मानेन।

झण्डै पाँच महिनाको जरिवाना सहित पैसा तिर्न परेको रहेछ। अर्को एकजना नेपालीले नै काम गर्ने फार्मेसीमा एक जनालाई नाम दर्ता गराएछन्। उनले पनि वार्षिक शुल्क तिरेका रहेछन्। औषधि खाँदै गयो। वर्ष दिन नाघेर पनि धेरै महिना बितिसकेपछि जरिवानाको पत्र आएछ। मलाई किन जानकारी नगराएको भनेर दर्ता गराइदिनेसँग उनको ठूलो लफडा परेछ। तर जरिवाना नतिरी सुखै पाएनन्।

त्यो साहुले फार्मेसी अरूलाई बेचेर गएपछि पनि लगातार औषधि आइरह्यो। साथीले सोध्न पनि सोधेन साहुले भन्न पनि भनेन। केही महिनापछि जरिवाना आयो। सबै विवरण सहित अपिल गर्‍यो तर मानेन।

सन् २०२१-२२ को तथ्याङ्क अनुसार बेलायतमा करिब १७.२ विलियन पाउण्ड झन्डै ३० खर्ब नेपाली रुपैयाँ खर्च भएको देखिन्छ। यस मध्ये ८.९ विलियन प्रेस्क्रिप्सनको औषधि र बाँकी हस्पिटलको औषधिमा खर्च देखिन्छ। प्रति व्यक्ति हिसाब गर्दा एक जनाको भागमा झण्डै ३२४ पाउण्डको औषधि भाग पर्छ। यो अघिल्लो वर्षमा भने ३०१ थियो। सन् २०२३ मा मात्र यहाँ १.१८ खर्ब प्रति प्रेस्क्रिप्सन लेखिएको थियो। त्यसमध्ये ४० प्रतिशतले मात्र पैसा तिरेको देखिन्छ।

प्रेस्क्रिप्सन अनुसारको ८९ प्रतिशत औषधि निःशुल्क प्रदान गरिरहेको थियो। बाँकी ११ प्रतिशतमा ५ प्रतिशतले पसलमा नै र बाँकी ६ प्रतिशतले प्रिपेड प्रेस्क्रिप्सन सर्टिफिकेट मार्फत पैसा तिर्ने गरेको देखिन्छ। यहाँको फार्मेसीले दिने औषधिको सम्पूर्ण पैसा सरकारले तिर्ने गर्दछ। एउटा प्रेस्क्रिप्सन बापत एनएचएसले पसलेलाई १.३८ पाउण्ड तिर्ने गर्दछ । त्यस बाहेक प्रत्येक फार्मेसीले एनएचएस सम्बन्धी गरेका काम अनुसारको तोकिएको शुल्क पाउँछन् भने धेरै अन्य सामग्रीहरू बेचेर आम्दानी गर्ने गरेका छन्।

इंग्ल्याण्डमा पहिलो पटक १ जून, १९५२ मा प्रेस्क्रिप्सन शुल्क १ सिलिङ्ग अर्थात् झण्डै ५ पेन्स तोकिएको थियो। यसको चौतर्फी विरोध भएको थियो। सन् १९४८ मा एनएचएसको जन्म हुँदा नि:शुल्क स्वास्थ्य सेवाको नारा दिएको तर औषधिमा पैसा लगाएको उचित भएन भन्ने आवाज उठ्यो। तर सरकारले को–कसले छुट पाउने भन्ने आधारहरू निर्धारण गर्‍यो र यो शुल्क विस्तारै वृद्धि गर्दै ल्यायो।

सन् २०२१-२२ मा झण्डै ४७ लाख वटा सजाय सूचना पठाइएको थियो। यो सन् २०१९ मा ५६ लाख थियो। यसरी जारी ३० प्रतिशत जति सजाय अपिलबाट माफ हुने र सन् २०२२ मा करिब १२२ मिलियन पाउण्ड सजाय असुली भएको देखिन्छ। यहाँको पार्किङ टिकट, द्रुत गति, रातो बत्तीमा गाडी चलाउँदा तिरिने दण्ड त अनुभव गरिएको हो अब औषधि खाएर पैसा तिर्न नचाहेर ना नसकेर त हैन आफ्नो दायित्व पूरा गर्न नसकेको कारण सजाय तिर्नुपर्ने भयो।

छड्के परीक्षणमा समातिएपछि अरू पनि पक्कै हेर्ने नै होला। जति पटक आउँछ जरिवाना तिर्दै जान तयार हुनु बाहेक अन्य के बाँकी रह्यो र ? हुस्सु दण्डले बेलायतको स्वास्थ्य सेवामा थोरै भए पनि सहयोग गर्न सकेकोमा खुशी हुन सकियो।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School