८६ लाख न्युयोर्कवासीलाई ५ सय डलरको राहत चेक दिने गभर्नरको प्रस्ताव, को हुनेछन् योग्य?



प्रकाशित मिति : मंसिर २४, २०८१ सोमबार

८६ लाख न्युयोर्कवासीलाई ५ सय डलरको राहत चेक दिने गभर्नरको प्रस्ताव, को हुनेछन् योग्य?

न्युयोर्कवासीले आगामी वर्ष राज्य सरकारले प्रदान गर्ने महँगी राहत चेकको रूपमा ५०० डलरसम्म सम्म पाउन सक्नेछन् । गभर्नर क्याथी होकुलले सोमबार घोषणा गरेको प्रस्ताव राज्यको संसदबाट पारित भएमा न्युयोर्कबासीले आगामी सेप्टेम्बरमा उक्त रकम पाउन सुरु गर्ने अपेक्षा गरिएको छ ।

यो रकम एक पटकका लागि प्रदान गरिने छ भने बार्षिक १५०,००० भन्दा कम कमाउने व्यक्तिलाई ३ सय डलर र बार्षिक ३००,००० भन्दा कम कमाउने परिवारहरूलाई ५ सय डलरको राहत चेक पठाइने छ । होकुलले यो प्रस्ताव आगामी जनवरीमा सुरु हुने राज्य विधायिका सत्रको आफ्नो एजेन्डाको रूपमा अघि सारेकी छन्।

८६ लाख न्युयोर्कवासीलाई ५ सय डलरको राहत चेक दिने गभर्नरको प्रस्ताव, को हुनेछन् योग्य?
(सुसान वाट्स / गभर्नर क्याथी होचुलको कार्यालय)

जीवनयापन खर्च अझै धेरै महँगो भएकाले न्युयोर्कवासीहरूले राहत पाउनुपर्ने होकुलले सोमबार प्रेस वक्तव्यमार्फत बताइन् । यो प्रस्ताव मुख्यतया उपभोग्य सामग्रीमा महँगीको प्रभावबाट सिर्जित अतिरिक्त बिक्री कर राजस्वको रकमबाट वित्तपोषण गरिनेछ । यस योजनाले राज्यभर करिब ८ दशमलव ६ मिलियन व्यक्तिलाई ३ बिलियन डलरको भुक्तानी प्रदान गर्नेछ।

यो राहत चेक न्युयोर्क सिटीका ३ दशमलव ६ मिलियन, लङ आइल्याण्डका १ दशमलव ३ मिलियन लगायत हडसन उपत्यका, पश्चिमी न्यूयोर्क र फिंगर लेक्स जस्ता क्षेत्रहरूका लाखौले प्राप्त गर्ने अनुमान गरिएको छ ।

ट्याक्स फाइल गरेका न्युयोर्कबासीहरु भुक्तानीका लागि योग्य हुनेछन्। राज्यभर आर्थिक स्थायित्व र किफायतीतालाई प्राथमिकता दिने होकुलको प्रयासको भागको रूपमा आगामी हप्ताहरूमा थप उपायहरू घोषणा हुने अपेक्षा गरिएको छ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School