अमेरिकाले चीन, क्यानडा र मेक्सिकोका उत्पादनमा शनिबारदेखि शुल्क लगाउदै



प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ( आज ) देखि क्यानडा , मेक्सिको र चीनका उत्पादनमा शुल्क लगाउने घोषणा गरेका छन ।

उनले मेक्सिकोमा २५ प्रतिशत , क्यानाडामा २५ प्रतिशत र चीनमा १० प्रतिशतको शुल्क लगाउने घोषणा गरेका ह्वाइट हाउसले स्पष्ट पारेको छ ।

तर ट्रम्पले शुक्रबार क्यानाडाबाट आयात हुने तेलमा भने १० प्रतिशत मात्र शुल्क लाग्नेछ । जुन शुल्क १८ फेब्रुअरीबाट लागू हुन सक्ने छ ।

राष्ट्रपति ट्रम्पले भविष्यमा युरोपियन युनियनलाई पनि शुल्क लगाउने योजना बनाएको देखिएको छ । युरोपले अमेरिकालाई राम्रो व्यवहार नगरेको ट्रम्पले आरोप लगाउदै आएका छन ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यरोलिन लेविटले राष्ट्रपतिले गरेका प्रतिबद्धता पुरा हुने क्रममा रहेका बताएकी छन ।

गैरकानूनी फेन्टनाइल ल्याएर वितरण गर्न अनुमति दिएका कारण क्यानाडा र मेक्सिकोका लागि शुल्क लगाइएको अमेरिकाले बताएको छ । फेन्टनाइलले लाखौं अमेरिकीहरूको मृत्यु गरेको दावी अमेरिकाको छ ।

ट्रम्पले ठूलो संख्याका कागजात बिहिन आप्रवासीहरूलाई अमेरिकी सिमानामा प्रवेश गर्न रोक्ने उद्देश्यले यो कदम उठाइएको बताएका छन ।

चीन, क्यानाडा र मेक्सिको अमेरिकी व्यापार साझेदारहरूको शीर्ष ३ मा रहेका छन् ।

अमेरिकाले चीन, क्यानडा र मेक्सिकोका उत्पादनमा शनिबारदेखि शुल्क लगाउदै

क्यानाडा र मेक्सिकोले अमेरिकी शुल्कको प्रतिक्रिया स्वरूप आफ्ना कदम चाल्ने यसअघि नै बताएका थिए । चीनको प्रतिकृया आइसकेको छैन ।





Source link

Leave a Comment