ह्यारिसका श्रीमानले भने : ‘अमेरिका महिला राष्ट्रपतिका लागि तयार छैन’



प्रकाशित मिति : आश्विन ७, २०८२ बुधबार

ह्यारिसका श्रीमानले भने : ‘अमेरिका महिला राष्ट्रपतिका लागि तयार छैन’

अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले गाजामा भइरहेको क्रूरता हृदयविदारक भएको बताएकी छिन्।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई जस्तोसुकै गर्न पनि अनुमति दिएर फिलिस्तीनी जनतामाथि अमानवीय व्यवहार गरिरहेको आरोप लगाइन्।

पुस्तक यात्राको क्रममा न्युयोर्क सिटी पुगेकी ह्यारिसले फिलिस्तीनीहरूप्रति सहानुभूति व्यक्त गरिन्। उनले उपराष्ट्रपति हुँदा नै गाजामा भइरहेको भोकमरीबारे बोलेको र त्यसका कारण बाइडेन प्रशासनभित्र आलोचना खेप्नु परेको बताइन्।

ह्यारिसका श्रीमानले भने : ‘अमेरिका महिला राष्ट्रपतिका लागि तयार छैन’

ह्यारिसका श्रीमानले भने : ‘अमेरिका महिला राष्ट्रपतिका लागि तयार छैन’

प्रदर्शनकारीले गाजा युद्धका बारेमा प्रश्न उठाएपछि उनले ‘अहिले जुन अवस्था गाजामा छ, त्यस्तो हुनैपर्ने थिएन, ट्रम्पले नेतन्याहुलाई दिएको खुला चेककै कारण यस्तो अवस्था आएको’ दाबी गरिन्।

अमेरिकाभित्र र डेमोक्र्याटिक पार्टीमै पनि सबैभन्दा विभाजन ल्याउने मुद्दा मध्ये इजरायल–गाजा युद्ध एक हो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ मा हमासको आक्रमणपछि सुरु भएको सङ्घर्षमा हालसम्म ६५ हजारभन्दा बढी फिलिस्तीनी मारिएका छन्।

यो पुस्तक मङ्गलबार सार्वजनिक भएको हो। यसमा उनले जो बाइडेन चुनावी दौडबाट हटेपछि ट्रम्पविरुद्ध सुरु गरेको तीव्र अभियानबारे उल्लेख गरेकी छिन्। कार्यक्रमभरि उनले पटक–पटक ट्रम्पमाथि आक्रमण गरेकी थिइन्।

उनले ट्रम्प र उनका सहयोगीहरूलाई “विरोध दमन गर्ने साम्यवादी अधिनायकवादी शासक” जस्तै भएको आरोप लगाइन्। ६१ वर्ष पूरा गर्न लागेकी ह्यारिसले आफ्ना आगामी योजनाबारे खुलासा गरेकी छैनन्। उनले क्यालिफोर्नियाको गभर्नर पदका लागि चुनाव लड्ने अवसर अस्वीकार गरिसकेकी छिन्।

कार्यक्रममा आएका सहभागीहरूबीच पनि उनको भविष्यबारे मिश्रित प्रतिक्रिया सुनिएको थियो। कतिपयले ह्यारिस पुनः राष्ट्रपति पदका लागि उम्मेदवार बन्ने आशा व्यक्त गरेका छन्।

ह्यारिसका श्रीमानले भने : ‘अमेरिका महिला राष्ट्रपतिका लागि तयार छैन’

तर उनका श्रीमानले भने अस्वीकार गर्दै भने, “अमेरिका महिला राष्ट्रपतिका लागि तयार छैन,” भनेका छन्। उनले “महिलाका लागि राष्ट्रपति पद अमेरिकामा अझै पनि कठिन छ जस्तो लाग्छ,” भनेका छन्।

कार्यक्रमअघि नै ट्रम्पले सामाजिक सञ्जालमार्फत ह्यारिसलाई आक्रमण गर्दै उनलाई “डम्ब एज ए रक” भनेका थिए। ह्यारिसले २०२४ को चुनाव २१ औँ शताब्दीको सबैभन्दा नजिकको नतिजा भएको दाबी गरेपछि ट्रम्पले “पूर्ण झूट” भन्दै माफी माग्न दबाब दिएका थिए।

‘डम्ब एज ए रक’ को अर्थ अत्यन्तै मूर्ख, अज्ञानी वा सोच्ने क्षमता नहुने व्यक्ति भन्ने हुन्छ। यो शब्दलाई अपमानजनक शैलीमा प्रयोग गरिन्छ। कसैलाई एकदमै मूर्ख भनेर देखाउन ‘डम्ब एज ए रक’ को प्रयोग गरिन्छ।





Source link

Leave a Comment