उचित कागजात बिना अमेरिका आउने यात्रु चढाएमा ७०९३ डलर जरिवाना



प्रकाशित मिति : पुस १८, २०८१ बिहीबार

black and yellow bus seats

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उचित कागजात बिना अमेरिका आउने यात्रु चढाएमा हुने जरिवाना रकम बढाएको छ । सन् २०२५ का लागि मुद्रास्फीतिलाई ध्यानमा राख्दै आर्थिक जरिवानाहरू समायोजन गर्ने अन्तिम नियम जारी गर्दै उक्त रकम बढाइएको हो । यस नियमले अध्यागमन र राष्ट्रियता ऐनअन्तर्गतका रोजगारीसम्बन्धी केही उल्लङ्घनका लागि जरिवाना बढाएको छ। यसमा उचित कागजात बिना यात्रुहरूलाई अमेरिका ल्याउनेहरुका लागि जरिवाना वृद्धि गरिएको छ।

उचित कागजात बिना व्यक्तिहरूलाई अमेरिका ल्याएबापतको जरिवाना ६,९१३ डलर बाट बढेर ७,०९३ डलर पुगेको छ। स्वास्थ्यसम्बन्धी कारणले प्रवेश नपाउने व्यक्तिहरू ल्याएबापतको जरिवाना पनि ७,०९३ डलर सम्म बनाइएको छ। त्यस्तै अनधिकृत रूपमा व्यक्तिहरूलाई अवतरण गर्नबाट रोक्न नसकेको बापतको जरिवाना पनि ७,०९३ डलर पुगेको छ।

उचित कागजात बिना अमेरिका आउने यात्रु चढाएमा ७०९३ डलर जरिवाना

अध्यागमन कानुन उल्लङ्घन गर्ने नियतले विदेशी जहाजका कर्मचारीहरुलाई अमेरिका ल्याएमा त्यस बापतको जरिवाना २३,०४८ डलर बाट बढाएर २३,६४७ डलर बनाइएको छ । जहाज वा विमानमा ल्याइएका व्यक्तिहरूलाई देशनिकाला गर्ने आदेशको उल्लङ्घन गर्दा वा देशनिकालाको कार्यका लागि लाग्ने खर्चसम्बन्धी जरिवाना ३,८८७ बाट बढेर ३,९८८ डलर पुगेको छ।

अमेरिकी सीमा तथा भन्सार सुरक्षा सीबीपीले अमेरिकी संघीय कोड र संघीय नियमावली को विभिन्न शीर्षकहरू अन्तर्गत आर्थिक जरिवाना लगाउने गर्दछ। फेडरल रजिष्टरमा प्रकाशित अन्तिम नियमअनुसार नयाँ जरिवानाको नियम जनवरी २, २०२५ पछि लागु हुनेछ । तर नोभेम्बर २, २०१५ पछिको उल्लङ्घनका लागि यो जरिवाना लागु हुनेछ ।

त्यस्तै अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन आईसले केही रोजगारीसम्बन्धी उल्लङ्घनका लागि आर्थिक जरिवाना कार्यान्वयन गर्छ। अदालतबाट आदेश पाइसकेपछि पनि स्वेच्छिक रूपमा अमेरिका नछोडेका व्यक्तिहरूको लागि जरिवाना लाग्ने जरिवाना १,९४२ देखि ९,७१८ बाट बढेर १,९९२ देखि ९,९७० सम्म पुगेको छ।





Source link

Leave a Comment