सत्यम् शिवम् सुन्दरम् साउन


ॐ नमो भगवते रुद्राय  

ॐ तत्पुरुषाय विद्महे महादेवाय

धीमहि तन्नो रुद्रः प्रचोदयात्।

आदिदेव शिवको आराधना गर्ने र प्रकृतिको सुन्दरतासँग साक्षात्कार हुने साउन महिना धार्मिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक र मनोभावनात्मक दृष्टिले उत्तम महिना मानिन्छ। प्रत्येक शिव मन्दिर र तीर्थस्थलहरूमा भक्तजनहरूको भिडभाड देख्न पाइन्छ।

सृष्टि र प्रकृतिको संगम साउन 

जब साउन महिना सुरु हुन्छ तब सबैमा प्रत्यक्ष अप्रत्यक्ष आध्यात्मिक भावना विकसित हुँदै आउँछ। किनकि यो महिना हरियाली र सुन्दरताको महिना मानिन्छ। वर्षातको मौसम धुलो मैलो पखालिएर रुखबिरुवा र डाँडाकाँडासमेत सफा हरियो देखिएको हुन्छ। प्रकृति सारा आफ्नो उमंगमा रमाइरहेको भान हुन्छ। धर्ती नै सुन्दरता र शिवत्वले पूर्ण जस्तो, सबैको मनमा भगवान् शिवप्रतिको अगाध भक्तिभाव अनि चेलीबेटीहरू रंगीबिरंगी पहिरनमा सजिएर प्रकृतिलाई साथ दिइरहेका जस्ता। समग्रमा भन्नुपर्दा सबैतिर सत्यम्, शिवम् र सुन्दरमको भाव मात्र फैलिएको जस्तो मोहक, आध्यात्मिक अनि सकारात्मक भावदशा विकसित भइरहेको समयको अनुभूति हुन्छ। 

 जीवन र जगत्लाई जोड्ने तत्त्व, शिवत्व, कल्याणकारिता र जहाँ जुन कर्म र स्वभावमा सत्यम्, शिवम र सुन्दरमको अनुभूति हुन्छ, त्यो नै मानव जीवनको गुणवत्ता हो भनिन्छ। त्यसैले बाहिरी पूजा र आराधनामा मात्र सीमित नरहेर समत्व भाव, शिवत्व भाव अनि सत्यताको मार्ग सम्पूर्ण मानव जातिको धर्म बन्न सक्नुपर्दछ। 

हाम्रो पूर्वीय वैदिक सभ्यताले पनि भगवान्शिव प्रकृतिस्वरूप हुन् भनेर व्याख्या गरेको पाइन्छ।

भगवान्को अर्थ नै प्रकृति र पञ्चतत्त्वसँग सम्बन्ध राख्छ अनि यो नै मानव जीवनको अभिन्न जीवनशैलीसँग जोडिएको हुन्छ। साउन महिना नै पारेर धेरैजसो हिन्दु सनातनीहरूको घरमा र मन्दिरहरूमा रुद्री पूजा, शिव होम, पूजा, व्रत, आराधना चलिरहेको हुन्छ। किसानहरूले बाली रोप्ने, पानीको सुविधा हुने अनि हरियो घासपात खान पाउने हुँदा गाईभैँसीले पनि दूध बढी दिने हुँदा खिर खाने महिना पनि भनिन्छ साउनलाई। प्रकृति र वातारणले हाम्रो मनोदशालाई समेत प्रभाव पार्ने हँुदा साउन महिनाले सबैलाई उमंगित, प्रफुल्लित, सुन्दर, सत्य र कल्याणकारी देख्न पाइन्छ।

यदि हामी धर्म, अध्यात्म, आस्था या संस्कारलाई मान्छौँ भने महिला र पुरुष भनेकै यो सृष्टिको शक्ति भनेर शास्त्रले व्याख्या गरेको छ भने महिला पुरुषको भेद र अधिकारका कुरा पनि आवश्यक छैनन् किनकि सृष्टिले महिलालाई शक्तिका रूपमा पहिचान गरिसकेको छ। 

आदिदेव शिव अर्थात् सृष्टिको पूर्व पनि शिव नै थिए, सृष्टिको अन्त्यमा पनि शिव नै रहने छन् भनिन्छ। आदिदेव शिवको अर्धनारीश्वर रूपले प्रकृति (महिला) र पुरुष दुवै तत्त्वको बोध दिलाउँछ। जीवन र जगत्लाई जोड्ने तत्त्व, शिवत्व, कल्याणकारिता र जहाँ जुन कर्म र स्वभावमा सत्यम्, शिवम र सुन्दरमको अनुभूति हुन्छ, त्यो नै मानव जीवनको गुणवत्ता हो भनिन्छ। त्यसैले बाहिरी पूजा र आराधनामा मात्र सीमित नरहेर समत्व भाव, शिवत्व भाव अनि सत्यताको मार्ग सम्पूर्ण मानव जातिको धर्म बन्न सक्नुपर्दछ। यो भावले जीवनमा सकारात्मक रूपान्तरण ल्याउन सक्नुपर्दछ। तब मात्र आदिदेव शिवको आराधना जीवनमा सार्थक बन्दछ।

ॐ नमः शिवायः  

भनिन्छ, सृष्टि अर्थात् पृथ्वीको सारा शक्ति नै यसमा छ। साउनमा होस् या दैनिक आदिदेव शिवको स्मरणमा जपिने ॐ शिवजीको एउटै महामन्त्र हो। जसले यो सृष्टि र प्रकृतिलाई मानव सेवा र धर्मसँग जोडेर हेर्दछ। मानवीय जीवंशिली र क्रियाकलाप त्यही शिवतत्त्वद्वारा निर्धारित हुन्छ। हाम्रा आचरण, व्यवहार, कर्म, भोगाइ सबैमा शिव छन्। यही भावले साउनमा भगवान शिवको आराधना गर्न सक्ने हो भने कहीँ कतै कुनै पाप, हिंसा र अराजकता हुने थिएन। वैदिक सभ्यताले सिकाएको शिवत्व भनेको तपस्या, ध्यान र आध्यात्मिक चिन्तनको मार्ग हो।

शान्ति, प्रसन्नता, आनन्द र सफलताको राज ध्यान नै हो भगवान् शिवले देवी पार्वतीलाई १०८ ध्यान विधिद्वारा साधना गराई जीवनको सार्थकता बताउनुको रहस्य पनि त्यही थियो।

जब हामी यस मार्गलाई आत्मसात गर्छौं तब हामीमा शक्ति र ऊर्जा प्राप्त हुन्छ। नकारात्मक प्रवृतिहरू आफैं नाश हुँदै जान्छन्। शिव ताण्डव, शिव नृत्य यही सकारात्मक आन्तरिक ऊर्जाको परिणाम हो। दिव्यता, परम चैतन्य, सत्यता, सुन्दरता सबै मानिसले बोध गर्न सक्ने साधनाका परिणाम हुन् जुन आदिदेव शिवले मानव जातिलाई संकेत गर्नुभएको छ।

अर्धनारीश्वरको प्रतीकात्मकता भनिन्छ, सृष्टि निर्माणका लागि आदिदेव शिवले आफ्नो शक्तिलाई पुरुष (शिव) एवं स्त्री (शक्ति) मार्फत् एकाकार भएर जुन शक्ति प्राप्त भयो त्यसले सृष्टिको निर्माण भयो र त्यो शक्ति नै शिव नर पनि हुन् अनि नारी पनि, यसरी अर्धनरनारीश्वरको महिमा रह्यो। यदि हामी धर्म, अध्यात्म, आस्था या संस्कारलाई मान्छौँ भने महिला र पुरुष भनेकै यो सृष्टिको शक्ति भनेर शास्त्रले व्याख्या गरेको छ भने महिला पुरुषको भेद र अधिकारका कुरा पनि आवश्यक छैनन् किनकि सृष्टिले महिलालाई शक्तिका रूपमा पहिचान गरिसकेको छ। आफ्नो पहिचानलाई कर्म र धर्ममार्फत उजागर गर्न नसक्नु अहंकारको खेल हो।

हामीले प्रेम, सद्भाव, कल्याणकारिता र सत्यम्, शिवम्, सुन्दरम् जस्ता भावलाई आफ्ना कर्म र आचरणमा जोड्न बिर्सेका छौँ त्यसैले त जति व्रत बसे पनि, जति शृंगारले सजिए पनि हाम्रो भित्र अशान्ति, बेचैनी र अपूर्णता नै बाँकी छ।

यसै प्रसंग उजागर गर्न पौराणिक कथा जोडिएको छ– साउनमा देवी पार्वतीले कठोर तपस्या र साधना गरेर भगवान् शिवलाई प्रसन्न बनाउनुभएको थियो। यसले श्रीमान्–श्रीमतीबीचको प्रेम र श्रद्धालाई कायम राख्न थप मद्दत अवश्य पुग्छ तर भगवान शिव र देवी पार्वतीको ध्यान, साधना, कल्याणकारिता सबै पक्षलाई बिर्सेर केवल शृङ्गार र शारीरिक सौन्दर्यमा ध्यान दिएर मात्र, श्रीमान्का लागि प्रेम दर्साएको भन्दा व्यावहारिक नहोला।

आज व्यक्तिमा, समाजमा, राष्ट्रमा र संसारमै जुन अस्थिरता, बेचैनी, अराजकता र अपूर्णताको महसुस हुन्छ। त्यसको मुक्तिका लागि ध्यान गर्नु र मानसिक शान्ति एवं प्रसन्नता बढाउनुको विकल्प छैन। बेचैनी, अराजक र तनावपूर्ण गरिएका कुनै पनि कर्मले व्यक्तिको जीवनमा आनन्द प्राप्त हुँदैन र राष्ट्रमा समृद्धि पनि आउँदैन। शान्ति, प्रसन्नता, आनन्द र सफलताको राज ध्यान नै हो भगवान् शिवले देवी पार्वतीलाई १०८ ध्यान विधिद्वारा साधना गराई जीवनको सार्थकता बताउनुको रहस्य पनि त्यही थियो।

मानिस जुन घर, परिवार, समाज र राष्ट्रमा हुर्कन्छ उसले त्यहीँको संस्कार, धर्म, प्रचलन र मान्यतालाई आधार बनाएर जीवन यापन र आफ्ना कर्महरू गरिरहेको हुन्छ। हरेक चाडपर्व र संस्कारहरू एउटा मान्यतामा आधारित हुन्छन् र त्यसलाई मनोवैज्ञानिकरूपले स्वीकार गरी जीवन चल्छ।

हामी भने महत्त्वपूर्ण पक्ष छाडेर बाहिरी शृंगार र व्रतमा मात्र जोड दिइरहेका हुन्छौँ। शृंगार महिलाको बाहिरी आकर्षण हो तर जति बाहिर हामी आकर्षित देखिन प्रयास गर्छौं त्यति नै भित्रबाट मन पनि सफा, पवित्र र प्रफुल्ल हुनु जरुरी छ। हामीले प्रेम, सद्भाव, कल्याणकारिता र सत्यम्, शिवम्, सुन्दरम् जस्ता भावलाई आफ्ना कर्म र आचरणमा जोड्न बिर्सेका छौँ त्यसैले त जति व्रत बसे पनि, जति शृंगारले सजिए पनि हाम्रो भित्र अशान्ति, बेचैनी र अपूर्णता नै बाँकी छ। श्रीमान्–श्रीमती या प्रेमी–प्रेमिकाबीच कटुता बाँकी नै रहन्छ। ध्यानको अभ्यासद्वारा भित्रका विकार नहटाउँदासम्म जीवनमा प्रेम, सहजता र पूर्णता मिल्दै मिल्दैन किनकि सांसारिक सम्पन्नता पूर्णताको परिचायक होइन।

मानेर मात्र होइन, जानेर व्यावहारिक बन्ने  

मानिस जुन घर, परिवार, समाज र राष्ट्रमा हुर्कन्छ उसले त्यहीँको संस्कार, धर्म, प्रचलन र मान्यतालाई आधार बनाएर जीवन यापन र आफ्ना कर्महरू गरिरहेको हुन्छ। हरेक चाडपर्व र संस्कारहरू एउटा मान्यतामा आधारित हुन्छन् र त्यसलाई मनोवैज्ञानिकरूपले स्वीकार गरी जीवन चल्छ। स्वीकार र विश्वास भएन भने कुनै पनि संस्कृति र प्रचलन आफैँमा ओझेल पर्दछन् तर ती सबै प्रचलनको सन्देश र शिक्षा के हो ? त्यसले जीवनमा के रूपान्तरण ल्याउँछ भन्ने थाहा नपाउँदासम्म अर्थात् अनुभूतिले नजान्दासम्म मान्ने काम मात्र बाँकी रहन्छ। सुन्नु, मान्नु र अपनाउनु एक अर्थमा सही नै हुन्छ तर त्यसले जीवनलाई विधायक बनाउनका लागि के योगदान दिन्छ या दियो जान्नु आवश्यक हुन्छ। मान्यताले मात्र जीवनमा सकारात्मक परिवर्तन र विकास हुँदैन ।

भौतिक ज्ञान र मान्यताले बाहिरको सुख र सुविधा मिल्दछ तर आन्तरिक शान्ति र आनन्दका लागि ध्यानको विकल्प छैन। सुख, सम्पन्नता, पद, प्रशंसा बाहिरका आर्जन हुन् यिनले भित्र दीर्घकालीनरूपमा भित्रको आनन्द प्रदान गर्दछन् भन्ने जरुरी छैन। 

ध्यान, योग र जीवनलाई सकारात्मक रूपान्तरण गर्ने आदिदेव शिवको ध्यानको कला नअपनाउने तर बाहिरी पूजा र शृंगारले साउन र शिवको महिमा गाउँछु भनेर लाग्नु पनि अपूर्ण भक्ति नै हुन जानेछ। जीवनका हरेक संस्कारबाट सुसंस्कार हुन सिकौँ, धर्मबाट धार्मिकता सिकौँ र आराधनाबाट ध्यानको गहिराइ जान्ने र अनुभूतिमा ल्याउने प्रयास गरौँ तब मात्र जीवनमा केही रूपान्तरण आउनेछ। जीवन अनुशासनबाट आत्मानुशासनमा र ज्ञानबाट आत्मज्ञानतर्फ उन्मुख हुनेछ।

भौतिक ज्ञान र मान्यताले बाहिरको सुख र सुविधा मिल्दछ तर आन्तरिक शान्ति र आनन्दका लागि ध्यानको विकल्प छैन। सुख, सम्पन्नता, पद, प्रशंसा बाहिरका आर्जन हुन् यिनले भित्र दीर्घकालीनरूपमा भित्रको आनन्द प्रदान गर्दछन् भन्ने जरुरी छैन। तर ध्यानबाट प्राप्त आन्तरिक शान्ति र आनन्दले बाहिरको सुखमा पनि थप सुन्दरता प्रदान गर्दछ। आन्तरिक शान्ति र आनन्दको अनुभूति नै मानिसले प्राकृतिक स्वभावमा बाँच्न जान्ने अनुभूति प्राप्त गर्नु हो ।

प्रकाशित: १६ श्रावण २०८१ ०८:४९ बुधबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School