विश्वकप २०२६ को महाभिडन्त: उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्दै, पहिलो पटक भव्य ‘हाफ-टाइम शो’ हुने



प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार

विश्वकप २०२६ को महाभिडन्त: उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्दै, पहिलो पटक भव्य ‘हाफ-टाइम शो’ हुने

जुलाई १६ मा तयार पारिएको संयुक्त तस्बिरमा अर्जेन्टिनाका लियोनेल मेस्सी (बायाँ) र स्पेनका लामिन यामाल। दुवै टोली जुलाई १९ मा फिफा विश्वकप २०२६ को फाइनलमा भिड्दैछन्। तस्बिर: ओड एन्डरसन र पल एलिस/एएफपी/रासस

विश्व खेलकुदको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ को फाइनल खेलमा आज दुई महारथी टोली स्पेन र अर्जेन्टिना उपाधिका लागि आमनेसामने हुँदैछन्। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा ४८ टोलीहरूबीच ६ हप्तासम्म चलेको १०० भन्दा बढी खेलको रोमाञ्चक यात्रापछि यी दुई टोली फाइनलमा पुगेका हुन्।

न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने यो ऐतिहासिक खेल नेपाली समय अनुसार आज राती १२:45 सुरु हुनेछ। उक्त खेल हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत रंगशालामा उपस्थित हुने अपेक्षा गरिएको छ।

 दुई दशक लामो खेल जीवन बिताइसकेका अर्जेन्टिनाका महान् फरवार्ड लियोनेल मेसीका लागि यो सम्भवतः अन्तिम विश्वकप फाइनल खेल हुनेछ। मेसीको कप्तानीमा रहेको अर्जेन्टिना टोली सन् २०२२ को सफलतालाई दोहोर्‍याउँदै लगातार दोस्रो पटक विश्वकप ट्रफी उचाल्ने दाउमा छ।

अर्कोतर्फ, स्पेनका १९ वर्षीय युवा स्टार लामिन यामालमाथि सबैको नजर रहनेछ, जसले सन् २०२४ को युरो कप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। यस विश्वकपमा स्पेनको रक्षापंक्ति अत्यन्तै बलियो देखिएको छ। प्रतियोगिताभरि मात्र एक गोल खाएको स्पेन अर्जेन्टिनाका आक्रामक स्ट्राइकरहरूलाई रोक्दै उपाधि हात पार्न चाहन्छ।

यस पटकको विश्वकप फाइनल खेल खेलका लागि मात्र नभई मनोरञ्जनका दृष्टिकोणले पनि ऐतिहासिक बन्ने भएको छ। विश्वकपको इतिहासमा पहिलो पटक अमेरिकी सुपरबोलको तर्जमा ‘हाफ-टाइम शो’ आयोजना गरिँदैछ।

 यस शोमा विश्वप्रसिद्ध पप स्टार मडोना, जस्टिन बिबर, शाकिरा, र चर्चित के-पप ब्यान्ड बीटीएसले संयुक्त रूपमा प्रस्तुति दिनेछन्। साथै, कोल्डप्ले, बर्न बोय र पीएस२२ कोरसको पनि प्रस्तुति रहनेछ।

खेल सुरु हुनुअघि पूर्वीय समय अनुसार दिउँसो १:३० बजे सुरु हुने समापन समारोहमा गायक पोस्ट मालोन मुख्य आकर्षकका रूपमा रहनेछन्। हलिउड अभिनेता टम क्रुज, गायिका लाउरा पाउसिनी र प्रसिद्ध स्ट्रिमर ‘आईसोस्पीड’ ले पनि समारोहको रौनक बढाउनेछन्। खेल सुरु हुनुअघि जेनिफर हडसनले अमेरिकाको राष्ट्रिय गान गाउनेछिन्।





Source link

Leave a Comment