भारतको भुवनेश्वरस्थित केआइआइटीको छात्रावासमा अर्की नेपाली विद्यार्थी मृत फेला



प्रकाशित मिति : बैशाख १८, २०८२ बिहीबार

भारतको भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको छात्रावासमा बिहीबार एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार इन्फोसिटी प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रहरी आयुक्त एस. देवदत्तले अनुसन्धान चलिरहेको पुष्टि गरेका छन्। मृतक विद्यार्थीको पहिचान र मृत्युको कारणबारे प्रहरीले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।

गत फेब्रुअरी १६ मा २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल सोही विश्वविद्यालयको छात्रावासमा मृत फेला परेकी थिइन् । लम्सालको मृत्युपछि विश्वविद्यालयमा व्यापक विरोध प्रदर्शन भएको थियो, जसमा संस्थागत लापरबाहीको गम्भीर आरोप लागेको थियो।

भारतको भुवनेश्वरस्थित केआइआइटीको छात्रावासमा अर्की नेपाली विद्यार्थी मृत फेला

भारतको भुवनेश्वरस्थित केआइआइटीको छात्रावासमा अर्की नेपाली विद्यार्थी मृत फेला

लम्सालले सन् २०२४ को मार्चमा विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा यौन उत्पीडनको उजुरी दर्ता गरेकी थिइन्, तर विश्वविद्यालयले उक्त उजुरीमा कुनै कारबाही नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले विश्वविद्यालयको कार्यशैलीलाई “घोर लापरबाही” को संज्ञा दिएको थियो।

लम्सालको मृत्युपछि विरोध प्रदर्शनका क्रममा १,००० भन्दा बढी नेपाली विद्यार्थीलाई क्याम्पसबाट अस्थायी रूपमा निकालिएको थियो। पछि, विश्वविद्यालय र ओडिशा सरकारको आश्वासनपछि धेरैजसो विद्यार्थी क्याम्पस फर्किएका थिए ।





Source link

Leave a Comment