राजागंज : नेपाली सिनेमाको ऐतिहासिक उपलब्धि


केही दिन अघि मैले बुवालाई आँखा अस्पताल र बाथ अस्पताल लैजानु परेको थियो । सायद त्यस दिनको संयोगले हुनुपर्छ, ती दुबै अस्पतालमा बुवाले एउटा पनि पुरुष डाक्टर भेट्नु भएन र भन्नुभयो, ‘आजकल अस्पतालमा पुरुष कर्मचारी भनेको सेक्युरिटी गार्डमात्र हुन्छन् कि क्या हो ?’ ती अस्पतालमा भेटिएका डाक्टर अधिकांश नेवार समुदायका महिला थिए भने एकजना थिइन् तराई मुलकी । मेरो छिमेकी परिवारका पाँच सन्तानमध्ये दुई छोरीले स्नातकोत्तर गरेका छन् र सरकारी दरबन्दी शिक्षिका छन् । भाई भने वैदेशिक रोजगारमा छन् ।

आजकल ग्रामिण भेगमा अधिकांश कलेज छात्राद्वारा भरिन्छन् । त्यही परिवेशमा छोरा भने वैदेशिक रोजगारमा जाने लहर पनि सजिलै देख्न सकिन्छ । यसबाट सजिलै अन्दाज लगाउन सकिन्छ, अबका दिनमा उच्च शिक्षा आर्जन गर्ने महिलाको संख्या पुरुषको भन्दा ज्यादा हुनेछ । त्यसो त सार्वजनिक र निजामती सेवा, राजनीति लगायतका क्षेत्रमा महिलो सहभागिता उल्लेखनीय रुपमा बढेको सहजरुपमा मूल्यांकन गर्न सकिन्छ ।

त्यति मात्र होइन, पछिल्लो समय एकदमै तल्लो तहबाट काठमाडौं आएर सामाजिक न्यायका लागि लामा मार्चपास र सडक आन्दोलन तताउने तराईका सीमान्तकृत महिलाका दृष्टान्तले भन्छ- ‘अब आमनेपाली महिलाले लैंगिक भूमिकाको परम्परागत संकुचित दायरालाई भत्काइसकेका छन् । अब उनीहरू समग्र राज्य, समाज र पुरुष सहकर्मीलाई पनि आफ्नो नेतृत्वमा डोर्‍याउने सामर्थ्य राख्छन् ।

नेपाली महिलाले अंगिकार गरेको यो स्व-रुपान्तरणलाई नेपाली साहित्य तथा सिनेमाले आजसम्म पनि न्यायोचित ढंगले प्रस्तुत गर्न सकेको थिएनन् । पछिल्लो समय प्रदर्शित नेपाली फिल्म राजागंज (पूजा, सर)ले भने धेरै हदसम्म आमनेपाली महिलाको रुपान्तरित स्वरुपलाई स-सम्मान पर्दामा उतारेको छ । यसअर्थमा, ‘राजागंज’ नेपाली सिनेमाको एउटा ऐतिहासिक उपलब्धि हो । उत्कृष्ट नेपाली फिल्म, जसले प्रस्तुत गरेको लैंगिक दृष्टिकोण नेपाली सिनेमाका लागि एउटा कोशेढुंगा सावित हुन सक्छ ।

‘राजागंज’ले उत्पीडनमा परेको समुदायका महिलाको सम्मान, बहादुरी र संघर्षलाई चित्रण गर्दै आत्मसम्मानको विषयलाई जोडदार ढंगले स्थापित गरेको छ । फिल्मको कथा मूलतः प्रमुख ४ महिला पात्रहरूको वरिपरि घुम्छ । पहिलो पात्र हुन्- बहादुर र सबल क्विर (लेस्बियन) महिला प्रहरी अधिकारी पूजा, जसले आफ्नो कर्तव्यलाई निष्ठापूर्वक पूरा गर्छिन् । दोस्रो हुन्- उत्पीडन र अन्यायमा परेकी मधेसी महिला सरस्वती, जसले परम्परागत रूपमा चित्रण गरिने निरिह महिलाको भाष्यलाई चिर्दै अनपेक्षित तवरबाट आफूले भोगेको अन्यायको प्रतिशोध लिन्छिन् ।

हिरासतभित्र मारिने विशेषतः मधेसी दलित युवाहरूको फेहरिस्त निक्कै लामो छ । यस अर्थमा रौनियारका कुनै पनि दृश्य विम्बात्मक हिसाबमा कमजोर छैनन् । प्रत्येक दृश्यले केही न केही गम्भीर सन्देश छोडेको देखिन्छ ।

तेस्रो पात्र हुन्- मधेसी महिला प्रहरी अधिकारी ममता, जसले प्रहरी व्यवस्थाभित्र अन्यायको सामना गर्दैगर्दा पनि त्यसको प्रतिरोध गर्ने प्रयास गर्छिन् र कर्तव्य निर्वाह गर्छिन् । अनि यी तीन महिलाहरूको प्रतिपक्षमा उभिएकी अर्की चौंथो महिला पात्र छिन्, जसको सामाजिक, जातीय, र राजनीतिक पृष्ठभूमि विशेषाधिकारयुक्त छ । उनले नेपाली समाजमा रहेको संरचनागत विभेदको प्रतिनिधित्व गर्छिन् ।

यो कथा यिनै महिला पात्रहरूको स्वाभिमानको कथा हो । समग्रमा भन्नुपर्दा यसको मूल विषय भनेको महिलाको आत्मस्वाभिमान र गरिमाको हो । तर, त्यो स्वाभिमान या गरिमा परम्परागत ढंगको फगत नारी हुनुको आत्मसम्मान होइन बरु आमनागरिक हुनुको स्वाभिमान हो । त्यसैले त यसकी एक प्रमुख पात्र ‘पूजा, सर’ले आफूलाई म्याम भनेर बोलाउँदा आपत्ति जनाउँछिन् र पदीय सम्बोधनमा नै आफूलाई सहज महसुस गर्छिन् । अर्की पात्र सरस्वतीले ‘के लाग्छ, एक मधेसी महिलाले अपहरण गर्न सक्दिनन् ?’ भन्दै गर्दा यस्तो लाग्छ, परम्परागत रुपमा स्थापित दाइजो र घरेलु हिंसा पीडित मधेसी महिलाको निरिह चित्रणलाई निर्देशक दीपक रौनियारले स्पष्टसँग चिरिदिएका छन् ।

राजागंज : नेपाली सिनेमाको ऐतिहासिक उपलब्धि

सरस्वती मात्र होइनन्, मधेश आन्दोलनको पृष्ठभूमिमा बनेको यस सिनेमामा अर्की एक मधेसी महिलाले गाडीमाथि चढेर पटक–पटक माइकमा बोल्दै गरेको देखाइएको छ । यो एक उदाहरण मात्र हो । यसले नेपालको समसामयिक महिलाहरूले परम्परागत रूपमा सार्वजनिक भूमिकामा हावी रहेका पुरुषहरूलाई कसरी चुनौती दिइरहेका छन् भन्ने स्पष्ट पार्छ ।

क्षमता हुँदाहुँदै पनि, अनि आफ्नो गल्ती नहुँदा-नहुँदै पनि, प्रहरी निरिक्षक ममता गुप्ताले भोगेको प्रहरी विभाग भित्रकै विभेद र अन्यायले मूलतः हाम्रा संस्थाको अकर्मण्यता मात्र देखाउँदैन, बरु भर्खरै मैथिली मूलकी महिला उपसचिवले भोगेको उपेक्षा र अन्यायलाई पनि उजागर गर्छ । अरुभन्दा क्षमतावान् र अब्बल हुँदाहुँदै पनि सार्वजनिक सेवाका क्षेत्रमा कसरी मधेसी महिला उपेक्षित हुँदै आएका छन् भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गर्छिन उनी । इमान्दार व्यक्तिलाई बलीको बोको बनाउने नेपाली सार्वजनिक प्रशासनको चरित्र हो यो ।

कतिपय क्षेत्रमा, अब्बलता र सहभागिता दुवैका हिसावमा महिलाले पुरुषलाई निक्कै पछि धकेलिसकेको अवस्था छ । तर, नेपाली महिलाको यो उपलव्धिलाई सिनेमाले न्यायोचित ढंगले देखाउन भने चुकिरहेका थिए । दृष्टिकोणको यो अभावलाई निःसन्देह ‘राजागंज’ले केही हदसम्म भएपनि पुरा गरेको छ ।

नाङ्गो खुट्टा हिरासतभित्र राखिएको थुनुवाले जुत्ताको तुनामा झुण्डिएर ‘आत्महत्या’ गरेको केसलाई लिएर ममतालाई निलम्बन गरिन्छ । यो दृश्य मधेसका हिरासतभित्र बारम्बार दोहोरिरहने वास्तविक दृश्य हो । हिरासतभित्र मारिने विशेषतः मधेसी दलित युवाहरूको फेहरिस्त निक्कै लामो छ । यस अर्थमा रौनियारका कुनै पनि दृश्य विम्बात्मक हिसाबमा कमजोर छैनन् । प्रत्येक दृश्यले केही न केही गम्भीर सन्देश छोडेको देखिन्छ ।

अपहरणकारीले ‘कुहिएको आँप’को र ‘ताजा आँप’को मूल्यको हिसाबबीच तुलना गर्दै अपहरित बालक (जो पहाडिया मुलकी महिलाको बच्चाको प्रतिनिधित्व गर्छन्)को फिरौती निर्धारित गर्छिन्, यसले केवल लाक्षणिक रुपमा तत्कालिन प्रधानमन्त्रीको मधेशद्वेषी अभिव्यक्ति मात्र बोक्दैन, यो तुलना अपहरणकारी महिलाको जबरजस्ती तुहाइएको कोख र अपहरित बालकको मुल्यबीचको पनि हो । समग्रमा यहाँको राज्यसत्ताले मुलधारमा पहाडिया खस-आर्यन र अन्य सम्प्रदायका मानिसहरुबीच दर्शाउँदै आएको विभेदकारी मूल्य पनि हो ।

राजागंज : नेपाली सिनेमाको ऐतिहासिक उपलब्धि

यो फिल्मको अर्को महत्वपूर्ण पक्ष भनेको सबै सीमान्तकृत वर्ग, समुदायका महिलाहरूको एकताको प्रस्तुति हो । एक उत्पीडित मधेसी महिलाहरूको पीडालाई एक समलिंगी महिला प्रहरी अधिकारीले बुझ्छिन् । सुरुमै उनले पनि अर्को समुदायको उत्पीडनलाई आत्मसात गर्न सक्दिनन्, बरु यसका लागि उनी आफै त्यस समुदायमा घुलमिल हुनुपर्छ । अन्तर समुदायबाट आएका पात्रहरुको अन्तरघुलनलाई क्यामेराको फ्रेमिङ र आन्दोलनको बीच भागबाट खिचिएका सटहरुले पनि देखाउन खोजेको छ । त्यसो त सिनेमाका पात्रहरुले खास्सै सिंगल क्लोजप सटहरू पाउँदैनन् ।

पृष्ठभूमिमा अरु कोही न कोही पात्रहरु पनि देखिइहाल्छन् । सायद यो सीमान्तकृतलाई प्रस्तुत गर्ने निर्देशकको शैली हुनुपर्छ । सबै सीमान्तकृतलाई एउटै मालामा गाँस्ने प्रयास हुनुपर्छ । जसको अर्थ, सबै प्रकारका उत्पीडनविरुद्ध लड्न सबै खाले उत्पीडितहरूको एकता अपरिहार्य छ भन्ने अत्यावश्यक सन्देश यस सिनेमाले दिने प्रयत्न गरेको छ । यसरी, ‘राजागंज’ नेपाली समाजमा निहित लैंगिक विभेद, संरचना र बदलिँदो शक्ति सन्तुलनलाई बुझ्नका लागि उत्कृष्ट उदाहरण हो । हाल नेपाली चलचित्र उद्योगमा जातीय/सांस्कृतिक पहिचान झल्काउने चलचित्रहरू लोकप्रिय भइरहेका छन् । तर, मधेश आन्दोलनको पृष्ठभूमिमा आधारित भए तापनि दीपक रौनियार निर्देशित यस फिल्मले सामुदायिक पहिचानमा मात्र केन्द्रित नभई विभिन्न समुदायका अनुहारहरूलाई एउटै कथासूत्रमा बाँध्दै हाम्रो राष्ट्रिय पहिचानलाई उजागर गर्ने प्रयास गरेको छ ।

समग्रमा भन्नुपर्दा, महिला स्वाभिमानको कथा भन्दै गर्दा ‘राजागंज’ले नेपाली सिनेमामा गरिने परम्परागत महिला चित्रणलाई चुनौती दिनुका साथै नेपाली महिलाहरूले गरेको सामाजिक, शैक्षिक र राजनीतिक फड्कोलाई न्यायसंगत रुपमा प्रस्तुत गरेको छ । कतिपय क्षेत्रमा, अब्बलता र सहभागिता दुवैका हिसावमा महिलाले पुरुषलाई निक्कै पछि धकेलिसकेको अवस्था छ । तर, नेपाली महिलाको यो उपलव्धिलाई सिनेमाले न्यायोचित ढंगले देखाउन भने चुकिरहेका थिए । दृष्टिकोणको यो अभावलाई निःसन्देह ‘राजागंज’ले केही हदसम्म भएपनि पुरा गरेको छ ।

ग्राफिक्स : अरुण देवकोटा





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School