२०८१ मा नेपाली फिल्म : ब्लकबस्टर उचाइमा, शिल्प ओझेलमा

२०८१ मा नेपाली फिल्म : ब्लकबस्टर उचाइमा, शिल्प ओझेलमा

सबैभन्दा पहिले २०८१ साललाई उपलब्धिको आँखाबाट हेरौं ! उपलब्धिको आँखाबाट हेर्दा हामीले मूलभूत ४ कुरा पाउँछौं । पहिलो- यसवर्ष दुईजना स्टारको जन्म भयो । एउटा विजय बराल र अर्को समीर भट्ट । दोस्रो- नेपाली फिल्मको ‘ब्लकबस्टर’ हुने ठूलो मात्रा देखियो । बजारको ‘भोल्युम’ ठूलो रहेछ भन्ने कुरा देखियो । लगभग …

Read more

एडोलेसन्स : उत्कृष्ट मिनी सिरिज ? 

एडोलेसन्स : उत्कृष्ट मिनी सिरिज ? 

केही समयअघि दैलेखमा ११ वर्षीय बालकको हत्या भएको समाचार आएको थियो। प्रहरी अनुसन्धानपछि उक्त बालकको हत्या उसैको उमेरका साथीहरूले मिलेर गरेको भन्ने पत्ता लागेको थियो। प्रहरीका अनुसार चोरी गरेर ल्याएको सुनको गहना बिक्री गर्ने विषयमा विवाद हुँदा बालकलाई आफ्नै साथीले मारेका थिए। अमेरिकामा सन् १९९८ मा, १५ वर्षीय किशोरी करेन …

Read more

राजागंज : नेपाली सिनेमाको ऐतिहासिक उपलब्धि

राजागंज : नेपाली सिनेमाको ऐतिहासिक उपलब्धि

केही दिन अघि मैले बुवालाई आँखा अस्पताल र बाथ अस्पताल लैजानु परेको थियो । सायद त्यस दिनको संयोगले हुनुपर्छ, ती दुबै अस्पतालमा बुवाले एउटा पनि पुरुष डाक्टर भेट्नु भएन र भन्नुभयो, ‘आजकल अस्पतालमा पुरुष कर्मचारी भनेको सेक्युरिटी गार्डमात्र हुन्छन् कि क्या हो ?’ ती अस्पतालमा भेटिएका डाक्टर अधिकांश नेवार समुदायका …

Read more

बुख्याँचादेखि डर लाग्छ ?

बुख्याँचादेखि डर लाग्छ ?

मैले कतै पढेको थिएँ, पहिले-पहिले किसानहरू आफ्ना खेतबारीका छेउछाउमा अस्थायी झुप्रो बनाएर चराचुरुङ्गी तथा जनावरहरूलाई भगाउन बस्थे। त्यसरी उनीहरू अन्नबालीको सुरक्षा गर्थे। पछि-पछि विस्तारै खेत बढ्दै गए, खेती बढ्दै गए। किसानहरूले खेतमा रूँघेर बस्न भ्याएनन्, त्यसपछि उनीहरूले बुख्याँचाको आविष्कार गरे। त्यसैले मान्न सकिन्छ, बुख्याँचाको सुरुवात कृषि सभ्यतासँगै भएको हो। विस्तारै …

Read more

मुटु हल्लाउने कथा : द गर्ल विद द निडल

मुटु हल्लाउने कथा : द गर्ल विद द निडल

पहिलो विश्वयुद्धमा डेनमार्कले कसैको पनि पक्ष लिएर लडेन। डेनमार्क तटस्थ थियो, तर अधिकांश डेनिस युवा भने जर्मन सेनामा भर्ती भएका थिए। सन् १८६४ को दोस्रो ‘श्लेस्विग युद्ध’मा डेनमार्कले प्रशिया (हालको जर्मनी) सँग ठूलो पराजय बेहोर्नु परेको थियो, त्यस युद्धमा पराजित भएपछि, डेनमार्कले आफ्नो दक्षिणी भूभागको ठूलो क्षेत्र गुमाउन पुगेको थियो। …

Read more

४० वर्षपछि भेटिएको कथा : चेस अफ द विन्ड

४० वर्षपछि भेटिएको कथा : चेस अफ द विन्ड

वर्ष सन् १९७९…। हजारौं वर्ष पुरानो इरानको शाही शासन समाप्त भई इस्लामी गणतन्त्र स्थापना भएको वर्ष। त्यसको दुई वर्षअघि अर्थात् सन् १९७७ बाट बुद्धिजीवी, विद्यार्थी तथा विपक्षी समूहले मानवअधिकारको हनन्, भ्रष्टाचार र असमानता विरुद्ध शाहको अधिनायकवादी शासनलाई विरोध गर्न थालेका थिए। उक्त विरोध विस्तारै जनआन्दोलनमा परिणत हुँदैगयो, जहाँ मजदुर, किसान, …

Read more

कार्साङ सिनेमा र सन्तान सुखका कुरा

कार्साङ सिनेमा र सन्तान सुखका कुरा

प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र संस्कृत विश्वविद्यालय छ) । बाख्राका पाठा र बाख्रा मलाई मान्छे जस्तै लाग्थे । मेरा बाख्राहरूको नाम मुन्नी, रूइटी र किरण थियो । कहिलेकाहीं मेरो परिवार वा मैले बाख्रालाई बोलाउँदा मानिसहरू फनक्क फर्केर हेर्थे । बाख्राको …

Read more

हिउँभन्दा चिसो : भेर्मिल्यो

हिउँभन्दा चिसो : भेर्मिल्यो

केही दिनअघि ९७औं ओस्कार अवार्डको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धा गर्ने पन्ध्रवटा फिल्महरूको सर्टलिस्ट सार्वजनिक भयो। उक्त विधाका लागि विश्वभरबाट ८५ वटा देशहरूले आफ्ना फिल्म पठाएका थिए। नेपालबाट मीनबहादुर भामको ‘शाम्बाला’ पठाइएको थियो, तर अन्तिमसम्म त्यसले आफ्नो स्थान भने बनाउन सकेन। ती पन्ध्र फिल्महरूमध्ये तीन फिल्म, ‘द सिड अफ …

Read more

‘आँखा’ र ‘सानो संसार’ फरक वर्ग, उस्तै संघर्ष

‘आँखा’ र ‘सानो संसार’ फरक वर्ग, उस्तै संघर्ष

बागमती किनारको एउटा सुकुम्वासी बस्तीमा भर्खरै एक नवजोडी विवाह गरेर आएका छन्। निलो पालले छोपेको छाना, टिनको ढोका, तन्नाका टुक्राटाक्रीले बेरेको कोठाको भित्ता, केही भाँडाकुँडा, ग्याँस चुलो, एउटा सुत्ने खाट र कुहिएको चामल। यो सुकुम्बासी टोलको पालले छोपेको झुपडीको पनि भाडा तिर्नुपर्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। तर, यो …

Read more

मान्छेलाई कति जमिन चाहिन्छ ? 

मान्छेलाई कति जमिन चाहिन्छ ? 

दुई वर्षअघि, ‘हेर्ने कथा’को ६५औं शृङ्खलामा एउटा अनौठो कथा देखाइएको थियो, ‘चेहिमको कथा’, जसले धनकुटाको बुढीमोरङमा अवस्थित साँघुरीगढीमा बसोबास गर्ने लिम्बूहरूको विचित्रको संस्कार पस्केको थियो। ‘चेहिमको कथा’ अर्थात् ‘चिहानको कथा’। ‘चे’ले ‘लास’ र ‘हिम’ले ‘घर’लाई जनाउँदो रहेछ। लासको घर ! त्यहाँ रहने लिम्बूहरूले मृत्युपूर्व नै गच्छे अनुसारका चिटिक्कका चिहान बनाउने …

Read more