यौन अपराध अनुसन्धानको मनोवैज्ञानिक पक्ष : RajdhaniDaily.com


१६ वर्षीया इनिशा विकको पासविक यौनजन्य हिंसाबाट मृत्यु घटना पूर्णरूपमा निर्मुल हुन सकेको छैन । सुर्खेत वीरेन्द्र नगर–१ की इनिशा गत २३ फागुन शनिबार बिहान ‘८ बजे घर आइपुग्छु’ भनी आमा तिलासँग बिदा मागेर ६ बजे नै ट्यूसन पढ्न गइन् । तर, ९ बजे घरसम्म पनि आइपुगिनन् । खोजी गर्दा ९ः४५ बजे उनी नग्न अवस्थामा जंगलमा फेला परिन् । १० बजे नै उनलाई उपचारार्थ प्रदेश अस्पताल पु¥याइयो तर चिकित्सकले मृत घोषणा गरे । इनिशाको मृत्यु यौनांगबाट अत्यधिक रक्तस्रावका कारण भएको थियो । प्रहरीले तत्कालै इनिशाको ‘प्रेमी’ भनिएका किशोरलाई घटनास्थलआसपास क्षेत्रबाटै पक्राउ ग¥यो । अन्य शंकास्पद तीन किशोर पनि भोलिपल्टै वा आइतबारै पक्राउ परे । पक्राउ परेका किशोरउपर प्रहरीले विविध कोणबाट अनुसन्धान गरिरहेको छ । यसक्रममा उनीहरूको पोलिग्राफ र डीएनए टेस्ट पनि भइसकेको छ ।

पछिल्लो समय यौनजन्य अपराध अनुसन्धानमा पीडकको मनोवैज्ञानिक पक्षलाई विशेष महत्व दिनुपर्ने देखिएको छ । यसक्रममा प्रहरी अनुसन्धानकर्ताले परम्परागत अनुसन्धान विधिमात्रै पछ्याउँदा पीडक त कारबाहीमा पर्दछ । तर, यस्तो पासविक हत्या नियन्त्रण गर्ने कार्य भने प्रभावकारी हुन सक्दैन । किनकि यौनजन्य हिंसाको पूर्वपृष्ठभूमि पीडकको मनोवैज्ञानिक पक्षसँग सम्बन्धित हुन्छ भन्ने बुझ्नुपर्छ । लामो समयसम्म व्यक्तिमा उकुसमुकुस अवस्थामा रहेको यौनकुण्ठानै कार्यरूपमा परिणत हुँदा वा त्यसलाई संयमित बनी व्यक्तिले सहन गर्न नसक्दा नै पासविक हत्या हुन्छ । यसैले यौनजन्य अपराध प्रभावकारी ढंगले नियन्त्रण गर्ने हो भने प्रहरी अधिकारीलाई अपराध अनुसन्धान सँगसँगै मनोवैज्ञानिक प्रशिक्षण पनि दिनुपर्दछ । त्यो अवस्थामा घटना घट्नु पहिलेकै वा व्यक्तिले पृष्ठभूमि तय गरिरहेकै अवस्था पहिचान गरी घटना हुन पाउने व्यवस्था मिलाउन सकिन्छ ।

वास्तवमा व्यक्तिविशेषका मनमा उब्जने नकारात्मक भाव, मानसिक क्रिया वा प्रतिक्रिया, द्वन्द्व र मनोदशा अध्यापन गर्ने शास्त्र मनोविज्ञान हो । यसले व्यक्तिमा यौनजन्य विकास र यौनकुण्ठा कसरी वा कुनबिन्दुबाट कहिलेदेखि प्रारम्भ हुँदै आयो ? तथा कसरी विकसित भइरहेको छ ? भन्ने कारकतत्व पहिचान गराउँछ । यसैको कारण व्यक्तिको शारीििक एवं मानसिक अवस्थामा परिवर्तन ल्याउँछ । व्यक्ति अझै क्रोनिक अवस्थामा पुग्दै गए उसले अन्य सबै कुरा बिर्सिएर एकोहोरो बन्छ । यसपछि आइलाग्ने चुनौती’bout सोचविचारै नगरी कुण्ठा पूरा गराउने सर्वोत्तम उपायकै रूपमा अपराधिक कार्य गर्न पछि पर्दैन । यस्तो अन्तिम चरणमा पुग्नुअगाडि प्रारम्भिक बिन्दुबाट कोही उतिखेरै, संयमता गुमाउने अवस्थामा पुग्छन् भने कोही केही दिन वा ८–१० दिनसम्म पनि रहन सक्छन् । यही चरणमा व्यक्तिको हाउभाउ, चालचलन, एकोहोरोपन, एक्लै बस्न रुचाउने, सोचिरहने, मानसिक रूपमै पीडित बन्ने, अत्यन्त घनिष्ट साथीसँग बस्न रुचाउने लक्षण देखापर्न सक्छन् । पीडकको पूर्वअवस्था पहिचान प्रक्रिया नै यही हो । यो अवस्थाको पहिचान परिवारकै सदस्यले, साथीसंगतिले, छरछिमेकीले, नाता सम्बन्धका व्यक्तिले महिला साथीले र विद्यालयका शिक्षक शिक्षिकाले नै सहजै गर्न सक्छन् ।

यही प्रारम्भिक अवस्थामै पहिचान गर्नसके त्यो अवस्थाबाट व्यक्तिलाई साविककै तन्दुरुस्त मानसिक अवस्थामा फर्काउन सकिन्छ । यी सबै टेक्निक मनोवैज्ञानिक प्रशिक्षणबाट प्राप्त गर्न सकिन्छ । यो प्रशिक्षणको मुख्य उद्देश्य नै घटनापछिको पीडक पक्राउतर्फभन्दा पीडकबाट घटना नै हुन नपाउने व्यवस्था गर्ने हो । यो अहिले अत्यावश्यक देखिएको छ । कसुरदारलाई गलाउने वा घटना वृतान्त’bout सावित गराउने, साबिती बयानबाट प्रारम्भ भएको प्रहरी अनुसन्धान, अहिले प्रमाण आफैंले बोलाउने अवस्थामा पुगेको छ । अपराधीको अपराध कार्यशैली जतिजति परिस्कृत भइरहेको छ, अनुसन्धान प्रक्रियालाई पनि उतिनै परिस्कृत नगरिए प्रहरी सफल बन्न सक्दैन । अहिलेको प्रहरीले अपराध नियन्त्रण गर्न सम्भावित घटना’boutमा गरिने पूर्वअनुसन्धानलाई बढी महत्व दिइनुपर्दछ । घटना हुनुपूर्व अनुसन्धान गर्ने प्रचलन करिब ३०–३५ वर्षपहिलेकै हो । लोकतन्त्र स्थापित भएपछि स्वैच्छाचारी राज्य सञ्चालकको बदनियतकै कारण हत्यारा र बलात्कारीले नै उन्मुक्ति पाउँदै आएको अवस्थामा सम्भावित घटना अनुसन्धान गर्न प्रहरी निरुत्सहित भएकोमात्र हो । तर, अपराध नियन्त्रण प्रहरीको पहिलो दायित्व भएकोले यसलाई प्रहरीले उपेक्षा गर्नु हुँदैन । यदि समाज नै अपराधविरुद्ध एकजुट बन्ने हो भने तथा प्रहरीले पनि संकित व्यक्तिको क्रियाकलापउपर मनोवैज्ञानिक ढंगले निग्रानी गरिरहने हो भने समाजमा अपराध हुँदैन । यसका लागि प्रहरी र स्थानीय बासिन्दाको सहकार्य पनि उतिकै आवश्यक छ । यौनजन्य अपराध नियन्त्रण गर्न समाजमा कसको कस्तो भूमिका हुनुपर्दछ ? भन्ने’bout चर्चा नगरिए यो स्तम्भ अधुरो हुन्छ । यसर्थ, यस्तो अपराध रोकथाम गर्न प्रहरीले विगतमा सार्वजनिक गरेको आव २०८१÷०८२ को यौनहिंसाको तथ्यांक हेरे सावधानी अपनाउनु सहज हुन्छ ।

वास्तवमा व्यक्तिविशेषका मनमा उब्जने नकारात्मक भाव, मानसिक क्रिया वा प्रतिक्रिया, द्वन्द्व र मनोदशा अध्यापन गर्ने शास्त्र मनोविज्ञान हो । यसले व्यक्तिमा यौनजन्य विकास र यौनकुण्ठा कसरी वा कुनबिन्दुबाट कहिलेदेखि प्रारम्भ हुँदै आयो ? तथा कसरी विकसित भइरहेको छ ? भन्ने कारकतत्व पहिचान गराउँछ । यसैको कारण व्यक्तिको शारीििक एवं मानसिक अवस्थामा परिवर्तन ल्याउँछ । व्यक्ति अझै क्रोनिक अवस्थामा पुग्दै गए उसले अन्य सबै कुरा बिर्सिएर एकोहोरो बन्छ । यसपछि आइलाग्ने चुनौती’bout सोचविचारै नगरी कुण्ठा पूरा गराउने सर्वोत्तम उपायकै रूपमा अपराधिक कार्य गर्न पछि पर्दैन ।

स्मरणरहोस्, प्रहरीको सो तथ्यांकले यौनजन्य अपराधमध्ये ९२ प्रतिशत घटना चिनेजानेकै व्यक्तिबाट भएको देखाउँछ । त्यसमध्ये पनि परिवारकै नातेदार, छिमेकी, साथीसंगति, शिक्षक तथा चिनजानकै व्यक्तिको संख्या बढी हुनु समाजकै निम्ति चुनौती हो । यसर्थ, समाज जागरुक नभएसम्म इनिशा विक र निर्मला पन्त प्रकरण बराबर दोहोरिन सक्छ । सम्बद्ध पक्षले यथासक्य निम्न उपाय व्यवहारमा अवलम्बन गर्नु उचित हुन्छ ।

कानुनी चेतना फैलाउने
कानुनी व्यवस्थाले मात्र यौन हिंसा नियन्त्रण गर्दैन । हरेक व्यक्तिले कानुनको अनुशरण गर्ने वातावरण राज्यद्वारा निर्मित हुनुपर्दछ । कानुन अनुशरण गर्ने वातावरण त्यतिखेर हुन्छ, जब सबै नागरिक नै कानुन’bout जानकार हुन्छन् । कस्तो कार्य कानुनी मापदण्डभित्रको मानिन्छ र के कस्तो कार्य गैरकानुनी एवं दण्डनीय हुन्छ ? तथा त्यस्तो गैरकानुनी कार्य गरे के कस्तो दण्ड सजाय हुन सक्छ ? भन्ने आमनागरिकले नुबझेसम्म जनतामा कानुनी सचेतना फैलिएको मानिँदैन । कानुन सन्दर्भमा हाम्रो समाजमा देखिएको प्रमुख समस्या नै यही हो । कानुनमा गरिने कठोर दण्डसजाय व्यवस्थाभन्दा सामान्य दण्ड सजायकै प्रावधान’bout नागरिक जानकार भए त्यो नै अपराध रोकथाम प्रभावकारी अस्त्र हुन्छ भन्ने कुरा राज्यले बुझ्न जरुरी छ । तर, यही कुरा नै राज्यबाट उपेक्षित छ । यौनहिंसा नियन्त्रण हुन नसक्नुको मुख्य कारण यही हो ।

वास्तवमा कानुन निर्माण समाज व्यवस्थित गराउन गरिने हो । समाजमा देखापर्ने असमान्य परिस्थिति, थिचोमिचो, हस्तक्षेप, हिंसा, असुरक्षा तथा समाज सुसञ्चालनमै आइलाग्ने अवरोध नै कानुनको पृष्ठभूमि हुने भएकाले त्यस्तै कुरा व्यवस्थित गर्ने उद्देश्यले निर्माण हुने कानुनको मस्यौदा नै ‘ग्राउन्ड लेवल’को जन भावनाअनुसारकै हुनुपर्दछ । यसर्थ, कानुन निर्माणाधीन अवस्थामै जनस्तरसम्म व्यापक चर्चा र बहसको विषय बनाइनुपर्दछ । त्यो अवस्थामा निर्मित कानुन’bout जनता नै जानकार हुन्छन् । कानुनी सचेतना फैल्याउने भनेकै यही हो । तर, हाम्रोमा कानुनको मस्यौदा तयार पार्ने मन्त्रालयका पदाधिकारी र संसद्को सम्बन्धित समितिबाहेक अन्य सांसदलाई नै कानुन’bout जानकारी हुँदैन । तर तिनै अनभिज्ञ सांसद नै जनताबीच कुनै अशोभनीय घटना हुँदा कठोर दण्ड सजाय व्यवस्था गरिन्छ भनी कुर्लन्छन् । यो परिपाटी सच्याउनुपर्दछ ।

घरपरिवार र विद्यालयको भूमिका
यौन हिंसाबाट बच्ने उपायबाट बालबालिकालाई सचेत गराउने सबैभन्दा महत्वपूर्ण भूमिका अभिभावक र विद्यालयको हुन्छ । किनकि बालबालिका अहोरात्र उनीहरूकै प्रत्यक्ष नियन्त्रणामा रहेका हुन्छन् । यसमा पनि बिहान बेलुकाको छोटो समय परिवारमा हुने रातमा विश्राम गर्ने हुँदा बालबालिकाको दिनभरको समय विद्यालय शिक्षक, शिक्षिकासँगै बित्छ । त्यही समयको बालबालिकाको हरेक गतिविधि शिक्षकशिक्षिकाले ‘मनिटर’ गरेका हुन्छन् । कक्षा कोठामा बस्नेदेखि पठनपाठन, शिक्षक र सहपाठी साथीसँग कुराकानी तथा पारस्परिक व्यवहार, शिक्षकशिक्षिका नै बढी जानकार हुन्छन् । ‘कुन विद्यार्थी कस्तो नेचरका छन् ?’ भन्ने शिक्षकशिक्षिकालाई नै बढी थाहा हुन्छ ।

बालबालिकालाई शिक्षा प्रदान गर्ने, बालबालिको पारस्परिक व्यवहार असामान्य पाइए उतिखेरै सम्झाउने, पुनः नदोहो¥याउन सचेत गराउने, अपरिचित व्यक्तिसँग टाढै रहने, परिचितसँगै पनि अनावश्यक हेलमेल नगर्ने, विद्यालय बन्द भएपछि सरासर घर पुग्ने भन्ने’bout बालबालिकाले पालन गर्नुपर्ने आचरण र व्यवहारका कुरा शिक्षकशिक्षिकाले पाठ्यक्रमकै विषयवस्तु पढाउनेक्रममै दृष्टान्त दिएरै बुझाउन सक्छन् । यसनिम्ति अलगै ‘क्लास’ लिइरहनै पर्दैन । यो गरेरै सिक्ने वा ‘लर्निङ वाई डुइङ’ सिद्धान्तकै कुरा हो । विषयवस्तुमा ‘फोकस’ गर्नेक्रममै शिक्षकशिक्षिकाले यस कुरालाई विशेष महत्व दिनुपर्दछ ।

यसैगरी, घरपरिवारका सदस्यको भूमिका त झन् सर्वोपरि हुन्छ । सबै बालबालिकाको पारिवारिक पृष्ठभूमि र परिवारका अग्रजले अपनाउने व्यवहार सबैको समान हुँदैन । निश्चितरूपमा परिवारको प्रभाव बालबालिकामा पर्दछ नै । अधिकांश अभिभावक सन्तानको भविष्यप्रति संवेदनशील हुन्छन् त कतिपय हुँदैनन् । पारिवारिक शिक्षास्तर पनि अभिभावकै चासोमा निर्भर रहने हुँदा सबैको समान हुँदैन । तथापि, आफ्ना बालबालिकाको भविष्य सुनौले होस् । कसैले दुःख, पीडा र सन्तापमा पर्नु नपरोस् भन्ने चाहना प्रायः सबै अभिभावकको हुन्छ । यसक्रममा अभिभावकले बालबालिकालाई उमेरअनुसारको चारित्रिक बनाउने उद्देश्य राख्नुपर्दछ । यसक्रममा प्रदान गर्नुपर्ने विविध पक्षसम्बद्ध ज्ञानका अलावा चरित्र निर्माणमा ख्याल राख्नुपर्ने आचरण, व्यवहार र नैतिक शिक्षा’bout बराबर सम्झाइरहने हो भने निश्चय नै बालमस्तिष्कमा त्यसले सकारात्मक प्रभाव पार्दछ । जसको परिणाम उमेर बढेसँगै बालबालिका पनि यौनजन्य हिंसाबाट टाढै रहने प्रयासमा लाग्छन् । यौनहिंसा नियन्त्रण गर्ने यो प्रभावकारी उपाय हो ।

अश्लील अवलोकन र प्रदर्शनमा रोक
युगानुकुल द्रुतगतिमा सामाजिक सञ्जाल विकास भइरहेको छ । एकातिर सामाजिक सञ्जाल ज्ञानको स्रोत मानिन्छन् भने अर्कोतिर पछिल्लो समय तिनै सामाजिक सञ्जाल अपराधकै स्रोत बन्न थालेका छन् । जुन यसको नकारात्मक प्रभावको पराकाष्ठा हो । वास्तवमा सामाजिक सञ्जाल उपकरण उत्पादन, सकारात्मक सोचमै आधारित हो । तर, नकारात्मक सोचवाला, आपराधिक मानसिकताका व्यक्तिले यसको दुरुपयोग गरिरहेका छन् । त्यसले सिँगो समाजलाई नै प्रभावित पारेको छ । दुरूपयोगको कारकतत्व पनि हाम्रो समाज हो भन्ने स्वीकार गर्नुपर्दछ । किनकि आपराधिक कार्यमा सामाजिक सञ्जाल प्रयोगको मुख्य जड पनि राज्य व्यवस्थाका कमजोर पक्ष, बेरोजगारी समस्या, सामाजिक विभेद, आर्जनमुखी शिक्षा तथा स्वार्थको बाहुल्यता नै हो । यसर्थ, यी विकृति अन्त्यका लागि राज्य नै सक्रिय हुनुपर्दछ । सामाजिक सञ्जालबाट प्रसारित हुने सामग्री व्यवस्थित गर्नुपर्दछ । अश्लील प्रदर्शनी रोक्नुपर्दछ । यतिमात्र भए पनि यौनजन्य हिंसामा धेरै कमी आउँछ ।

यौन हिंसाको नकारात्मक पक्ष’boutमा चेतना
समाजमा घट्ने यौनजन्य हिंसाका घटना’bout सबैले थाहा पाएकै हुन्छन् । तर त्यस्तै घटना आफू र आफ्नो परिवारमा घटे के होला ? भनी सोचबिचार भने कमैले गर्दछन् । यौनजन्य हिंसाको प्रत्यक्ष पीडित एकै व्यक्ति हुने भए पनि त्यही एकै टघनाले सिँगो समाजलाई पीडित बनाएको हुन्छ भन्ने अनुभूति समाजले नगरेसम्म यौन हिंसा अन्त्य हुँदैन । ‘मानिसले धनसम्पत्ति गुमायो भने मेहनत र परिश्रम गरेर पुनः आर्जन गर्न सक्छ । रोजगारी गुमायो भने पुनः प्राप्त गर्न सक्छ । मित्र गुमायो भने बनाउन सक्छ तर चरित्र र इज्जत प्रतिष्ठा नै गुमायो भने सबै चिज गुमाउँछन्’ भन्ने समाजले अनुभूति गर्नुपर्दछ । यसनिम्ति यौनहिंसामा १० वर्ष कैद सजाय पाएकै युवाको भविष्यको दृष्टान्त बालबालिकालाई काफी हुन्छ । किनकि कैद भोगिसकेका व्यक्तिले सरकारी जागिर पाउँदैन, वैदेशिक रोजगारमा जान पाउँदैन, समाजमा सधैं घृणाको पात्र बन्छ । यस्तो नकारात्मक पक्षबाट पीडकलाई मात्र होइन, उसको परिवारका सदस्यलाई समेत जीवनभर पर्ने असर’bout जनचेतना विस्तार गरेर पनि यौनजन्य हिंसा नियन्त्रणमा ल्याउन सकिन्छ ।
(लेखकको यो निजी विचार हो)

(Visited 13 times, 1 visits today)





Source link

Leave a Comment