युक्रेनका खनिजहरूमा पहुँच दिने सम्झौता गर्न राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी दवाव



प्रकाशित मिति : फाल्गुन ९, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्टजले युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेन्स्की वार्तामा फर्कन आवश्यक रहेको बताएका छन ।

उनले युक्रेनका महत्वपूर्ण खनिजहरूमा अमेरिकाको पहुँचको बारेमा सम्झौतामा हस्ताक्षर गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् ।

जेलेन्स्कीले अमेरिकी मागहरूलाई बुधबार अस्वीकार गरेका थिए । युक्रेनका दुर्लभ पृथ्वी खनिजहरूको एक हिस्सा दिनुपर्ने अमेरिकाले प्रस्ताव गरेको थियो ।

युक्रेनका खनिजहरूमा पहुँच दिने सम्झौता गर्न राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी दवाव

युक्रेनका खनिजहरूमा पहुँच दिने सम्झौता गर्न राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी दवाव

युक्रेनलाई रूससँगको युद्धमा अमेरिकाले प्रदान गरेको सहयोगको बदलामा यो प्रस्ताव गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन ।

वाल्टजले व्हाइट हाउस जेलेन्स्कीबाट भएको अस्वीकार्य अपमानहरू सुनेर धेरै निराश भएको बताए । यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गरेर जलेन्स्कीले विभिन्न धारणाहरु सार्वजनिक गरेका थिए ।

युक्रेनमा लिथियम र टाइटेनियम लगायतका महत्वपूर्ण खनिज र तत्वहरूको विशाल भण्डार छ । ठूलो मात्रामा कोइला, ग्याँस, तेल र युरेनियमको भण्डार पनि छ । जसको मूल्य अर्बौं डलर हुन्छ ।

वाल्टजले युक्रेनका दुर्लभ खनिजहरूमा अमेरिकी पहुँचलाई सहयोगको बदलामा क्षतिपूर्ति स्वरूप विनिमय गर्न सकिने विचार राखेका थिए ।

यसले युक्रेनलाई दीगो सुरक्षा ग्यारेन्टी दिनेछ । जुन युक्रेनले आशा गर्न सक्ने सबैभन्दा उत्तम हुनेछ उनले भनेका छन । तर जेलेन्स्कीले प्रस्ताव अस्वीकार गर्दै राज्यलाई बेच्न नसक्ने बताएका थिए ।

युक्रेनका खनिजहरूमा पहुँच दिने सम्झौता गर्न राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी दवाव





Source link

Leave a Comment