एफबीआई निर्देशकमा काश पटेललाई सिनेटले अनुमोदन गर्यो



प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार

एफबीआई निर्देशकको रुसमा काश पटेललाई अमेरिकी सिनेटले अनुमोदन गरेको छ । एफबीआईका आलोचक रहेका पटेलले नै कानून कार्यन्वयन गराउने निकायको नेतृत्व गर्ने अवसर पाएका छन ।

कंग्रेसको माथिल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पका उम्मेदवार पटेललाई अनुमोदन गरेको छ । रिपव्लिकन पार्टीका २ जनाले पटेलको विपक्षमा मतदान गरेका थिए ।

डेमोक्र्याटहरूले पटेलले ट्रम्पका विरोधीहरु विरुद्ध प्रतिशोध लिनेसक्ने चेतावनी दिएका छन । यद्यपि पटेलले कुनै पनि राजनीतिक प्रतिशोधको योजना नराखेको दाबी गरेका छन्।

एफबीआई निर्देशकमा काश पटेललाई सिनेटले अनुमोदन गर्यो

एफबीआई निर्देशकमा काश पटेललाई सिनेटले अनुमोदन गर्यो

ट्रम्पलाई अनुसन्धान गर्ने कानून प्रवर्तन अधिकारीहरूलाई ूअपराधी ग्याङस्टरू भनेर टिप्पणी गरेपछि पटेल विवादमा तानिएका थिए ।

पटेलको विपक्षमा सबै डेमोक्र्याट सिनेटर र दुई रिपब्लिकन उभिएका थिए । उनी ट्रम्पको शपथ ग्रहणको एक महिना पछि अनुमोदित भएका १८ औं मनोनित व्यक्ति भएका छन्।

ूएफबीआईको नवौं निर्देशकको रूपमा अनुमोदित भएपछि पटेलले सम्मानित महसुस गरेको बताएका छन । न्याय मन्त्रालयले एफबीआईका केही शीर्ष अधिकारीहरूलाई बर्खास्त गरेको थियो ।

धेरै रिपब्लिकनका लागि पटेल एक परिवर्तनकारी व्यक्ति हुन् । उनले राष्ट्रको शीर्ष कानून प्रवर्तन एजेन्सीमा लामो समयदेखि अपेक्षित परिवर्तन ल्याउन सक्ने संभावना छ ।

तर डेमोक्र्याटहरूले पटेल धेरै दक्षिणपन्थी षड्यन्त्र सिद्धान्तवादी र कानून प्रवर्तनमा धेरै कम अनुभव भएको व्यक्ति भएको बताएका छन ।

एफबीआई निर्देशकमा काश पटेललाई सिनेटले अनुमोदन गर्यो

स्वतन्त्र रुपमा सञ्चालन हुनुपर्ने संस्थामा राष्ट्रपति ट्रम्पप्रति वफादार व्यक्ति चयन हुनु राम्रो संकेत होइन भनेर डेमोक्र्याट्सहरुले आलोचना गरेका छन ।





Source link

Leave a Comment