मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ


२८ चैत, काठमाडौं । मानव बेचबिखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका-१ का ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घले रहेका छन् ।

उनलाई मानव बेचविखन ब्‍यूरोको टोलीले बुधबार बबरमहलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता
एसपी ज्ञानेन्द्र प्रसाद फुयालले बताए ।

एसपी फुयाँलका अनुसार आर्थिक अवस्था कमजोर भएकी पीडितलाई कुवेतमा मासिक २८ हजार तलब दिने काममा लगाइ दिने भन्‍दै मिलेमतोमा भारतको नयाँदिल्लीमा पुर्‍याएको र उक्त स्थानबाट भिजिट भिसामा श्रीलंकाको कोलम्वोमा प स्थानीय एजेन्टलाई जिम्मा लगाएको खुल्न आएको छ ।

घटनामा संलग्न अन्य अभियुक्तहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School