भियतनाममा शक्तिशाली आँधीको जोखिम: करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो



प्रकाशित मिति : भाद्र ७, २०८२ आईतबार


भियतनाममा शक्तिशाली ‘काजिकि’ आँधी आउनुअघि करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

सरकारले आँधीको आगमनअघि ५ लाख ८६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्ने आदेश दिएपछि उनीहरूलाई त्यहाँ सारिएको हो।

मौसम पूर्वानुमानकर्ताहरूका अनुसार यो आँधी अहिले १६६ किलोमिटर प्रतिघण्टाको वेगमा बढिरहेको छ। सोमबार बिहान जमिनमा आइपुग्नुअघि अझ शक्तिशाली बन्ने अनुमान गरिएको छ।

भियतनाममा शक्तिशाली आँधीको जोखिम: करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

भियतनाममा शक्तिशाली आँधीको जोखिम: करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

मध्य प्रान्तहरू थान होआ, क्वाङ त्रि, ह्यु र दा नाङका बासिन्दालाई घर छोड्न आदेश दिइएको छ। विमानका उडानहरू रद्द गरिएका छन् भने डुङ्गाहरूलाई समुद्रमा नजान चेतावनी दिइएको छ।

यो आँधी अहिले चीनको हाइनान टापुको वरिपरि छ, जहाँ ३२० मिलिमिटर वर्षा हुने सम्भावना रहेको त्यहाँको मौसम एजेन्सीले जनाएको छ।

आँधी ‘काजिकि’ भियतनाममा प्रवेश गरेपछि क्रमशः कमजोर भए पनि देशलाई अझै पनि २०० किलोमिटर प्रतिघण्टाको वेगको हावा र ३००–४०० मिलिमिटर वर्षाले प्रभावित गर्नेछ।

२ देखि ४ मिटरसम्मको समुद्री छालको उभार हुने पूर्वानुमान गरिएको छ। उद्धार र सहयोगका लागि सैनिकहरूलाई परिचालन गरिएको छ।

कृषि तथा वातावरण मन्त्रालयका अधिकारीहरूले भनेका छन्, “परिस्थिति अति खतरनाक छ, पर्यटनका संरचना, माछापालन र डुङ्गाजस्ता कुनै पनि सवारी वा संरचनाका लागि यो सुरक्षित छैन।”

भियतनाममा शक्तिशाली आँधीको जोखिम: करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

भियतनाम एयरलाइन्सले आइतबार र सोमबारका लागि कम्तीमा २२ वटा उडान रद्द गरेको छ।

अधिकारीहरूलाई यो आँधी गत वर्ष सेप्टेम्बरमा आएको ‘यागि’ जस्तै विनाशकारी हुन सक्ने डर रहेको छ।

उक्त आँधीले सम्पूर्ण क्षेत्रमा सयौँ मानिसको ज्यान लिएको थियो, त्यसबेला मात्र भियतनाममा ३०० जनाभन्दा बढीको मृत्यु भएको थियो।





Source link

Leave a Comment