पर्यटकहरूलाई पर्यटन बोर्डको सुझाव – सुरक्षालाई पहिलो प्राथमिकता दिनुस्



प्रकाशित मिति : कार्तिक ११, २०८२ मंगलबार

पर्यटकहरूलाई पर्यटन बोर्डको सुझाव – सुरक्षालाई पहिलो प्राथमिकता दिनुस्

नेपाल पर्यटन बोर्डले हालको प्रतिकूल मौसमको कारण हिमाली र पहाडी क्षेत्रमा यात्रा गर्ने सम्पूर्ण पर्वतारोहण तथा पदयात्रा टोलीहरूका साथै आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई अत्यन्त सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिमी वायु प्रवाह र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले नेपालको मौसममा उल्लेखनीय परिवर्तन ल्याएको छ। यसका कारण देशका विभिन्न भागहरूमा हल्का देखि मध्यम वर्षा र हिमपात भइरहेको छ । विशेष गरी गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशका केही भागमा यो प्रभाव अझ बढी देखिने अनुमान गरिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभागले दिएको चेतावनी अनुसार, अक्टोबर २७ देखि २९ (कात्तिक १० देखि १२) सम्मका दिनमा यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा भारी हिमपात र वर्षा हुने सम्भावना छ। यसले पदयात्रा र पर्वतारोहण गतिविधिमा सहभागी पर्यटक र स्थानीय बासिन्दालाई थप चुनौती निम्त्याउने बोर्डले अनुमान गरेको छ ।

पर्यटकहरूलाई पर्यटन बोर्डको सुझाव – सुरक्षालाई पहिलो प्राथमिकता दिनुस्

पर्यटकहरूलाई पर्यटन बोर्डको सुझाव – सुरक्षालाई पहिलो प्राथमिकता दिनुस्

नेपाल पर्यटन बोर्डले सबै सरोकारवालाहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ । बोर्डले पर्वतारोहण र पदयात्रा टोलीहरूले स्थानीय प्रशासन, पर्यटन गाइड र सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहँदै सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको हो । यस्तै, पदयात्रा मार्गमा रहेका पर्यटकहरूले मौसम सुधार नभएसम्म सुरक्षित आश्रय स्थलमा बस्न र समस्या परेमा तुरुन्तै स्थानीय प्रशासन वा पर्यटक प्रहरीलाई सम्पर्क गर्न सुझाव दिएको छ ।

बोर्डले होमस्टे सञ्चालक, होटेल र रिसोर्ट मालिकहरूले पाहुनाको सुरक्षालाई प्राथमिकता दिई आवश्यक सहयोग र सेवा उचित मूल्यमा उपलब्ध गराउन आग्रह गरेको छ । साथै, गण्डकी प्रदेशका पर्यटन तथा पदयात्रा सङ्घसंस्थाहरूले सम्बन्धित निकायहरूसँग समन्वय गरी पर्यटकहरूको सुरक्षाका लागि सहजीकरण र सूचना आदानप्रदानमा सहयोग पुर्‍याउन समेत बोर्डले आग्रह गरेको छ।

पर्यटन बोर्डले प्रतिकूल मौसम र सुरक्षासम्बन्धी कारणले अन्नपूर्ण बेस क्याम्प (एबीसी) पदयात्रा मार्ग अक्टोबर ३१ अर्थात् कात्तिक १४ गतेसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको जानकारी गराएको छ।

बोर्डले केही क्षेत्रमा लगातार हिमपातका कारण बाटो अवरुद्ध भएको बताउँदै यात्रुहरूलाई धैर्य अपनाउन र सुझावहरू पालना गर्न आग्रह गरेको छ। बोर्डले बोर्डका गण्डकी प्रमुखको नम्बर ९८५१०२४३६६, पर्यटक प्रहरी गण्डकी प्रदेशको नम्बर ९८५६०८२७६२, पर्यटक प्रहरी मुक्तिनाथको नम्बर ९८५१२८२७५६, बोर्डको मिडिया सल्लाहकारको नम्बर ९८५१२४९५६०, पर्यटक प्रहरी काठमाडौँको नम्बर ९८५१२८९४४५ र पर्यटक प्रहरीको टोल–फ्री नम्बर ११४४ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।





Source link

Leave a Comment