प्रहरीको गोली प्रहारबाट रिपब्लिकन नेशनल कन्भेन्सन नजिक चक्कु बोकेका व्यक्तिको मृत्यु



प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार

प्रहरीको गोली प्रहारबाट रिपब्लिकन नेशनल कन्भेन्सन नजिक चक्कु बोकेका व्यक्तिको मृत्यु

विस्कन्सिनको मिलाउकीमा रिपब्लिकन नेशनल कन्भेन्सन नजिकै दुईवटा चक्कु बोकेका एक व्यक्तिलाई प्रहरीले गोली हानी मारेका छन् । प्रहरी अधिकारीहरुले दुबै हातमा चक्कु भएको व्यक्तिलाई गोली हानेका थिए ।

उक्त व्यक्तिले प्रहरीको आदेशलाई अस्वीकार गरेको प्रहरीले गोली चलाउनु अगाडि एक निहत्था व्यक्तिलाई आक्रमण गरेको जनाइएको छ । घटनास्थलबाट दुईवटा चक्कु बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बडी क्यामेरा फुटेज पनि जारी गरेको छ ।

प्रहरी अधिकारीहरुले चक्कु फ्याक्न आदेश दिंदा हतियारधारी व्यक्ति निशस्त्र व्यक्तितर्फ अघि बढेपछि प्रहरीले गोली चलाएको फुटेजमा देखाइएको छ । ओहायोका प्रहरी अधिकारीहरुले हतियारधारीमाथि गोली चलाएका थिए ।

सोमबार सुरु भएको र बिहीबार समापन हुने सम्मेलनको लागि थप सुरक्षा प्रदान गर्दै विभिन्न क्षेत्रका हजारौं अधिकारीहरू मिलाउकीमा छन्, जसमा विस्कन्सिनबाहिरका प्रहरी पनि खटिएका छन् ।

एक जना आफन्त र अन्यले मारिएका व्यक्तिलाई ४३ वर्षीय स्यामुएल शार्पको रूपमा पहिचान गरेका छन्। मिलाउकीका बासिन्दाहरू तुरुन्तै घटनास्थलमा जम्मा भएका थिए । उनीहरुले राज्यबाहिरको प्रहरी आएर गोली चलाएकोमा विरोध गरेका थिए । सार्पको हत्या भएको रगतले लतपतिएको स्थानमा करिब १०० जनाले मंगलबार राति दीप प्रज्वलन गरेका थिए ।





Source link

Leave a Comment