नर्थ क्यारोलिनाको शार्लोटमा गैरकानुनी आप्रवासनविरुद्धको अभियान, ठुलो मात्रामा संघीय एजेण्टहरू परिचालन



प्रकाशित मिति : कार्तिक ३०, २०८२ आईतबार

नर्थ क्यारोलिनाको शार्लोटमा गैरकानुनी आप्रवासनविरुद्धको अभियान, ठुलो मात्रामा संघीय एजेण्टहरू परिचालन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी आप्रवासनविरुद्धको कडा अभियानलाई विस्तार गर्दै नर्थ क्यारोलिनाको शार्लोट शहरमा ठूलो मात्रामा संघीय एजेण्टहरू परिचालन गरेको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले शनिबार “अपरेसन शार्लोट वेब” नामक कारबाही घोषणा गर्दै शहरमा गैरकानुनी आपराधिक आप्रवासीहरूलाई लक्ष्य बनाइने जनाएको हो।

शार्लोट डेमोक्र्याट नेतृत्वमा रहेको शहर हो । स्थानीय अधिकारीहरूले संयुक्त वक्तव्य जारी गर्दै उक्त अपरेसनले समुदायमा अनावश्यक डर र अनिश्चितता फैलाएको भन्दै कडा आपत्ति जनाएका छन्। मेयर ली वाइल्सले संघीय एजेण्टहरूको गतिविधिले सामान्य नागरिक त्रासमा परेको बताएका छन् ।

राष्ट्रपति ट्रम्प पदमा फर्किएपछि वासिङ्टन डीसी, लस एन्जेलस र शिकागोजस्ता शहरहरूमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिसकेका छन्। उनले इतिहासकै सबैभन्दा ठूलो डिपोर्टेसन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।

नर्थ क्यारोलिनाको शार्लोटमा गैरकानुनी आप्रवासनविरुद्धको अभियान, ठुलो मात्रामा संघीय एजेण्टहरू परिचालन

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी असिसटेन्ट सेक्रेटरी ट्रीसिया म्याक्लफलिनका अनुसार शार्लोटमा सार्वजनिक सुरक्षामा जोखिम पुर्‍याउने व्यक्तिहरूलाई हटाउन संघीय कानून कार्यान्वयन निकायहरूलाई व्यापक रूपमा परिचालन गरिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार बख्तरबन्द सवारीसाधन र विशेष अपरेसन टोलीसमेत परिचालनमा रहन सक्छन्।

पूर्वी शार्लोटको एक चर्चमा एजेण्टहरू देखिएपछि आँगन सरसफाइ गर्दै रहेका केही व्यक्तिहरू जंगलतिर भागेको र एक जनालाई पक्राउ गरिएको छ। एक १५ वर्षका प्रत्यक्षदर्शीले भने – “हामीले चर्च सुरक्षित हुने सोचेका थियौँ ।”

डिएचएसका अनुसार नर्थ क्यारोलिनाले इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (आइस)द्वारा पक्राउ गरिएका करिब १,४०० व्यक्तिलाई ‘सम्मान’ नगरेको अर्थात् स्याङ्क्चुरी नीतिका कारण उनीहरूलाई रिहा गरिएको दाबी गरिएको छ। शार्लोट स्याङ्क्चुरी सिटी नभए पनि ‘प्रमाणित स्वागतयोग्य शहर’ हो, जसले आप्रवासी समावेशीकरणलाई प्रोत्साहन गर्ने नीति अपनाएको छ।

“स्याङ्क्चुरीका नेताहरूले संरक्षण नदिँदा राष्ट्रपति ट्रम्प र होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएम अमेरिकनहरूलाई सुरक्षित राख्न अघि बढ्नेछन् ।” डिएचएसले जनाएको छ।

शार्लोट विविधतायुक्त शहर हो, जहाँ करिब १७ प्रतिशत बासिन्दा विदेशी भूमिमा जन्मिएका छन्। डिएचएसले कारबाही कति समयसम्म चल्ने भन्ने खुलाएको छैन। सेप्टेम्बरमा सुरु भएको शिकागोको कारबाही अहिले पनि जारी छ।

यसैबीच, डेमोक्र्याट सांसद आल्मा एडम्सले यस्तो अपरेसन नर्थ क्यारोलिनामा ल्याइएकोबारे आफू अत्यन्तै चिन्तित रहेको बताएकी छन्। रिपोर्टका अनुसार अब ट्रम्प प्रशासनको अर्को लक्ष्य न्यू अर्लिन्स हुने सम्भावना छ, जहाँ करिब २०० एजेण्ट पठाइनेछ।

शिकागो र लस एन्जेलसजस्ता शहरहरूमा भएका अघिल्ला कारबाहीहरू अत्यधिक बल प्रयोग र आक्रामक व्यवहारका कारण आलोचनामा परेका थिए।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment