गाजामा हमास बिरुद्ध पूर्ण स्तरको युद्ध सुरु गरेको इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले गाजा पट्टीमा हमासको विरुद्ध पूर्ण स्तरको युद्ध सुरु गरेको घोषणा गरेका छन ।

भिडियो वक्तव्यमा उनले वार्ता हवाई आक्रमणको क्रममा नै जारी रहनेछ बताउदै यो हमला केवल शुरुवात मात्रै हो भनेका छन ।

गाजामा हमास नियन्त्रित क्षेत्रमा निशाना बनाउँदै इजरायली हवाई आक्रमण भएपछि इजरायली प्रधानमन्त्रीको धारणा बाहिर आएको हो ।

गाजामा हमास बिरुद्ध पूर्ण स्तरको युद्ध सुरु गरेको इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा

गाजामा हमास बिरुद्ध पूर्ण स्तरको युद्ध सुरु गरेको इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा

गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणका कारण ४०० भन्दा बढी मानिसको ज्यान गएको छ । सयौं अन्य घाइते भएका छन् ।

यो आक्रमण जनवरी १९ मा सुरु भएको युद्धविराम समाप्त भएपछि भएको सबैभन्दा ठूलो हवाई आक्रमण हो ।

यो नयाँ आक्रमणले स्थायी युद्ध अन्त्यको योजनामा बाधा पुर्याउने संकेत दिएको छ ।

गाजा नगरका बेइट लाहिया, राफा, नुसेइरात र अल मावासीलाई पछिल्लो हमलाले ध्वस्त पारिदिएको छ । गाजाका वासिन्दाहरुलाई फेरी डर र तनावमा फर्काएको छ । त्यहाँका अस्पतालहरू फेरि घाइतेहरूले भरिएका छन् ।

मिश्रका विदेश मन्त्रालयका प्रवक्ता तामिम खलाफले हवाई आक्रमणहरूको आलोचना गर्दै यो युद्धविराम सम्झौतामा स्पष्ट उल्लङ्घन हो भनेका छन ।

गाजामा हमास बिरुद्ध पूर्ण स्तरको युद्ध सुरु गरेको इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा

उनले यसलाई खतरनाक उक्साहट भनेका छन । मिश्रले गाजा युद्धविरामको लागि मध्यस्तता गर्दै आएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले हमाससँग वार्ता गर्न खोजेको बताउदै गाजा जेलमा रहेका इजरायली बन्धकहरूलाई रिहा गर्न हमासले प्रस्ताव अस्वीकार गरेपछि युद्ध सुरु भएको बताए ।

Source link

Leave a Comment