राचेन गुम्बामा जमघट भएको दुई दिनपछिको साँझमा एड्रियन मेरो नजिकै आएर बसे । अनि सानो स्वरमा भने– “हामी भोलि चुम उपत्यकाको माथिल्लोपट्टिको चरनमा फिरन्ते चौंरी गोठाला टोलीको सिनेमा खिच्न जाँदै छौं ।
जर्जले दोभाषेको काम गर्ने भएकाले तिमी आउनुपर्दैन । त्यो पठार हिमपात हुनसक्ने र लेक लाग्ने क्षेत्रभित्र पर्छ । त्यसैले हाम्रो साबिकका भरिया कोही लैजाँदैनौं । उनीहरू र तिमीसित त्यो अग्लो चिसो उचाइमा आवश्यक बुट, मोजा, भित्री कपडा र न्यानो लुगा नभएकाले तिमी यहीं नै बस र भरिया तथा शिविरको रेखदेख गर ।”
“तिमीहरू कहिले फर्किन्छौ ?” मैले एड्रियनलाई सोधें ।
“दुई रात, बढीमा तीन रातपछि”, उनले जवाफ दिए ।
शिविर र भरियाहरूको हेरविचार गर्न एड्रियनले आग्रह गरेको प्रस्तावमा मैले कुनै समस्या देखिनँ । दिनका दिन क्रिस मेन्जिसको सिनेमा खिच्ने, सरसामान मिलाउने र थान्कोमान्को गर्ने एकोहोरो कामबाट म वाक्क भइसकेको थिएँ । यस प्रस्तावबाट मैले दैनिक कामकाजबाट एक–दुई दिन छुट्टी पाई छोकाङ गाउँ वरिपरिको रमणीय वातावरण आफ्नै सुरमा घुम्ने मौका पाउने भएँ भन्ने सोचें ।
भोलिपल्ट बिहान उज्यालो नहुँदै मलाई नउठाई जर्ज, एड्रियन र क्रिस शिविर छाडी राचेन गुम्बाभन्दा माथिल्लोपट्टि अवस्थित निले र चुल्ले बस्तीहरूतर्फ लागे । त्रिशूलीदेखि हामीसित आएका सबै भरियालाई मेरा साथ शिविरमै छाडी उनीहरूले तेन्दारले खटाएका खम्पा भरिया प्रयोग गरेका रहेछन् ।
चुल्ले पार गरेपछि उनीहरूले तीन–चार जना फिरन्ते चौंरी गोठाला टोली भेटे । वास्तवमा उनीहरू गोठाला नभई तेन्दारका गुप्तचर योद्धा रहेछन् । उनीहरूका साथै तीन जना अङ्ग्रेज उत्तरतिर उकालो लागे । अलि माथि पुगेपछि गोरेटोको छेउमा तेन्दार र एक दर्जन सशस्त्र छापामार लडाकु जर्ज, एड्रियन र क्रिसलाई कुरेर बसेका रहेछन् । त्यहाँ तेन्दारले तिब्बतभित्र आक्रमण गर्ने उनको रणनीतिबारे अङ्ग्रेजलाई विस्तृत योजना बताए ।
चुल्ले पार गरेपछि उनीहरूले तीन–चार जना फिरन्ते चौंरी गोठाला टोली भेटे । वास्तवमा उनीहरू गोठाला नभई तेन्दारका गुप्तचर योद्धा रहेछन् । अलि माथि पुगेपछि गोरेटोको छेउमा तेन्दार र एक दर्जन सशस्त्र छापामार लडाकु जर्ज, एड्रियन र क्रिसलाई कुरेर बसेका रहेछन् ।
केही दिन अघिदेखि नै तेन्दारका जासुसले सिमानापारि चिनियाँका गतिविधिबारे विस्तृत अध्ययन गर्दै आएका थिए । चिनियाँ सैन्य दललाई अचानक गुप्त रूपमा आक्रमण गर्नु उनीहरूको मुख्य उद्देश्य रहेछ । उनीहरूले आक्रमणका लागि लक्ष्य गरेको चिनियाँ टोली तिब्बतको राजधानी ल्हासालाई पश्चिमी चीनको झिङजियाङ प्रान्तको प्राचीन शहर कस्गरसँग जोड्न राजमार्ग निर्माण गर्ने चिनियाँ सैन्य दलको एउटा अंश थियो ।
खम्पाहरूले चिनियाँ टोलीमाथि आक्रमणका लागि निर्धारण गरेको घटनास्थल नेपाल–तिब्बत अन्तर्राष्ट्रिय सीमाबाट धेरै टाढा थिएन । यो स्थल केरुङबाट जोङ्गा जाने प्रस्तावित राजमार्गको एउटा एकान्त कुनाको मोडमा पथ्र्यो । राजमार्ग बनाउन खटिएका चिनियाँ सैन्यहरूले काममा जान–आउन प्रयोग गर्ने ट्रक यही बाटोबाट आवतजावत गर्थे, अर्को बाटोको विकल्प थिएन ।
चिनियाँ सैनिकमाथिको हमला योजना कार्यान्वयनको अन्तिम निर्णय तीन फरक परिस्थितिका आधारमा निर्भर हुनेछ भनी तेन्दारले अङ्ग्रेजलाई बुझाए । आक्रमण स्थलमा १० भन्दा अधिक ट्रकको लस्कर देखिए लडाकुभन्दा चिनियाँ सैनिकको जनशक्ति अधिक भएको मान्नुपर्नेछ । त्यस्तो अवस्थामा तेन्दारका लडाकुले चिनियाँमाथि गोली प्रहार गर्ने छैनन् । यसमा अङ्ग्रेजले कुनै प्रतिक्रिया नजनाएपछि तेन्दारले दोस्रो विकल्पबारे बताए ।
पाँचदेखि बढी र १० भन्दा कम चिनियाँ ट्रक गाडी देखिए चिनियाँलाई केही समयका लागि अलमल्याउन खम्पाहरूले फरक–फरक कोणबाट गोली चलाउनेछन् । त्यही मौका छोपी क्रिसले तीन–चार मिनेट दृश्य खिच्ने अवसर पाउनेछन् । दृश्य खिचेपछि आक्रमण कार्यक्रम परित्याग गरिनेछ । अनि अङ्ग्रेज आफू लुकेको स्थानबाट उनले खटाएको गाइडसित तुरून्तै नेपालको सिमानातर्फ भाग्नुपर्नेछ भनी तेन्दारले सबैलाई सचेत गराए ।
कसैले पनि दोस्रो विकल्पबारे टिप्पणी गरेनन् । तेन्दारले तेस्रो विकल्पको वर्णन गरे । आक्रमणस्थलमा चिनियाँका पाँचभन्दा कम ट्रक देखिए भने के गर्ने भन्नेबारे उनले बताए । तेस्रो विकल्पमा सबैभन्दा घातक तथा रक्तपातपूर्ण परिदृश्य वर्णित थियो । पाँचभन्दा कम गाडी देखिएको खण्डमा सबै ट्रकलाई ध्वस्त पार्ने र त्यसमा सवार सबै चिनियाँको हत्या गर्ने रणनीति थियो ।
सबै विकल्पमा मुख्य प्राथमिकता भने आफ्ना लडाकु र तीनै जना अङ्ग्रेजको जीउज्यानको सुरक्षा रहेको तेन्दारले प्रस्ट्याए । लडाकुको सुरक्षालाई प्राथमिकतामा राख्ने भएकाले आजसम्म कुनै छापामार युद्धमा उनले एउटा पनि योद्धा गुमाउनुपरेको थिएन । यसपल्ट पनि उनी कोही गुमाउन चाहँदैनथे ।
स्थिति निकै जोखिमपूर्ण भए वा आपत्कालीन परिस्थिति आए मिसन परित्याग गरी नेपालको सिमानातर्फ भाग्न लडाकुहरूलाई आफूले आदेश दिनेछु भनेर तेन्दारले अङ्ग्रेजलाई बताए । त्यस्तो अवस्थामा जर्ज, एड्रियन र क्रिस क्यामेरा र फिल्म सहित उनले खटाएका लडाकुका साथ नेपाल शासित क्षेत्रतर्फ भागिहाल्नुपर्नेछ भन्नेमा तेन्दारले जोड दिए ।
“यो अभियानको मुख्य उद्देश्य खम्पा छापामार योद्धाहरूले चिनियाँहरूमाथि हमला गरेको वृत्तचित्र सिनेमा खिच्नु रहनेछ । परिस्थितिले यो उद्देश्य पूरा हुने देखिएन भने चिनियाँहरूलाई गोली वर्षा गरी हमला गर्ने योजना रद्द गरिनेछ”, उनले प्रस्ट पारे ।
अङ्ग्रेजले तेन्दारको कुनै कुरा काटेनन् । काट्नुपर्ने तर्क पनि थिएन । त्यसपछि क्रिसले त्यही स्थलमा खम्पाहरूले चिनियाँहरूलाई आक्रमण गर्दा प्रयोग गरिने राइफल, मिसिन गन, ग्रिनेड र अन्य हतियार र छापामार योद्धाहरूको दृश्य खिचे । अनि त्यो रात उनीहरू सबै त्यहीं नै बास बसे ।
भोलिपल्ट सबै जना २० हजार फिट अग्लो खोजाङ भन्ज्याङ पुगे । त्यहाँ नेपाल–चीनको अन्तर्राष्ट्रिय सिमाना पार गरी अवैध रूपमा प्रवेश गरे ।
तिब्बतीहरूको परम्पराको प्रथालाई कदर गर्दै भन्ज्याङको दुईतिर खम्पाहरूले आफ्ना देवी–देवतालाई श्रद्धाञ्जलि दिन रङ्गीविरङ्गी कपडाको ध्वजापताकाका झन्डा गाडे । जर्ज प्याटरसनका लागि यो भावनात्मक क्षण थियो । तिब्बत छाडेको १४ वर्षपछि उनी पुनः तिब्बत प्रवेश गर्दै थिए ।
…चिनियाँ ट्रक गाडी देखिए चिनियाँलाई केही समयका लागि अलमल्याउन खम्पाहरूले फरक–फरक कोणबाट गोली चलाउनेछन् । त्यही मौका छोपी क्रिसले तीन–चार मिनेट दृश्य खिच्ने अवसर पाउनेछन् । दृश्य खिचेपछि आक्रमण कार्यक्रम परित्याग गरिनेछ । अनि अङ्ग्रेज आफू लुकेको स्थानबाट उनले खटाएको गाइडसित तुरून्तै नेपालको सिमानातर्फ भाग्नुपर्नेछ भनी तेन्दारले सबैलाई सचेत गराए ।
अन्धकार हुनेबित्तिकै उनीहरू भीरमाथि टुक्रुक्क उभिएको एउटा गुम्बामा पुगे । एक समयमा यो गुम्बा विभिन्न किसिमका थाङ्का र भगवान्का मूर्तिले सुसज्जित थियो । हाल भने ठाउँ–ठाउँमा तोडफोड गरिएको यो गुम्बा बिल्कुलै नाङ्गोभुतुङ्गो अवस्थाको भूतबङ्गला जस्तो देखिन्थ्यो । त्यहाँका प्राचीन तथा बहुमूल्य थाङ्का, मूर्ति, पुस्तक र अन्य सबै महत्वपूर्ण वस्तु चिनियाँले लुटिसकेका रहेछन् । आफ्नो पवित्र मन्दिरको अपमान भएको देखेर तेन्दार र उनको छापामार टोलीले तिब्बती भाषामा चिनियाँ कम्युनिस्टलाई सरापे ।
केही समयपछि उनीहरू गुम्बा छाडी पहाडको फेदीतर्फ झरिरहेका थिए । उज्यालो हुनुअगाडि नै चिनियाँमाथि आक्रमण गर्ने गुप्त स्थानमा पुग्नु तेन्दारको मुख्य लक्ष्य थियो । त्यो ठाउँ तिब्बती शहर केरुङबाट करिब १५ माइल मात्र टाढा पथ्र्यो । चिनियाँ सेनाको एउटा ठूलो पल्टन केरुङमा तैनाथ भएको तथ्य खम्पा लडाकुहरूबाट छिपेको थिएन ।
रातभरि बाङ्गोटिङ्गो र ठाडो भिरालो बाटो सतर्कतापूर्वक ओर्लिंदै उनीहरू उषाकालको पहिलो किरणमै आफ्नो गन्तव्यमा पुगे । रणनीतिक दृष्टिबाट छापामार आक्रमणका लागि तेन्दारका जासुसले छानेको केन्द्रविन्दु अत्यन्त महत्वपूर्ण स्थानमा थियो । एकातिर नदी र अर्कोतिर ठाडो भीरले च्यापेको एकान्त तथा साँघुरो कुनामा यो स्थान पथ्र्यो । ल्हासा–झिङजियाङ राजमार्ग बनाउन खटिएका चिनियाँ सैनिक कामदारले निर्माणस्थलमा जान–आउन त्यो साँघुरो कुना पार गर्नैपथ्र्यो ।
एड्रियन, जर्ज र क्रिसले आक्रमणको केन्द्रविन्दुबाट ठ्याक्कै माथिपट्टिको भीरमा तेन्दारले तोकिदिएको आ–आफ्नो लुक्ने स्थल ओगटे । छुट्टाछुट्टै भए तापनि तिनीहरू नजिकै थिए । उनीहरू तीनै जना ठूल्ठूला चट्टान पछाडि लुकेर बसे । केसाङ नामक एउटा सशस्त्र खम्पा लडाकु उनीहरू लुकेको ठाउँको पाँच–सात फिटमुनिको अर्को चट्टानपछाडि तैनाथ थिए । उनी अङ्ग्रेजको अङ्गरक्षक थिए ।
केही गरी आपत्कालीन वा अप्रत्यासित घटना उत्पत्ति भए ती तीनै विदेशीलाई तत्काल त्यहाँबाट भगाई नेपालको सिमानाभित्र सुरक्षित अवस्थामा पुर्याउने कामको जिम्मेदारी केसाङको थियो । तीनै जना अङ्ग्रेज र केसाङले आफू लुकेको स्थानबाट चिनियाँहरूलाई आक्रमण गर्ने स्थल र त्यसको चारैतिरको दृश्य स्पष्ट देख्न सक्थे ।
तेन्दारको निर्देशनमा खम्पा लडाकुहरू चिनियाँलाई आक्रमण गर्न विभिन्न रणनीतिक स्थानमा तैनाथ भए । उनीहरू लुकेको स्थान आक्रमण केन्द्रविन्दुबाट धेरै नजिक पथ्र्यो । त्यसकारण अङ्ग्रेज लुकेको ठाउँभन्दा उनीहरू बसेको ठाउँ खतरनाक थियो । चिनियाँभन्दा खम्पाहरूलाई हिमाली वातावरणबारे बढी अनुभव थियो । त्यसमाथि आफू लुकेको वातावरणमा मिल्ने खालका लुगा लगाई सही स्थान छानी शत्रुलाई फँसाउने युक्तिमा उनीहरू पोख्त थिए । त्यसैले उनीहरू हिमाली क्षेत्रका भीर, खोलानाला, चट्टान र झाडीमा सजिलैसित गायब हुन सक्थे ।
तेन्दार र उनका लडाकु स्वचालित राइफल, मेसिनगन र ग्रिनेड जस्ता घातक हातहतियारले सुसज्जित थिए । साथै तिनीहरू एकदम धैर्य भएका लडाकु थिए । आफूहरूले चाहेको विन्दुमा चिनियाँहरूलाई नआइपुग्दासम्म हलचल नगरी एकै स्थानमा घण्टौं ढुकेर बस्न खम्पा लडाकु काबिल थिए ।
एकै क्षणमा एक सट गोलीको आवाजले उपत्यकालाई थर्कायो । त्यो बन्दुकको आवाजबाट अङ्ग्रेजले सङ्ग्राम सुरू भएको सङ्केत पाए । सडकमाथिको चट्टानपछाडि लुकेको क्रिस मेन्जिसले क्यामेराको स्विच थिची सिनेमा खिच्न थाले । एक्कासि सबै ट्रक टक्क रोकिए । त्यसको फाइदा उठाई एउटा खम्पाले सबैभन्दा अघिल्लो ट्रक हाँक्ने ड्राइभरलाई गोली हाने र ठाउँको ठाउँमै मारिदिए ।
त्यस दिन साबिकको भन्दा धेरै लामो समयसम्म उनीहरूलाई कुर्नुपर्यो । बिहानभरि तिनीहरूले चौंरीगाई चराउँदै हिंडेका दुई जना गोठाला बाहेक केही देखेनन् । बल्लबल्ल दिउँसोको दुई बजेतिर तिनीहरूले ट्रक गाडीको आवाज सुने । आक्रमणका लागि छनोट गरिएको केन्द्रविन्दुको जति–जति नजिक आइपुगे, ट्रक गाडीको आवाज पनि ठूलो हुँदै गयो । सबैभन्दा अगाडि तैनाथ लडाकुले हात उठाई चार ओटा ट्रक मात्र देखेको सङ्केत गरे ।
एकैै क्षणमा एक सट गोलीको आवाजले उपत्यकालाई थर्कायो । त्यो बन्दूकको आवाजबाट अङ्ग्रेजले सङ्ग्राम सुरु भएको सङ्केत पाए । सडकमाथिको चट्टान पछाडि लुकेको क्रिस मेन्जिसले क्यामेराको स्विच थिची सिनेमा खिच्न थाले । एक्कासि सबै ट्रक टक्क रोकिए । त्यसको फाइदा उठाई एउटा खम्पाले सबैभन्दा अघिल्लो ट्रक हाँक्ने ड्राइभरलाई गोली हाने र ठाउँको ठाउँमै मारिदिए । अर्को खम्पाको गोलीले दोस्रो ट्रकका दुइटा पाङ्ग्रा पन्चर बनाइदियो ।
प्रत्येक ट्रक हुटले ढाकिएका थिए । यसकारण ट्रकभित्र कति जना चिनियाँ छन् भन्ने खम्पाहरूले अनुमान गर्न सकेका थिएनन् । दुवैतर्फबाट पाँच–सात राउन्ड गोली हानाहान भएपछि सङ्ग्राम एक्कासि विश्राम भयो । खम्पा र चिनियाँहरूको गोलाबारी किन थामियो ? भीरमाथि लुकी क्यामेराले खिचिरहेका क्रिस मेन्जिस एकैै क्षणका लागि अलमलिए । तैपनि उनी विश्वका केही युद्ध क्षेत्रमा अनुभवी छायाँकार भएकाले नहडबडाई आफ्नो क्यामेरा चलाउने काम जारी राखे ।
उनको अनुमानमा दुवै पक्ष आ–आफ्नो विपक्षीका सैन्य शक्तिबारे अनभिज्ञ थिए । त्यसकारण दुवैले आफ्नो शत्रुको अर्को चालबारे जोखी मात्र गोली बर्साउने काम पुनः प्रारम्भ गर्ने निर्णय गरेका होलान् भनी उनले सोचे । तर यो गतिरोध छिट्टै टुङ्गियो । पहिलो चाल तेन्दारको थियो ।
कुक्रुक्क परी घिस्रिएर उनी पहिलो ट्रकमा पुगे । उनी पुगेका मात्र थिए, ट्रकभित्र भुइँमा लुकेका एउटा चिनियाँ सिपाहीले आफ्नो शिर ठाडो पारी बाहिर चियाए । यस अनुभवहीन सिपाहीभन्दा तेन्दार धेरै छरिता थिए । कुनै हिचकिचाहट विना उनले गोली हानी ती युवा सिपाहीलाई ट्रकभित्रै मारिदिए ।
भीरमाथिबाट तल चलिरहेको घातक रमिता हेरिरहेका एड्रियन कावेल र जर्ज प्याटरसन एक्कासि त्रासले आत्तिन थाले । दोस्रो ट्रकबाट दुइटा सशस्त्र चिनियाँ सैन्य लुसुक्क निस्किएर त्यही ट्रकमुनि छिरेको उनीहरूले प्रस्ट देखे । ती दुवै सिपाही तेन्दारको दृष्टिपातबाट लुकेका छन् भन्ने उनीहरूले ठाने । यी दुईमध्ये एक जनाले त अवश्य पनि तेन्दारलाई ट्रकमुनिबाट गोली हानी मारिदिनेछन् भन्ने ठानी अङ्ग्रेज आतङ्कित भए ।
तर उनीहरू तेन्दारको प्रतिभाको मूल्याङ्कन गर्न असमर्थ थिए भन्ने तथ्य एकैछिनमा सावित भयो । तेन्दारले एउटा ग्रेनेड फ्याँकी उनीहरू लुकेको ट्रकलाई पड्काइदिए । ग्रेनेडको विस्फोटले ट्रकमुनि लुकेका दुवै चिनियाँ सिपाहीलाई मार्न त सकेन । तर ट्रकमुनिबाट खुला ठाउँमा निस्किन बाध्य तुल्यायो । ती दुइटै जवान पछाडिपट्टिबाट फुत्किएर तेस्रो ट्रकतिर भाग्न थाले । तर उनीहरू त्यहाँ पुग्न सकेनन् । तेन्दारका सहायक असाङले गोली हानी दुवैलाई मारे । तेन्दार र असाङलाई साथ दिंदै अर्को खम्पा छापामार फुन्तसोकले आफ्नो मेसिनगन बररर पड्काई तेस्रो ट्रकमा गोली बर्साए । केही चिनियाँ ट्रकबाट उम्किएर उपत्यकाको बेंसीमा ठूल्ठूला चट्टानहरूको पछाडि लुकी तैनाथ भए ।
दोस्रो ट्रकबाट दुइटा सशस्त्र चिनियाँ सैन्य लुसुक्क निस्किएर त्यही ट्रकमुनि छिरेको उनीहरूले प्रस्ट देखे । ती दुवै सिपाही तेन्दारको दृष्टिपातबाट लुकेका छन् भन्ने उनीहरूले ठाने । यी दुईमध्ये एक जनाले त अवश्य पनि तेन्दारलाई ट्रकमुनिबाट गोली हानी मारिदिनेछन् भन्ने ठानी अङ्ग्रेज आतङ्कित भए । तर उनीहरू तेन्दारको प्रतिभाको मूल्याङ्कन गर्न असमर्थ थिए भन्ने तथ्य एकैछिनमा सावित भयो ।
अव्यवस्थित जस्तो देखिए पनि चिनियाँहरूले रक्षापङ्क्ति पुनः सङ्गठित गर्न थाले जस्तो देखियो । तैपनि तेन्दार वा उनका कुनै छापामारलाई चिनियाँहरूले ढाल्न सकेनन् । विश्वभरका दिग्गज छापामार लडाकुले परम्परादेखि प्रयोग गर्दै आएको रणनीति तेन्दारले कार्यान्वयन गरेका थिए । त्यो रणनीतिको मुख्य सिद्धान्त थियो— दुस्मनले चिताउँदै नचिताएको स्थान र समयमा अप्रत्याशित रूपमा आक्रमण गर्ने अनि शत्रुहरूलाई आतङ्कित गरी यत्रतत्र भाग्न बाध्य तुल्याउने ।
तीन–चार जना चिनियाँ सिपाहीले आफू लुकेको स्थलबाट आधा शरीर बाहिर निकाली तेन्दार, असाङ र फुन्तसोक लुकेको स्थानतिर बन्दूक ताकेका मात्र के थिए, खम्पा लडाकुहरूले ती सबैलाई गोली हानी मारिदिए । त्यसको प्रत्युत्तरमा तेस्रो ट्रक आसपास लुकेका चिनियाँले केही राउन्ड गोली बर्साए । त्यो जथाभावी चलाइए तापनि त्यो गोलाबारीले खम्पाहरूको ध्यानाकर्षण गर्यो । र उनीहरूले पनि चिनियाँहरूतर्फ गोली प्रहार गरे ।
गोली हानाहानको अस्तव्यस्तताको फाइदा उठाई एउटा राइफलधारी चिनियाँ सैनिक एड्रियन, जर्ज र क्रिस लुकिबसेको भीरतिर तीव्र गतिले दौडिए । अनि क्रिसले सिनेमा खिचिरहेको चट्टानमुनि बिलाए । अङ्ग्रेजको सुरक्षा गर्न खटिएका केसाङले ती चिनियाँलाई झलक्क देखेका रहेछन् । उनले ती चिनियाँ लुकेको स्थानतिर आफ्नो बन्दुक तेस्र्याई एक राउन्ड गोली चलाए । त्यो बन्दुकको आवाज सुन्नेबित्तिकै केसाङ लुकेको स्थानतिर आँखा गाडी तेन्दारले हात हल्लाई सङ्केत गरे । त्यो सङ्केतबाट केसाङले आफ्नो हाकिमको आदेश स्पष्ट रूपमा बुझे ।
“तपाईंहरू क्यामेरा र सबै सरसामान बोकी मसँग नेपालशासित क्षेत्रतिर तुरून्तै भाग्नू भन्ने तेन्दारको आदेश छ”, हडबडाउँदै केसाङले प्याटरसनलाई आग्रह गरे ।
छापामार लडाइँको क्षेत्रमा अङ्ग्रेजका जीउ–ज्यानको सुरक्षा सम्बन्धी विषयमा जोखिमपूर्ण घटना हुन नदिनु तेन्दारको प्राथमिकतामा पथ्र्यो । त्यससँगै क्रिसले सिनेमा खिचिरहेको चट्टानमुनि लुकिबसेका चिनियाँ सैनिकलाई खुला स्थानमा निस्किन बाध्य तुल्याई उनलाई समाप्त पार्नु थियो ।
एकैै क्षणपछि केही खम्पाले क्रिसको चट्टानमुनि चिनियाँ सैनिक जवान हराएको स्थानको चारैतिर गोली बर्साए । गोलाबारी खप्न नसकी ती चिनियाँ नजिकैको एउटा खोचभित्र भाग्न खोजे । तर उनी त्यहाँ पुग्न सकेनन् । एउटा तारो हान्न सिपालु खम्पा योद्धाले उनलाई गोली हानी ढाले ।
उपत्यकाको यस स्थानमा खम्पा छापामारका राइफल, मेसिनगन र ग्रिनेडले चिनियाँहरूलाई आलसतालस गराए । यो उबडखाबड दुर्गम इलाकामा छापामार युद्धबारेको ज्ञान तथा क्षमतामा तिब्बती खम्पाको तुलनामा चिनियाँ सैनिक पर्याप्त मात्रामा प्रशिक्षित देखिएनन् । त्यसमाथि चीनका समतल प्रान्तमा हुर्केका यी युवा सिपाही उच्च हिमाली भूभागको भौगोलिक विशेषताबारे अनुभवहीन भएको हुनुपर्छ ।
अपरिचित स्थलमा अकस्मात् घातक हमला गरी खम्पाहरूले चिनियाँहरूको चेन अफ कमान्ड अलमलमा परेको देखेछन् । अचानक ग्याबो नामक खम्पा योद्धाले आफू लुकेको स्थानबाट निक्लेर एउटा चिनियाँ सिपाही केरुङतिर बेतोडले दौडेको देखेछन् । ती चिनियाँले पिठ्युँमा झोला भिरेका थिए । ग्याबो अति नै अनुभवी र छापामार युद्धकलामा निपुण थिए । चिनियाँ सिपाहीको झोलामा वायरलेस रेडियो भएको ग्याबोले शङ्का गरे ।
केरुङको ब्यारेकसँग सम्पर्क गर्न खुला तथा सुरक्षित स्थानतिर ती चिनियाँ भाग्दै छन् भन्ने उनले अनुमान गरे । त्यसैले यथाशीघ्र तिनको हत्या आवश्यक भएको निष्कर्षमा ग्याबो पुगे । र ग्याबो चिनियाँ सिपाहीलाई लखेट्न पछि लागे । उनीभन्दा पर सडकको घुम्तीमा उभिएको चौथो ट्रकलाई उनले देखेका रहेनछन् । त्यो ट्रकको भित्र केही चिनियाँ सिपाही लुकेका रहेछन् । तीमध्ये केही सैनिकले ट्रकको पछाडिपट्टिबाट तल झर्दै ग्याबोतर्फ धमाधम गोली चलाउन थाले ।
चिनियाँहरूले पड्काएको बन्दुकको आवाज सुन्नेबित्तिकै ग्याबो फरक्क फर्की भीरमुनिको एउटा साँघुरो खोंचभित्र ढलमलाउँदै बिलाए । उनलाई गोली लागिसकेको थियो । भीरमाथि लुकेका तेन्दारले ग्याबो खोंचभित्र ढलमलाउँदै भागेको देखे । उनको मनमा चिसो पस्यो ।
चारैतिर आँखा घुमाई तेन्दारले असाङलाई तीव्र गतिले युद्ध परिचालन जिम्मेवारी सुम्पिएर आफू ग्याबोलाई खोज्न जाने मौका छोप्न खोजे । असाङको निर्देशनमा खम्पा योद्धाहरूले चिनियाँहरूमाथि आक्रमण चर्काए । ग्रिनेड प्रहार तथा मेसिनगन र राइफलका गोली बर्साइ उनीहरूले धेरैजसो चिनियाँहरूलाई खुला ठाउँमा देखापर्न बाध्य पारे । अनि एक–एक गरी शत्रुहरूलाई क्रमिक रूपमा मार्न थाले ।
सबैको ध्यान लडाइँमा केन्द्रित भएको फाइदा उठाई ग्याबो विलाएको खोचतिर तेन्दार एक्लै लुसुक्क छिरे । त्यहाँ भुइँमा ग्याबोको रगतले भिजेको अचल शरीर तेन्दारले खोंचभित्र तुरून्तै फेला पारे । तेन्दार स्तब्ध भए । उनले त्यो नाडी छामे र छातीमाथि कान थापी मुटुको धड्कन सुन्न प्रयास गरे ।
दुर्भाग्यवश चिनियाँहरूको गोलीले ग्याबो परलोक गइसकेका थिए । आफ्नो पुरानो तथा सक्षम मित्रलाई यस स्थितिमा देखी तेन्दार अति विचलित र दुःखी भए । चिनियाँहरूको गोलीबाट अब अरू कुनै खम्पा लडाकुले ज्यान गुमाउनु नपरोस् भन्ने तेन्दारले सोचे । यो अब उनको मुख्य कर्तव्य र उद्देश्य हुन गयो । हृदयभित्र उम्लिएको अमिलो भावना बोक्दै उनी असाङलाई सङ्केत गर्न खोंचबाट डिलतिर गए ।
त्यति बेलासम्म असाङको नेतृत्वमा छापामारहरूले चिनियाँहरूलाई तितरबितर पारिसकेका थिए । गोली हानाहान धेरै शान्त भइसकेकाले असाङ तेन्दारलाई खोज्न खोंचतिर आउँदै थिए । दुवैको भेट हुनेबित्तिकै तेन्दारले ग्याबो बारेको दर्दनाक खबर असाङलाई सुनाए । दुवै फेरि खोचभित्र गए । त्यहाँ केही मन्त्र जप्दै असाङले ग्याबोको घाँटीको माला झिकी आफ्नो खल्तीमा हाले ।
त्यो मालाको टुप्पामा बुद्ध भगवान्को सानो सुनौलो मूर्ति झुन्डिएको थियो । त्यो पवित्र माला ग्याबोकी श्रीमतीलाई दिन असाङ चाहन्थे । आफ्ना प्रिय मित्र तथा अनुभवी योद्धा ग्याबोले ज्यान गुमाउनुपरे तापनि तेन्दारले आफ्नो अत्यन्तै खतरनाक अभियान सफलतापूर्वक कार्यान्वयन गरी छाडे । तिब्बतभित्र चिनियाँ विरूद्ध खम्पा छापामार लडाकुको आक्रमणको सिनेमा खिच्ने सबै प्रबन्ध गर्नेछु भनी उनले बेलायती वृत्तचित्र फिल्म निर्मातालाई वाचा गरेका थिए । उनले आफ्नो प्रतिबद्धता पूरा गरे । तैपनि केही अप्रत्याशित तथा अप्रिय सम्भावनाको आभासले तेन्दारको मनलाई टोक्न थाल्यो ।
गोलाबारी जारी रह्यो भने आफ्ना थप सहकर्मीले ज्यान गुमाउनुपर्ला भन्ने उनको मुख्य चिन्ता थियो । नजिकैको केरुङ ब्यारेकबाट चिनियाँहरूले अझ बढी सैन्यशक्ति छिट्टै खटाएर उनीहरू सबैलाई नेपालतर्फ भाग्न रोक्लान् भन्ने अब तेन्दारको प्रमुख चिन्ता थियो । बाटो हराएर वा कुनै अप्रत्याशित घटनाका कारण जर्ज, एड्रियन र क्रिस चीनशासित क्षेत्रबाट नेपालशासित भूभागमा उम्किन नसकी चिनियाँहरूको कब्जामा पर्लान् भन्ने उनलाई ठूलो चिन्ता थियो ।
यी कारणबारे तेन्दारले असाङसँग छलफल गरे । आफ्नो भरोसायोग्य सहयोगी असाङको सरसल्लाहमा उनले चिनियाँहरूलाई आक्रमण गर्ने काम बन्द गर्ने अनि सबै खम्पा लडाकुहरूका साथ अङ्ग्रेजका पछि लागी लुसुक्क नेपालतर्फ तुरून्तै लाग्ने निर्णय गरे । त्यसलगत्तै लडाकुहरूले चिनियाँमाथिको हमला स्थगन गरे । केही बेरमा सबै लडाकु गुप्त रूपमा नेपालको सिमानातर्फको खोंचको गुप्त उकालोतिर लागे ।
जर्ज प्याटरसनले आफ्नो किताबमा उल्लेख गरेअनुसार खम्पाहरूले पहिलो गोली चलाएदेखि अन्त्यसम्मको लडाइँको अवधि केवल २० मिनेट मात्र थियो । तैपनि त्यो छोटो अवधिमा तिब्बती छापामारहरूले एक दर्जन चिनियाँलाई मारे । साथै दुइटा ट्रकको सम्पूर्ण इन्जिन र पाङ्ग्रा ग्रिनेडले उडाइदिए । अरू दुइटा ट्रकलाई खम्पा छापामारहरूले नचल्ने अवस्थामा पुर्याएका थिए ।
केही बेरमै तेन्दार, असाङ र उनीहरूको लडाकु टोलीले केसाङका साथ नेपालतर्फ भाग्दै लम्केका अङ्ग्रेजलाई भेटाए । अति नै ठाडो तथा डरलाग्दो भीर पार गरी बेलायती र खम्पा लडाकुले बल्लबल्ल चीन (तिब्बत) बाट नेपालको अन्तर्राष्ट्रिय सीमा पार गरे ।
लडाकुहरू सहित सुरक्षित अवस्थामा नेपाल फर्किन सफल भए तापनि तेन्दारको मनभित्रको पीडाले उनलाई सताउन छाडेन । आफ्ना साथी ग्याबोलाई गुमाउनुपरेकाले उनी ज्यादै अधीर र दुःखी देखिन्थे । ग्याबो एक विश्वसनीय मित्र तथा तिब्बती भूमिगत सेनाका एक प्रमुख योद्धा थिए । विदेशी शासनबाट आफ्नो मातृभूमिलाई स्वतन्त्र गर्ने कामको सिलसिलामा उनी रणक्षेत्रमै शहीद भएका थिए ।
खम्पाहरूले पहिलो गोली चलाएदेखि अन्त्यसम्मको लडाइँको अवधि केवल २० मिनेट मात्र थियो । तैपनि त्यो छोटो अवधिमा तिब्बती छापामारहरूले एक दर्जन चिनियाँलाई मारे ।
अङ्ग्रेजका साथ तेन्दार छोकाङ पुगेको भोलिपल्ट राचेन गुम्बामाथिको चुल्ले बस्तीमा तैनाथ एउटा गोप्य सूत्रले तेन्दारलाई पत्याउनै नसक्ने सन्देश पठायो । सायद तेन्दारले अति नै मान्ने राचेन गुम्बाका देवीदेवताका पवित्र वरदानका कारण होला, यो खबर अत्यन्त सुखद् थियो । यो खबर के थियो भने, तेन्दार र असाङले स्वर्गवास भइसकेको ठानी रणक्षेत्रमै छाडेका ग्याबो अकस्मात् चुल्ले बस्तीमा टुप्लुक्क आइपुगेछन् । तेन्दारको यो भरपर्दाे सूत्रका अनुसार सख्त घाइते भए तापनि ग्याबो जिउँदै रहेछन् ।
युद्ध क्षेत्रमा परलोक भइसकेको ठानेका यी लडाकु यमराजको अग्निरेखा पार गरी पुनः जीवित अवस्थामा धरतीमा फर्किएको सुन्दा तेन्दार चकित परे । तैपनि त्यस विषयमा लामो कुरा गर्दै नगरी उनी चुल्लेतिर हतार–हतार गर्दै रवाना भए । चुल्ले पुग्नेबित्तिकै ग्याबोलाई टपक्क टिपी सबै जना छोकाङको शिविर फर्किए । नराम्ररी घाइते भए तापनि ग्याबो पूर्णतया होसमै थिए ।
जर्ज प्याटरसन प्राथमिक उपचारमा तालिमप्राप्त व्यक्ति थिए । धैर्यपूर्वक उनले ग्याबोका जीउभरिका सबै घाउचोट एक–एक गरी जाँचे । सम्पूर्ण शरीर रक्ताम्मे भए तापनि कुनै गोली ग्याबोको जीउभित्र अड्केको देखिएन । गोली खाएपछि ठाउँको ठाउँ नमरी यति लामो समयसम्म उनी कसरी बाँचिरहे, जवाफ कसैसित थिएन । यसबाहेक त्यस्तो सख्त घाइते व्यक्ति २० हजार फिट अग्लो हिमाली भन्ज्याङ पार गरी कसरी चुल्ले पुग्न सके भन्ने जवाफ पनि कसैसँग थिएन । यो रहस्य त परमेश्वरले मात्र जानेका होलान् । यस्ता चमत्कार बुझ्न सक्ने शक्ति हामी जस्तो मानव जातिको क्षमताभित्र बिल्कुल थिएन ।
मैले ग्याबोलाई छोकाङमा देखेको यो पहिलो पटक थियो । “यो व्यक्तिलाई एउटा अनियन्त्रित याकले एक्कासि आक्रमण गरी घाइते बनाएको रहेछ” क्रिसले मेरो जिज्ञासा शान्त बनाए, “उनका घाउ खतरनाक देखिए तापनि ती चोट घातक छैनन् । जर्जले घाउहरूको उपचार गरेपछि उनी दुईतीन दिनमै निको भई आफ्नो गाउँ फर्किनेछन् ।”
अल्लारे केटो मलाई गोलीको घाउ र याकले हानेर बनाएको घाउबीचको भेदबारे कुनै ज्ञान थिएन । त्यसैले क्रिसका कुरामा अविश्वास गर्ने कुरै थिएन ।
म छेउमा उभिएर जर्ज प्याटरसनले ग्याबोको उपचार गरेको हेर्न थालें । सावधानीपूर्वक उनले ग्याबोका सबै घाउ डिटोल र तातोपानीले सफा गर्न थाले । त्यसपछि ती घाउलाई जीवाणु सङ्क्रमण रोक्ने एन्टिबायोटिक क्रिम प्रयोग गरी मल्हमपट्टी लगाइदिए । अनि निद्रा लाग्ने औषधिका दुई चक्की ग्याबोलाई खुवाए । कहिले कुनै कडा पश्चिमी औषधि प्रयोग नगरेका ग्याबोलाई जर्जको औषधिले जादुयी प्रभाव पार्यो । उनी रातभरि मस्त निदाए र भोलिपल्टदेखि नै ठट्टा गरी सबैलाई हँसाउन थाले । सबैलाई चकित पार्दै उनी एक सातामा तङ्ग्रिंदै गए ।
त्यति बेलासम्म क्रिस मेन्जिसले खिचेका सिनेमाका रोल गोप्य तरिकाले काठमाडौं पठाउने तरखरमा एड्रियन थिए भन्ने तथ्यबारे अनभिज्ञ थिएँ । आफ्नो पालभित्र लुकी उनले प्रत्येक रोलको नाम र नम्बर दिएर विषयसूचीको तालिका बनाए । अनि हरेक रोललाई हलुका आल्मुनियमको हावापानी नपस्ने बट्टामा प्याक गरी प्लास्टिकको थैलोमा पोको पारे । काठमाडौं फर्किंदा कुनै सरकारी अधिकारीले बाटोमा हस्तक्षेप गरी उनीहरूले खिचेका बहुमूल्य सिनेमाका रोल जफत गर्लान् भनी एड्रियन अत्यन्तै होसियार भएका रहेछन् ।
खम्पाहरूको सहयोगमा जर्जले एउटा नयाँ भरिया भर्ना गरे । भरिया बराबर काठमाडौं जाने–आउने अनुभवी व्यक्ति थिए । एड्रियनले आफूले प्याक गरेका पोका जुटको बोरामा हाली ती भरियालाई सुम्पिदिए । आफ्ना लुगाफाटो सहित ती भरियाले बोरालाई आफ्नो डोकोभित्र कसे र काठमाडौंतर्फ प्रस्थान गरे । त्यहाँ पुग्नेबित्तिकै उनी सीधै इम्पेरियल होटल पुगे । अनि त्यस होटलका महाप्रबन्धकलाई जर्जले लेखेको चिठीका साथ आफूले चोकाङदेखि बोकी ल्याएको डोको हस्तान्तरण गरिदिए । होटलका महाप्रबन्धकले चिठी पढे र जर्जको चिठी अनुसार त्यो डोकोलाई होटलको स्टोरमा जस्ताको त्यस्तै थन्क्याए । अनि उदारता सहित भरियालाई राम्रो नगद बक्सिस् दिई बिदा गरे ।
भरिया काठमाडौं गएपछि अङ्ग्रेजले चुम उपत्यकामा केही दिन बिताउने निर्णय गरे । त्यहाँको स्थानीय जीवनशैली, चाडबाड र प्राकृतिक वातावरणबारे सिनेमा बनाउने काम पुनः सुरु गरियो । क्रिसलाई सिनेमा खिच्न सहयोग गर्ने काममा म व्यस्त भएँ ।
इम्पेरियल होटल काठमाडौंका महाप्रबन्धकलाई डोको हस्तान्तरण गरी भरिया चुम फर्किएको दुई दिनपछि हामी सबै गुन्टा कसी काठमाडौंतर्फ हिंड्यौं । त्यति बेलासम्म तिब्बतभित्र खम्पा छापामारहरूको घातक आक्रमणबारे समेत त्रिशूली बजारदेखि आएका हाम्रा कुनै तिब्बती भरियाले पनि पत्तो पाएका थिएनन् ।
“हामीलाई त्रिशूली बजारमा १० दिनभित्र पुर्यायौ भने प्रत्येक भरियालाई थप १० दिनकै ज्याला बोनसका रूपमा दिनेछु”, छोकाङ छाड्नुअघिको साँझ एड्रियनले घोषणा गरे । त्यसमाथि सेतीबास चौकी छली अर्को नयाँ तथा छोटो बाटोबाट लगे त्यो बोनसमाथिको टिप्स मोटो रकम हुनेछ भन्दै उनले भरियाहरूलाई आश्वासन दिएर लोभ्याए । एड्रियनको प्रस्ताव सबै भरियाले खुसी भई स्वीकार गरे ।
उनीहरूलाई मनाउने काम सजिलो थियो । तर छोकाङबाट त्रिशूली पुग्ने पैदलयात्रा भने हामीले चिताएभन्दा धेरै गुणा चुनौतीपूर्ण सावित भयो । दक्षिण एशियाको शक्तिशाली मनसुनी वर्षाले नेपालको मध्य हिमाली क्षेत्रभित्र प्रवेश गरिसकेकाले हामी हिंडेको गोरेटो बाटोको ठाडो उकालो–ओरालो, हिलाम्मे, चिप्लो र ठाउँ–ठाउँमा पहिरो गई सातो उडाउने खालको थियो । हामीले पार गर्नुपर्ने खोलानाला र नदीमा डरलाग्दो बाढी आएको थियो । त्यसमाथि जुकाले बाटोभरि रगत चुसेर हैरान पार्यो । यद्यपि हामीले अनुमान गरेको समयभन्दा तीन दिनअघि नै भरियाले हामीलाई त्रिशूली बजार पुर्याइछाडे । त्यहाँ जीप बन्दोबस्त गरी हामी २७ जून १९६४ मा काठमाडौं आइपुग्यौं ।
कुपन्डोलको निवासस्थान पुगी नुवाई–धुवाई गरी आमाले पकाएको मीठो दाल, भात र तरकारी खान म निकै उत्सुक थिएँ । त्यसमाथि सानो पालको भुइँमा सुत्दासुत्दा म वाक्क भइसकेको थिएँ । अङ्ग्रेजलाई इम्पेरियल होटलमा उतारी म घर गएँ । घर छाडी चुम उपत्यकातिर हिंडेको ४२ दिनको तीतोमीठो र कठिन पदयात्रापछि अब त काम फत्ते भयो भन्ने मेरो सोचाइ थियो । तर समयले अर्कै मोड लियो । उनको टोलीसँग अरू केही दिन बढी काम गर्न एड्रियनले मलाई आग्रह गरे । एड्रियन र क्रिससँग वीरगन्ज हुँदै कोलकाता जाने काममा तानिएँ ।
(यसै साता फाइन प्रिन्टले बजारमा ल्याएको हेमन्त मिश्रको संस्मरण पुस्तक ‘श्री ५ को सेवामा’कोअंश ।)