तिब्बतमा चिनियाँ सेनामाथि खम्पा विद्रोहीको घातक छापामार युद्ध
राचेन गुम्बामा जमघट भएको दुई दिनपछिको साँझमा एड्रियन मेरो नजिकै आएर बसे । अनि सानो स्वरमा भने– “हामी भोलि चुम उपत्यकाको माथिल्लोपट्टिको चरनमा फिरन्ते चौंरी गोठाला टोलीको सिनेमा खिच्न जाँदै छौं । जर्जले दोभाषेको काम गर्ने भएकाले तिमी आउनुपर्दैन । त्यो पठार हिमपात हुनसक्ने र लेक लाग्ने क्षेत्रभित्र पर्छ । …