टी-२० विश्‍वकपकेन्द्रित क्यानको वार्षिक क्यालेन्डर


नेपालको पुरूष र महिला सिनियर टोलीले यसै वर्ष टी-२० विश्वकप छनोट खेल्दै छ । त्यसका लागि पर्याप्त तयारी हुनेगरी अन्तर्राष्ट्रिय शृंखलाहरू समावेश गरिएको छ भने पुरूष विश्वकप लिग २ का लागि विदेशमा गएर तयारी गर्ने व्यवस्था गरिएको छ ।

२४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरमा नेपालको पुरूष तथा महिला सिनियर तथा उमेर समूहको टिमले खेल्ने खेलहरूसँगै घरेलु क्रिकेटका तालिकाहरू समावेश छन् ।

क्यालेन्डर अनुसार नेपालको पुरूष र महिला सिनियर क्रिकेट टोलीले यसै वर्ष टी-२० विश्वकप छनोट खेल्दैछ भने पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप लिग २ का महत्वपूर्ण शृंखला खेल्दै छ ।

तिनै प्रतियोगिताहरूलाई लक्षित गरी विभिन्न तयारी कार्यक्रम र सिरिजहरू समेटेर क्यालेन्डर तयार गरिएको छ । त्यसैगरी घरेलु प्रतियोगिताहरूसँगै उमेर समूहको टिम निर्माणका लागि पनि ग्रासरुटटदेखि नै तयारी गर्ने हेतुले विद्यालयस्तरीय प्रतियोगिताहरू समावेश छ ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले यस वर्ष पुरूष र महिला दुवै टोलीका लागि टी-२० विश्वकपमा छनोट हुनु मुख्य लक्ष्य भएको उल्लेख गरेका छन् । ‘हामी अब लिग २ का शृंखलाहरूबाट अंक हासिल गर्ने र विश्वकपमा छनोट हुनु मुख्य लक्ष्य हो’ उनले भने ।

यिनै प्रतियोगिताको तयारीका लागि सहयोग पुग्ने गरी सिनियर टोलीका लागि वर्षभरजस्तै शृंखलाहरू तय भएका छन् । त्यस्तै घरेलु क्रिकेटमा पनि केही नयाँ प्रतियोगिताहरू समावेश भएका छन् ।

टी-२० विश्वकपका लागि तयारी

नेपालको पुरुष र महिला क्रिकेट टोलीले यसैवर्ष केही महत्वपूर्ण प्रतियोगिताहरू खेल्दैछ । दुवै टोलीले सन् २०२६ मा हुने टी-२० विश्वकपको छनोट खेल्दै छन् । त्यसैलाई लक्षित गरी क्यानले तयारीस्वरूप विभिन्न शृंखलाहरू समावेश गरेको छ ।

पुरूष टोलीले आउँदो अप्रिल महिनामा हङकङ गएर चारदेशीय टी-२०आई शृंखला खेल्ने छ जहाँ हङकङ, नेपाल, कतार र नामिबिया सहभागी हुनेछन् । जुनमा स्कटल्याण्डसँग टी-२०आई शृंखला खेल्ने छ । जुलाईमा श्रीलंका गएर तयारी क्याम्पमा सहभागी हुनेछ ।

‘जुलाईमा नेपालमा वर्षाको समय भएकाले श्रीलंका गएर तयारीको प्लान गरेका हौं’ क्यान सचिव पारस खड्काले भने, ‘नेपालमा वर्षाले तयारीमा असर नगरोस् भनेर उक्त तयारी गरेका हौं।’

त्यस्तै अगस्टमा अस्ट्रेलियाको नर्थन टेरीटोरीमा गएर टप एन्ड टुर्नामेन्ट खेल्ने टिमहरूसँग खेल खेल्नेछ जहाँ बंगलादेश, पाकिस्तानका ए टिमसहित बिग ब्यास टिमको खेलाडीहरू पनि समावेश भएको टोलीहरू हुनेछन् ।

त्यस्तै लगत्तै सेप्टेम्बरमा पूर्ण मान्यता प्राप्त टिमसँग यूएईमा गएर टी-२०आई शृंखला पनि नेपालले खेल्ने छ । यो सबै खेलहरू अक्टोबरमा हुने आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागि फलदायी हुने क्यानको विश्वास छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभएर घरेलु क्रिकेटमा पनि क्यानले हरेक महिना कुनै न कुनै गतिविधि हुने गरी तालिका बनाएको छ । पुरूषतर्फ केही नयाँ प्रतियोगिता पनि थपिएको छ ।

त्यसैगरी महिला क्रिकेट टिमले पनि नजिकिँदै गरेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअघि लागि विभिन्न शृंखलाहरू खेल्ने तय छ ।

सन् २०२५ को सुरुवातमै घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग खेलेको नेपाल अहिले युगाण्डामा चारदेशीय शृंखला खेलिरहेको छ जहाँ युगाण्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् ।

टी-२० विश्‍वकपकेन्द्रित क्यानको वार्षिक क्यालेन्डर

लगत्तै महिला टोलीले भुटानमा गएर पनि टी-२०आई शृंखला खेल्नेछ । त्यसका लागि भुटान क्रिकेट टिमसँग समन्वय भइसकेको छ । त्यसपछि मे महिनामा टी-२० विश्वकप एसिया छनोट हुनेछ ।

जुनमा फेरि नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्नेछ भने सेप्टेम्बरमा मलेसियाको आयोजनामा यूएई र मलेसियासँग टी-२० शृंखला खेल्नेछ ।

त्यसपछि पनि लामो समय ग्याप नरहने हिसाबले अक्टोबरमा श्रीलंका भ्रमणका लागि प्रस्ताव गरिएको छ । श्रीलंकाबाट ग्रीन सिग्नल आउनेबित्तिकै नेपाली टोलीले गएर खेल्नेछ ।

डिसेम्बरमा फेरि नेपालको आयोजनामा पाँच देशीय क्रिकेट शृंखला हुनेछ जहाँ युगाण्डा, नामिबिया, यूएई र नेदरल्याण्ड्स नेपालमा आएर खेल्ने छन् ।

विश्वकप लिग २ 

नेपालले सन् २०२५ को आफ्नो पहिलो एकदिवसीय शृंखला आउँदो जुनमा स्कटल्याण्ड गएर खेल्दै छ । आईसीसी विश्वकप लिग टु को उक्त शृंखलामा स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्स खेल्ने छन् ।

त्यसअघि नेपाली टोलीले बेलायतमा गएर अभ्यास खेल खेल्ने तय छ । मे महिनाको १५ देखि ३० सम्म बेलायत गएर विभिन्न काउन्टी टिमहरूसँग खेल्नेछ । त्यसपछि जुनमा लिग २ को शृंखला छ ।

अक्टोबरमा टी-२० विश्वकप छनोटमा सहभागी भएपछि यूएईमा गएर अमेरिका र यूएईसँग लिग २ को अर्को शृंखला नेपालले खेल्नेछ । त्यस्तै डिसेम्बरमा ओमानसँग नेपालमै २ ओडिआई खेल्नेछ भने सोही बेला लिग २ अन्तर्गत नेपाल, ओमान र यूएईबीचको लिग २ शृंखला हुनेछ ।

यसरी हेर्दा नेपालको पुरूष र महिला दुवै सिनियर क्रिकेट टिमका लागि वर्ष २०२५ व्यस्त देखिन्छ । पुरूष क्रिकेट टिमको खेलहरू नियमित अन्तरालमा भइरहने भएपनि महिला क्रिकेटमा यसप्रकारको तालिका पहिलोपटक देखिएको हो ।

क्यान सचिव खड्काले पनि महिला क्रिकेट खेलाडीलाई वर्षभर खेल्न मिल्ने अवस्था सिर्जना गर्दा धेरै सहयोग पुग्ने बताउँछन्। ‘महिला क्रिकेटको खेलहरु धेरै नभइरहेका बेला हामीले अब वर्षभर केही न केही प्रतियोगिताहरूको आयोजना गर्दै मुख्य प्रतियोगिताको तयारी पनि हुन्छ भनेर योजना बनाएका छौं’ उनले भने ।

घरेलु प्रतियोगिता

अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभएर घरेलु क्रिकेटमा पनि क्यानले हरेक महिना कुनै न कुनै गतिविधि हुने गरी तालिका बनाएको छ । पुरूषतर्फ केही नयाँ प्रतियोगिता पनि थपिएको छ ।

गत जनवरीमा जय ट्रफी र फेब्रुअरीमा पीएम कप जिल्ला छनोट प्रतियोगिता भइसकेको अवस्थामा अब आइतबारदेखि पीएम कप राष्ट्रिय क्रिकेट सुरु हुँदैछ । यसपटक लुम्बिनी प्रदेशका ३ मैदानमा पीएम कप आयोजना हुँदैछ ।

टी-२० विश्‍वकपकेन्द्रित क्यानको वार्षिक क्यालेन्डर

अप्रिलमा नेशनल टी-२० च्याम्पियनसिप गर्ने तय छ । उक्त प्रतियोगिताले टी-२० का विभिन्न प्रतियोगिता खेल्नका लागि खेलाडी तयार गर्न मद्दत पुग्ने विश्वास क्यानको छ । त्यसबेला राष्ट्रिय टिमका खेलाडी देशबाहिर व्यस्त भएपनि अन्य राष्ट्रियस्तरका खेलाडीहरूलाई यो प्रतियोगिता फलदायी रहनेछ ।

मे महिनामा राष्ट्रिय खेलकुद हुने तय छ । त्यसको आधिकारिक मिति आएपछि राष्ट्रिय टोलीको खेलसँग जुधेमा दोस्रो रोजाइको टोली खेल्न मिल्नेबारे थाहा हुनेछ ।

मे र जुन महिनामा नेपाल ए को टोलीले पनि शृंखला खेल्नेछ । सेप्टेम्बरमा नेपाल ए को टोलीले भारत वा बंगलादेश गएर शृंखला खेल्नेछ । अक्टोबरमा विभिन्न प्रादेशिक प्रतियोगिताहरू हुने तय छ ।

नोभेम्बरमा नेपाल प्रिमियर लिगको दोस्रो संस्करण हुने तय छ भने यसअघि अगस्टमा मिनी अक्सन पनि हुनेछ । डिसेम्बरमा महानगरपालिका कप आयोजना गर्ने क्यानको योजना छ ।

महानगरपालिका कपमा ६ वटै महानगरको टिम बनाएर राष्ट्रिय खेलाडी नै समावेश हुने गरी प्रतियोगिता खेलाइनेछ । ‘क्यानले नै सेलेक्टरहरू बोलाएर टिम निर्माण गर्नेछ, सम्भवतः यो टी-२० फर्म्याटमै हुनेछ’ सचिव खड्काले भने ।

नेशनल टी-२० च्याम्पियनसिप र महानगरपालिका कप नयाँ प्रतियोगिता हुन् । यी प्रतियोगिताहरूबाट टी-२० मा खेलाडीहरूलाई अभ्यस्त बनाइराख्न मद्दत पुग्नेछ ।

महिलातर्फ पीएम कप भइसकेको छ भने मे महिनामा राष्ट्रिय खेल तथा अक्टोबरमा ५० ओभरको वुमन्स इलाइट कप हुनेछ । डिसेम्बरमा पोखरा वा भैरहवामा क्याम्प गरिनेछ ।

जिल्ला र प्रदेशस्तरबाट क्यालेन्डरमा उल्लेखितबाहेक अन्य प्रतियोगिताहरू आयोजना गर्ने भएमा क्यानसँगको समन्वयमा आयोजना हुनेगरी क्यालेन्डरमा समावेश गरिनेछ ।

उमेर समूह

सन् २०२६ मा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपको एसिया छनोट आउँदो अप्रिलमा नेपालमै आयोजना हुँदैछ । त्यसका लागि तयारीस्वरूप क्यान युथ कप जनवरीमा भइसकेको छ ।

अब अप्रिलमै अफगानिस्तानको यू-१९ टोली नेपालमा आएर युथ ओडिआई शृंखला खेल्दै छ । त्यसपछि विश्वकप एसिया छनोट प्रतियोगिता हुँदैछ ।

त्यसपछि सेप्टेम्बरमा पुरूष यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता राखिएको छ भने अक्टोबरमा यू-१९ एसीसी प्रिमियर कप हुँदैछ । त्यसपछि डिसेम्बरमा एसीसी यू-१९ एसिया कप हुँदैछ ।

महिलातर्फ जनवरीमा भएको यू-१९ विश्वकपमा नेपाल सहभागी भएर फर्किसकेको छ भने जुलाईमा यू-१९ महिला टोलीले मलेसियामा गएर खेल्ने तय छ ।

सेप्टेम्बरमा सातवटै प्रदेशमा विद्यालय तहको क्रिकेट प्रतियोगिता आयोजना गरी प्रतिभाहरूको खोजी गरिनेछ । डिसेम्बरमा गर्ल्स यू-१९ स्कूल च्याम्पियसिप हुनेछ ।

विद्यालय स्तरको प्रतियोगिता

पुरूष र महिलातर्फ उमेर समूहका विभिन्न प्रतियोगिताहरूका लागि क्यानले वार्षिक क्यालेन्डरमा विद्यालय तहदेखि नै प्रतियोगिताहरू समावेश गरेको छ ।

यू-१९ को टिम विकासका लागि पुरूष र महिला दुवैको यू-१६ स्कूल च्याम्पियनसिप आयोजना हुनेछ । अप्रिल र मे महिनामा जिल्ला तथा प्रदेश तहमा यू-१६ च्याम्पियनसिप हुनेछ भने सोहीबेला राष्ट्रिय च्याम्पियनसिप पनि हुनेछ ।

जुलाईमा एसीसी यू-१६ इस्ट जोन कप हुँदैछ जुन् प्रतियोगिता ३५ ओभरको हुनेछ । सेप्टेम्बरमा गर्ल्स यू-१६ स्कूल च्याम्पियनसिप हुनेछ ।

कोचिङ र अम्पायरिङ कोर्स

क्यानले कोच, क्युरेटर तथा अम्पायरिङ कोर्स सम्बन्धी गतिविधि पनि क्यालेन्डरमा समावेश गरेको छ । जुनमा क्यान लेभल १ कोचिङ तथा क्युरेटर कोर्स सातवटै प्रदेशमा आयोजना हुनेछ ।

त्यस्तै जुलाईमा क्यान लेभल १ अम्पायरिङ कोर्स तथा लेभल २ कोचिङ कोर्सको आयोजना हुनेछ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School