क्यानडाको टोरन्टोस्थित एक पबमा अन्धाधुन्ध गोली प्रहार, १२ जना घाइते



प्रकाशित मिति : फाल्गुन २४, २०८१ शनिबार

क्यानडाको टोरन्टो सहरको एक पबमा अन्धाधुन्ध गोली प्रहार हुँदा १२ जना घाइते भएका छन्।

उक्त घटना शनिबार पूर्वी टोरन्टोको स्कारबोरो सिटी सेन्टर नजिक भएको हो।

प्रहरीका अनुसार गोली लागेर छ जना गम्भीर घाइते भएका छन् । अन्य भने भाँचिएको सिसाका टुक्राहरूका कारण घाइते भएका छन्।

क्यानडाको टोरन्टोस्थित एक पबमा अन्धाधुन्ध गोली प्रहार, १२ जना घाइते

क्यानडाको टोरन्टोस्थित एक पबमा अन्धाधुन्ध गोली प्रहार, १२ जना घाइते

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

टोरन्टो प्रहरीले दिएको जानकारीअनुसार, तीन जना आक्रमणकारी पबभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए। प्रहरीका अनुसार उनीहरूसँग असल्ट राइफल र ह्यान्डगन थिए।

टोरन्टो प्रहरीका अनुसार आक्रमणकारीहरूको उद्देश्य के थियो भन्ने बारे अहिलेसम्म खुलासा भएको छैन। प्रहरी अहिले घटनाको अनुसन्धान गरिरहेको छ, तर हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन।

प्रहरीले गोली काण्डमा संलग्न आक्रमणकारीहरूको खोजी तीव्र पारेको जनाएको छ।





Source link

Leave a Comment