इजरायलको पछिल्लो युद्धविराम प्रस्ताव हमासद्वारा अस्वीकार



प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले प्रस्ताव गरेको पछिल्लो युद्धविराम प्रस्ताव औपचारिक रुपमा अस्वीकार गरेको छ ।

संगठनले उनीहरू सबै बाँकी बन्धकहरूलाई मुक्त गराउने र युद्ध समाप्त गर्ने तथा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई साटासाट गर्ने सम्झौताका लागि तत्काल वार्ताका लागि तयार रहेको बताएको छ ।

हमासका प्रमुख वार्ताकार खालिल अल हय्याले जारी गरेको भिडियो सन्देशमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको राजनीतिक स्वार्थका लागि बनेका आंशिक सम्झौता स्वीकार नगर्ने बताएका छन ।

इजरायलको पछिल्लो युद्धविराम प्रस्ताव हमासद्वारा अस्वीकार

इजरायलको पछिल्लो युद्धविराम प्रस्ताव हमासद्वारा अस्वीकार

हाल ५९ जना बन्धकहरू हमासको कब्जामा रहेका छन् । जस मध्ये २४ जनालाई जीवित रहेको अनुमान गरिएको छ । इजरायलले पछिल्लो प्रस्तावमा १० जना बन्धकको रिहाइको सट्टा ४५ दिनको युद्धविरामको प्रस्ताव राखेको थियो ।

इजरायलले अतिवादी वित्त मन्त्री बेजालेल स्मोटरिचले अब हमासमाथि नर्कका ढोका खोल्ने समय आएको बताएका छन । यसअघि नै हमासका अधिकारीहरूले युद्धविराम प्रस्ताव अस्वीकार गर्ने संकेत दिएका थिए ।

हय्याले नेतन्याहू र उनको सरकारले आंशिक सम्झौताहरूलाई आफ्नो राजनीतिक उद्देश्यको आवरणको रूपमा प्रयोग गरेको आरोप लगाए ।

उनको प्रस्ताव जनसंहार र भोकमरीको युद्धलाई जारी राख्ने योजनामा आधारित छ भन्दै यदि उनले त्यही चाहेका हुन भने त्यसको मूल्य सबै बन्धकहरूको बलिदान हुने चेतावनी दिएका छन ।

उनले सबै बन्धकहरूको साटासाट इजरायली जेलमा रहेका प्यालेस्टिनीहरूका साथ गर्न तयार छौं र युद्ध समाप्त गर्न पनि तयार छौं भनेका छन ।

इजरायलको पछिल्लो युद्धविराम प्रस्ताव हमासद्वारा अस्वीकार

हमासले यसअघि पनि युद्ध अन्त्य गर्न समग्र सम्झौताका लागि विचार गर्न सकिने बताएको थियो । तर हाल दुई पक्ष युद्ध अन्त्य गराउने कुनै सहमतिको नजिक देखिँदैनन् ।

इजरायलको घोषित लक्ष्य हमासको पूर्ण निरस्त्रीकरण र विनाश हो भनेको छ । गाजामा प्रत्येक दिन दर्जनौं मानिस हवाई आक्रमणमा मारिएका छन् । त्यहाँ मानवीय सहायता पूर्ण रूपमा रोकिएको छ ।

पछिल्लो आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । जसमा अधिकांश विस्थापित नागरिक रहेका हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायले बताएको छ ।

१२ प्रमुख अन्तर्राष्ट्रिय सहायता संस्थाहरूका प्रमुखहरूले गाजामा मानवीय सहायता प्रणाली “पूर्ण रूपमा ध्वस्त हुने संघारमा पुगेको” बताएका छन् ।

यो युद्ध ७ अक्टोबर २०२३ मा हमासले इजरायली बस्तीहरूमा आक्रमण गरेपछि सुरु भएको हो ।

हमासविरुद्धको इजरायली सैन्य अभियानमा अहिलेसम्म कम्तीमा ५१ हजार मानिस मारिएको गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School