आयोवामा पारिवारिक विवादका कारण अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु



प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार

आयोवामा पारिवारिक विवादका कारण अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

अमेरिकाको आयोवा राज्यको एउटा शहरमा पारिवारिक विवादका कारण भएको अन्धाधुन्ध गोली प्रहारमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। शङ्कास्पद बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरीको भनाइ छ।

मस्कटिनका दुईवटा घर र एउटा व्यवसायिक स्थलमा सोमबार यो “शृङ्खलाबद्ध हत्याकाण्ड” भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चार जना पीडितको एउटै घरमा हत्या गरिएको थियो।

मस्कटिन प्रहरी विभागका अनुसार सोमबार स्थानीय समय अनुसार दिउँसो करिब १२:१२ बजे गोली हानाहान भएको सूचना प्राप्त भएको थियो। घटनास्थलमा पुगेका उद्धारकर्मीहरूले चारै जनालाई मृत अवस्थामा फेला पारेका थिए।

प्रहरी पुग्नुअघि नै शङ्कास्पद व्यक्ति मस्कटिनका ५२ वर्षीय रायन विलिस म्याकफारल्यान्ड घरबाट फरार भइसकेका थिए। प्रहरीले उनलाई नजिकैको मिसिसिपी नदी किनारको एउटा गोरेटो बाटोमा फेला पारेको थियो।

अनुसन्धानका क्रममा अधिकारीहरूले अन्य सम्भावित पीडितहरू पनि हुनसक्ने सुइँको पाएका थिए। त्यसपछि खोजी गर्दा गोली लागेर मृत्यु भएका थप दुई पुरुषको शव फेला परेको अधिकारीहरूले बताए। जसमध्ये एक जना अर्को एउटा घरमा र अर्का व्यक्ति नजिकैको व्यवसायिक स्थलमा मृत फेला परेका थिए।

प्रारम्भिक अनुसन्धानले यो गोलीकाण्ड पारिवारिक विवादका कारण भएको देखाएको मस्कटिन प्रहरी विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। सबै पीडितहरू मृत शङ्कास्पद व्यक्तिका परिवारका सदस्यहरू नै रहेको विश्वास गरिएको छ।

प्रहरीले हालसम्म मृतकहरूको नाम वा उमेर सार्वजनिक गरेको छैन। प्रहरी प्रमुखले शङ्कास्पद व्यक्तिको आपराधिक पृष्ठभूमि रहेको बताए पनि यसबारे विस्तृत विवरण दिन अस्वीकार गरेका छन्। हाल समुदायमा कुनै थप खतरा नरहेको किसले स्पष्ट पारेका छन्।





Source link

Leave a Comment