आफ्ना कर्मचारी र नागरिकलाई बहराइनस्थित अमेरिकी दूतावासको निर्देशन – ‘सुरक्षित बस्नू’



प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार

आफ्ना कर्मचारी र नागरिकलाई बहराइनस्थित अमेरिकी दूतावासको निर्देशन – ‘सुरक्षित बस्नू’

बहराइनस्थित अमेरिकी दूतावासले सुरक्षा सतर्कता बढाउँदै देशमा रहेका सबै अमेरिकी सरकारी कर्मचारी तथा अमेरिकी नागरिकहरूलाई “अर्को सूचना नआएसम्म” घरभित्रै सुरक्षित रहन निर्देशन दिएको छ। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै यस्तो चेतावनी जारी गरिएको दूतावासले जनाएको छ।

दूतावासद्वारा जारी सुरक्षा सन्देशमा भनिएको छ, “सम्भव भएसम्म सुरक्षित भवनभित्रै बस्नुहोस्, झ्याल तथा खुला स्थानबाट टाढा रहनुहोस्।” साथै, आपतकालीन अवस्थालाई ध्यानमा राख्दै आवश्यक खाद्यान्न, पिउने पानी, औषधि तथा अन्य दैनिक उपभोग्य सामग्री पर्याप्त मात्रामा संकलन गरेर राख्न पनि आग्रह गरिएको छ।

अमेरिकी दूतावासले आफ्नो नियमित कन्सुलर सेवाहरू पूर्ण रूपमा स्थगित गरेको जानकारी दिएको छ। यो सेवा गत महिनादेखि नै बन्द रहेको र हालसम्म पुनः सञ्चालनको कुनै निश्चित मिति घोषणा गरिएको छैन।

यसैबीच, दूतावासले यदि अमेरिकी नागरिकहरू मध्यपूर्व क्षेत्र छोड्न चाहन्छन् भने, अमेरिकी सरकार उपलब्ध प्रस्थान विकल्पहरूको बारेमा नवीनतम जानकारी उपलब्ध गराएर सहयोग गर्न तयार रहेको जनाएको छ। साथै, राष्ट्रपति ट्रम्प, विदेश मन्त्री रुबियो तथा विदेश मन्त्रालयका लागि अमेरिकी नागरिकहरूको सुरक्षा र संरक्षणभन्दा माथि कुनै पनि प्राथमिकता नभएको दूतावासले स्पष्ट पारेको छ । 





Source link

Leave a Comment