ह्वाइट हाउसले भन्यो – ‘इरानबारे आगामी कदम र रणनीति राष्ट्रपति ट्रम्पलाई मात्र थाहा छ’



प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार

ह्वाइट हाउसले भन्यो – ‘इरानबारे आगामी कदम र रणनीति राष्ट्रपति ट्रम्पलाई मात्र थाहा छ’

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिट

ह्वाइट हाउसले इरानबारेका आगामी कदम र रणनीति के हुने भन्ने विषयमा स्पष्ट जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंलाई मात्र थाहा भएको स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई दिएको चेतावनी पछि ह्वाइट हाउसको यस्तो प्रतिक्रिया आएको हो । 

ट्रम्पले इरानले मंगलबार साँझसम्म सम्झौता नगरे ‘पूरै सभ्यता नै नष्ट हुन सक्छ’ भन्दै गम्भीर चेतावनी दिएका थिए । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले एएफपीसँगको कुराकानीमा भनिन्, “इरानी शासनसँग पूर्वी समय अनुसार बेलुका ८ बजेसम्मको समय दिइएको छ। यो समयभित्र अमेरिकासँग सम्झौता गर्नुपर्नेछ।”

उनले यदि इरानले वार्ता नगरे वा ढिलाइ गरे त्यसको परिणाम गम्भीर हुन सक्ने थप स्पष्ट पारिन् । यद्यपि, अमेरिकाले कस्तो प्रकारको कदम चाल्ने भन्नेबारे खुलाइएको छैन।

पत्रकारहरूले ट्रम्प परमाणु हतियार प्रयोग गर्न तयार छन् कि छैनन् भन्ने प्रश्न गर्दा लेभिटले सिधै जवाफ दिइनन्। उनले भनिन्, “अहिले अवस्था कहाँ पुगेको छ र राष्ट्रपति के निर्णय लिन्छन् भन्ने कुरा उनलाई मात्र थाहा छ।”





Source link

Leave a Comment