‘नेपालबाट हामीले देखेको अमेरिका र यहाँ आएपछि देखेको अमेरिकामा धेरै फरक रहेछ म्याम। मलाई अमेरिकामा भएका नेपालीले पछाडिपट्टि अमेरिकाको राम्रो झण्डा राखी राम्रो फोटो खिचेर पठाएको देखेर छक्क लाग्यो। उनीहरूले कसरी त्यसो गर्न सकेका होलान् ? त्यो देखेर म जस्ता कति नेपाली युवा लोभिएर अमेरिका आउन चाहन्छन्, हण्डर खान बाध्य हुन्छन् भन्ने किन नबुझेका होलान् म्याम ? यहाँको वास्तविक अवस्था थाहा भएको भए त म यस्तो दुःख खेपेर किन आउँथे म्याम ?’
यो माथि उद्धृत वाक्यांश दुई हप्ताअघि मात्रै रुकुमबाट अमेरिका आइपुगेका २५ वर्षीय एक युवाले मलाई सुनाएका उनको व्यथा हो। रुकुम आउने/जाने क्रममा उनलाई मैले रुकुममै चिनेकी थिएँ। उनी रूकुमबाट अमेरिका हिँडे भन्ने सूचना पाएपश्चात् केही समयदेखि कहाँ पुगे होला भन्नेबारे बुझिरहेकी थिएँ। उनी मेरा मेसेन्जर मित्र पनि हुन्। त्यसैले कहिलेकाहीं उनको हालखबर मेसेन्जरबाटै बुझ्थेँ। तिम्रो खबर के छ भनी सोध्थेँ तर तिमी कहाँ पुग्यौ भनेर सोध्ने आँट भने गर्न सकेकी थिइनँ। उनलाई मेरो त्यस्तो किसिमको प्रश्नले नराम्रो लाग्न सक्ला भने सोच्थेँ। तर आज बिहानै उनीसँग कुरा गर्न पाउँदा भने एकप्रकारले बेचैन भएको मेरो मन ढुक्क भयो। जे/जसरी भए तापनि सुरक्षित र जीवितै अमेरिका छिर्न सफल भएछन् भन्ने लाग्यो।
हाम्रो समूहमा करिब तीन सय जना थियौँ। दुर्भाग्य त्यहाँ पनि समातियौँ। अनि हामीलाई तापास (मेक्सिकोको सहर) फिर्ता पठाइयो। त्यहाँ तीन महिनासम्म एउटा कोठामा बन्द गरेर राखियो। मैले तीन महिनासम्म आकाश देखिनँ। दिसापिसाब पनि त्यही कोठामा गर्नुपर्ने। उनीहरूले ल्याइदिएको खाना पनि त्यहीँ खानुपर्ने। यसरी नै बिताएँ त्यो कठिन तीन महिने बसाइ।
मलाई यस्तो लाग्नु स्वभाविकै पनि थियो। केही महिनादेखि तल्लो बाटो भनिने मेक्सिकन सिमानाबाट छिरेका नेपाली युवाहरूसँग भेटेर कुरा गर्दा प्रायः धेरैले बाटैमा ज्यान गुमाउँछन् भन्ने सुनेकी थिएँ। आफूले राम्रोसँग चिनेको एक युवा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गर्न प्रस्थान गरे भन्ने सुन्दा ‘प्रभु उसलाई केही नहोस् है’ भनी हरपल प्रार्थना गरिरहेकी थिएँ। सकुशल जीवितै अमेरिका प्रवेश गरेका र अहिले काम सिक्न थालेका उनैको मुखबाट सुन्दा मेरो खुसीको सीमा रहेन। तर उनको कथा र व्यथाले भने मलाई भित्रैबाट हल्लाएको छ। ६५ लाख रुपियाँ दलालको हातमा दिएको र बाटो खर्चसमेत गरी जम्मा ७२ लाख रुपियाँ खर्च गरेर १० महिनाको अन्तरालमा अमेरिका पुगेका नेपाली युवाले पाएको दुःख उनैले बयान गरेको सुन्दा मुटु फुट्ला जस्तो भयो। आँखा अझै ओभानो हुन सकेका छैनन्।
‘म्याम, नेपालमा बाख्रा बोक्ने सानो ट्रक हुन्छ नि, हो त्यस्तै ट्रकमा खाँदेर ल्याउँछ हामीलाई। दिसापिसाब पनि त्यहीँ गर्नुपर्ने हुन्छ। शरीर जीवित आइपुगे पनि म त्यस्तो अवस्थामा यात्रा गर्दा कैयौँ पटक मरेँ, अहिले मेरो आत्मा मरे जस्तो भएको छ। यात्रा तय गर्ने क्रममा कुनै एक ठाउँमा पुगेपछि समातियौँ भने फेरि अर्कै देश पठाइदिदोँरहेछ। डङ्करले फेरि सानो ट्रकमा खाँदेर हुन्छ कि गाडीको डिकीमा खाँदेर हुन्छ त्यसरी नै हिडाउँछ। हाम्रो समूहलाई तीनपटक त्यसगरी समात्यो।
यस्तो परिस्थितिसँग जुध्दै बसेका नेपाली युवा अहिले अमेरिकाका ठूला सहरमा धेरै भेटिन्छन्। तर सबै खुलेर आफ्ना कुरा भन्न चाहँदैनन्। यस्ता कुरा सबैलाई भन्दै हिँड्यो भने आफूलाई फर्काइदेलान् भन्ने डर उनीहरूमा छ। मैले यो दुई महिनाको अवधिमा करिब ३० जना भेटेँ। सबैको कुरा सुन्दा कहाली लाग्छ।
एकपटक बल्लबल्ल ग्वाटेमालाबाट मेक्सिको आइपुगेका थियौँ, सिमाना पुलिसले समात्यो। करिब १७ घण्टा थुनेर ग्वाटेमाला नै फर्काइदियो। त्यहाँबाट पनि अर्को बाटोबाट जाने भन्दै डङ्करले कोस्टारिका पुर्याइदियो । कोस्टारिका हुँदै हामीलाई पानामा लगियो। तर दुर्भाग्य, पानामाको बोर्डरमा हामी फेरि समातियौँ। दुई दिन थुनेर फेरि कोस्टारिका नै फर्काइदियो।
यात्राको क्रममा आफू प्रवेश गर्न लागेको देशमा समातियौँ भने जुन देशबाट प्रवेश गरेको त्यही देश फर्काइदिँदोरहेछ। हामी त मानिस नै हैनौँ जस्तो व्यवहार गर्ने। पशुलाई समेत माया गरेको देखिन्छ तर त्यति धेरै पैसा दिएर गएका हामीलाई अपराधीझैँ गर्ने। सास्ती त कति दिने कति ? बल्लबल्ल अनेक सास्ती खेपेर मेक्सिको आइपुग्यौँ। त्यहाँबाट प्लेनमा तिरुवाना (मेक्सिको–अमेरिका बोर्डर) पुर्याइयो। बल्लबल्ल प्लेनमा यात्रा गर्न पायौँ भन्ने लागेर खुसी भएका थियौं। प्लेनमा पनि अचम्म हुँदोरहेछ। प्लेन नै डङ्करले चार्टर गरेको हो कि जस्तो लाग्ने। हाम्रो समूहमा करिब तीन सय जना थियौँ। दुर्भाग्य त्यहाँ पनि समातियौँ। अनि हामीलाई तापास (मेक्सिकोको सहर) फिर्ता पठाइयो। त्यहाँ तीन महिनासम्म एउटा कोठामा बन्द गरेर राखियो। मैले तीन महिनासम्म आकाश देखिनँ। दिसापिसाब पनि त्यही कोठामा गर्नुपर्ने। उनीहरूले ल्याइदिएको खाना पनि त्यहीँ खानुपर्ने। यसरी नै बिताएँ त्यो कठिन तीन महिने बसाइ।
२५ वर्ष पनि नपुगेका हाम्रा युवा यति धेरै पैसा खर्च गरेर यो जोखिमपूर्ण बाटो हुँदै अमेरिका आउन किन चाहन्छन् ? यसका लागि को जिम्मेवार छ ? हामी औषत नेपालीका सन्तानलाई ५० लाखदेखि एक करोडसम्म अमेरिका आउनलाई ऋण दिने को हो ? र किन दिन्छन् ? यसको खोजी गर्ने कार्य अहिलेसम्म सरकारको प्राथमिकतामा किन पर्न सकिरहेको छैन ?
त्यसपछि फेरि हामीलाई गाडीको डिकीमा खाँदेर लगियो, त्यहाँ केही घण्टा राखियो। त्यहाँबाट १७–१८ घण्टा हिँडेर अत्यन्तै कठिन बाटो पार गर्दै क्यालिफोर्नियाको बोर्डर आइपुग्यौँ। बोर्डरमा तार लगाएको हुँदोरहेछ। त्यहीँबाट छिरेर अन्ततः अमेरिका प्रवेश गरियो। यहाँ छिरेपछि ठीकै छ। बोन्ड पनि मागेन, नत्र फेरि १० लाख चाहिन्थ्यो। अब वकिलका लागि खर्च त हुन्छ नै। हेरौँ कति माग्छन्। धन्न हामी त छिर्यौँ। हामीसँगै हिँडेको अर्को गाडीलाई मेक्सिको पुग्न एक घण्टा मात्रै बाँकी हुँदा समात्यो। उनीहरूलाई फेरि फर्काइदियो। त्यहाँ हाम्रा साथी छन्। कहिले पो आइपुग्ने हुन् म्याम तिनीहरू त। हामी भने धन्न बाँचेर यहाँ आइपुग्न सफल भयौँ। मोबाइल, पासपोर्ट बाटैमा सबै खोस्दारहेछन्। कसैसँग सम्पर्क गर्नै नसकिने। हाम्रो समूहमा हामी दुईजना मात्रै नेपाली थियौँ अरू सबै इन्डियन र अरू देशका थिए।’
उनले यो सबै कथा मसँग साझा गर्न भ्याए। उनको आँखामा आँसु भरिएको थियो। ‘म्याम तपाईँ जस्तो मानिसले त यहाँ अमेरिकाको सपना देखेर आउन चाहने म जस्ता युवालाई यस्तो दर्दनाक अवस्थाको सूचना र जानकारी पुर्याइदिनुपर्छ। यहाँ आउनु मेरो गलत निर्णय थियो भन्ने कुरा यहाँ आउँदा भोगेका पीडाहरूबाट मैले अहिले थाहा पाएको छु। यहाँ आउनका लागि गरेको त्यति धेरै खर्चले त नेपालमै केही गर्न सकिन्छ। आउन त आएँ नि, काम पाउन पनि गाह्रो छ भन्ने सुन्छु। भाषा जानिँदैन। आफूले खर्च गरेको पैसा कहिले तिरिसक्नु ? नेपालमा यो सब कुरा आफ्नो परिवारलाई बुझाउन पनि सकिँदैन। साहूले उनीहरूसँग पैसा फिर्ता माग्न थालिहाल्छ। कागज नबनुन्जेल आफू यहाँबाट नेपाल जान पनि सकिन्न। अब त जीवन नै भासिए जस्तो लाग्न थालेको छ।’
नेपाली अमेरिका आउन लागेको पनि लामो समय भइसकेको छ। तर माथि उल्लेख गरेझैँ गैरकानुनी तरिकाले तल्लो बाटो भनिने मेक्सिकोको बोर्डर प्रयोग गरेर आफ्नो ज्यान नै जोखिममा राखेर आउन लागेको भने धेरै भएको छैन।
यस्तो परिस्थितिसँग जुध्दै बसेका नेपाली युवा अहिले अमेरिकाका ठूला सहरमा धेरै भेटिन्छन्। तर सबै खुलेर आफ्ना कुरा भन्न चाहँदैनन्। यस्ता कुरा सबैलाई भन्दै हिँड्यो भने आफूलाई फर्काइदेलान् भन्ने डर उनीहरूमा छ। मैले यो दुई महिनाको अवधिमा करिब ३० जना भेटेँ। सबैको कुरा सुन्दा कहाली लाग्छ।
२५ वर्ष पनि नपुगेका हाम्रा युवा यति धेरै पैसा खर्च गरेर यो जोखिमपूर्ण बाटो हुँदै अमेरिका आउन किन चाहन्छन् ? यसका लागि को जिम्मेवार छ ? हामी औषत नेपालीका सन्तानलाई ५० लाखदेखि एक करोडसम्म अमेरिका आउनलाई ऋण दिने को हो ? र किन दिन्छन् ? यसको खोजी गर्ने कार्य अहिलेसम्म सरकारको प्राथमिकतामा किन पर्न सकिरहेको छैन ?
यस्ता यावत् अवस्था देख्दा मन भरिएर आउँछ। जुन देशका नेताले पैसा कमाउने उद्देश्यले आफ्ना देशका नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउन सक्छन्, त्यस्ता व्यक्तिको नाम, ठाउँ सार्वजनिक हुँदा पनि सत्ताका खातिर उनीहरूलाई अनुसन्धानको दायरामा समेत ल्याइँदैन। त्यो देशको नागरिकले सरकारमाथि उठाएका प्रश्नहरूको जवाफ खोज्नु आफैँलाई पीडा दिनु हो भन्ने लाग्छ। तर पनि अन्ततोगत्वा यस्तो स्थितिको अन्त्य गर्न सरकार नै जिम्मेवार बन्नुपर्छ। त्यसैले मैले आज यी प्रश्नको जवाफ दिन सरकारको ध्यानाकर्षण गर्न खोज्दैछु तर मैले मात्रै गरेर हुन्न। एक जिम्मेवार नागरिकको हैंसियतले आज हामी सबैले यो प्रश्नको जवाफ खोज्ने अनि यो समस्या सम्बोधनका लागि सरकारलाई जिम्मेवार बनाउने बेला आएको छ।
भनिन्छ, कुनै पनि देशमा सुरु भएको शान्ति निर्माण प्रक्रिया जनपक्षीय छ वा छैन भनी हेर्न शान्तिका लाभांशहरूमा कसको बढी पहुँच छ भन्ने स्थिति एक महत्त्वपूर्ण सूचकाङ्कका रूपमा रहन्छ। हाम्रो देशको शान्ति निर्माण प्रक्रियाबाट शान्तिका लाभांशहरू नेतृत्व वर्गमै सीमित छ भनी पुष्टि गर्ने आधार धेरै छन्।
स्थानागमन विकाससँग जोडिएको प्रक्रिया हो। विकास सँगसँगै मानिसले एउटा देशबाट अर्को देशमा आफ्नो जीवनस्तर सुधार्न, अर्को देश हेर्ने चाहना जस्ता विविध कारणले स्थानागमन गर्छ। नेपालीहरू पनि सुरुवातमा लाहुरेका रूपमा, पछि विद्यार्थीका रूपमा र काम गर्न जाने कामदारको रूपमा एक देशबाट अर्को देशमा जाने क्रम बढ्दो छ। नेपाली अमेरिका आउन लागेको पनि लामो समय भइसकेको छ। तर माथि उल्लेख गरेझैँ गैरकानुनी तरिकाले तल्लो बाटो भनिने मेक्सिकोको बोर्डर प्रयोग गरेर आफ्नो ज्यान नै जोखिममा राखेर आउन लागेको भने धेरै भएको छैन। फाट्टफुट्ट यो क्रम पहिले पनि देखिएको भए तापनि खासगरी रुकुम, दाङ, म्याग्दी, रोल्पा जस्ता माओवादी सशस्त्र द्वन्द्वबाट प्रभावित जिल्लाहरूबाट सन् २०१६/१७ देखि बढेको भन्ने जानकारहरूको भनाइ छ। यो क्रम बिस्तारै बढ्दै गएको देखिन्छ।
सन् २०१६/१७ तिर २५ वर्ष पुगेका मानिस भनेका २०४६ सालको आन्दोलनपछि जन्मेका मानिस हुन् भने अहिले २५ वर्ष पुगेका मानिस भनेका द्वन्द्वकालमा जन्मेका अनि २०६२/६३ को आन्दोलनपछि हुर्केका व्यक्ति हुन्।
लोकतन्त्र स्थापनापछि पनि आफ्नो समस्या समाधान नभएको देखेर आफैँ पनि सशस्त्र द्वन्द्वमा होमिएका वा सशस्त्र द्वन्द्वबाट प्रभावित व्यक्तिहरू, द्वन्द्वकालमा भोगेको पीडा अनि शान्ति निर्माण प्रक्रियामा देश प्रवेश गरेपछि आफ्नो जीवन राम्रो हुन्छ भन्ने आशमा रहेका व्यक्तिहरू, तिनका सन्तानहरू आज किन यसरी देश छाडेर हिँडिरहेका छन् त ? देशमा शान्ति निर्माणको प्रक्रिया सुरु गर्ने व्यक्तिहरूले यसलाई गहिरो गरी हेर्नुपर्छ। भनिन्छ, कुनै पनि देशमा सुरु भएको शान्ति निर्माण प्रक्रिया जनपक्षीय छ वा छैन भनी हेर्न शान्तिका लाभांशहरूमा कसको बढी पहुँच छ भन्ने स्थिति एक महत्त्वपूर्ण सूचकाङ्कका रूपमा रहन्छ। हाम्रो देशको शान्ति निर्माण प्रक्रियाबाट शान्तिका लाभांशहरू नेतृत्व वर्गमै सीमित छ भनी पुष्टि गर्ने आधार धेरै छन्।
अहिले यसरी ठूलो रकम तिरेर आफ्नो गाउँबाट बहिरिने युवाको संख्या सय, दुई सयमा सीमित छैन, हजारौँ पुगेको छ। यत्रो ठूलो संख्यामा रहेका युवाका लागि यत्रो ठूलो रकम लगानी गर्ने व्यक्तिहरूले त्यत्रो ठूलो रकम कहाँबाट ल्याइरहेका छन् त भन्ने प्रश्न पनि छ ? यो प्रश्न युवाहरूको पीडासँग त जोडिएकै छ नै, साथै देशकै सुरक्षासँग पनि जोडिएको जस्तो लाग्छ।
नेतृत्वमा पनि अझ माथिल्लो तहकै नेतृत्व र तिनको परिवार र आसेपासेहरूको वरिपरि नै शान्तिका सबैखाले लाभांश सीमित छ। फलस्वरूप समुदाय तहमा रहेका व्यक्तिको जीवनमा उल्लेख्य सुधार हुन सकेको छैन। बरु समुदाय तहमा रहेका अलिक बुझ्ने कहलिएका वा नेतृत्वको वरपर रहेका व्यक्तिहरूले समुदायका युवाहरूलाई बाहिर गएमा, अझ अमेरिका पुगेमा जीवन सप्रन्छ भन्ने सपना देखाउने गरेको कुरा यसरी अमेरिका पुगेका व्यक्तिहरूको भनाइबाट बुझिन्छ।
उनीहरूलाई यत्रो ठूलो रकम सापटी पनि त्यस्तै व्यक्तिले दिने गरेका, कसैकसैले त ३० देखि ३५ प्रतिशत सम्म पनि ब्याज लिने गरेका अमेरिका पुगेका युवा बताउँछन्। अहिले यसरी ठूलो रकम तिरेर आफ्नो गाउँबाट बहिरिने युवाको संख्या सय, दुई सयमा सीमित छैन, हजारौँ पुगेको छ। यत्रो ठूलो संख्यामा रहेका युवाका लागि यत्रो ठूलो रकम लगानी गर्ने व्यक्तिहरूले त्यत्रो ठूलो रकम कहाँबाट ल्याइरहेका छन् त भन्ने प्रश्न पनि छ ? यो प्रश्न युवाहरूको पीडासँग त जोडिएकै छ नै, साथै देशकै सुरक्षासँग पनि जोडिएको जस्तो लाग्छ।
यसरी ठूलो सङ्ख्यामा धेरै पैसा तिरेर बाहिर जाने क्रम कुनै आपराधिक गिरोहको सहयोगबिना सम्भव छैन। त्यसैले अहिले यसरी युवाहरूको अमेरिका जाने क्रम नियाल्दा हाम्रो देशभित्र कुनै मानव बेचबिखन गर्ने गिरोह त परिचालित छैन भनी शंका गर्नुपर्ने देखिन्छ। छन् भने ती गिरोहलाई कसले संरक्षण गरिरहेको छ ? समयमै हामीले यो प्रश्नको जवाफ खोजेर सम्बोधन गर्न सकेनौँ भने निकट भविष्यमै नेपाल तस्करहरूको खेलमैदान बन्नेमा दुई मत हुँदैन।