गलत शुल्कसहित वर्क परमिट आवेदन दिनेहरुको संख्यामा बृद्धि, सही शुल्क बुझाउन युएससीआईएसको सुझाव

प्रकाशित मिति : आश्विन १५, २०८१ मंगलबार

गलत शुल्कसहित वर्क परमिट आवेदन दिनेहरुको संख्यामा बृद्धि, सही शुल्क बुझाउन युएससीआईएसको सुझाव

गलत शुल्कसहित वर्क परमिट आवेदन दिनेहरुको संख्यामा बृद्धिभएपछि युएससीआईएसले सही शुल्क सहित आवेदन दिन सुझाव दिएको छ । युएससीआईएसले गत अप्रिल १ देखि विभिन्न आवेदनमा शुल्क परिवर्तन गरेकोमा त्यसपछि गलत शुल्कसहित वर्क परमिट आवेदन दिनेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको युएससीआईएसले जनाएको छ ।

गलत शुल्कसहित वर्क परमिट आवेदन दिनेहरुको संख्यामा बृद्धि, सही शुल्क बुझाउन युएससीआईएसको सुझाव

वर्क परमिट आवेदन आई ७६५ आवेदन दिंदा अनलाइन आवेदनका सन्दर्भमा ४७० डलर शुल्क तिर्नुपर्छ भने कागजीरुपमा फाइल गर्दा ५२० डलर शुल्क तिर्नुपर्छ । ग्रिनकार्ड आवेदन विचाराधिन रहेको अवस्थामा वर्क परमिटको आवेदन दिंदा वा शुल्क तिरेको ग्रिनकार्ड आवेदन आई ४८५ सँगै वर्क परमिट आवेदन दिंदा २६० डलर शुल्क तिर्नुपर्छ ।

अप्रिल १ वा त्यसपछि गलत शुल्कसहित पठाइएका आवेदनहरु अस्वीकृत गर्ने युएससीआईएसले जनाएको छ । अप्रिल १ पछिको परिवर्तित शुल्कहरु हेर्न यहाँ क्लीक गर्नुहोला ।

Source link

Leave a Comment