अमेरिकी विदेश मन्त्रालयद्वारा शरणार्थीका परिवारका भिसा प्रक्रिया निलम्बन



प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार

अमेरिकी विदेश मन्त्रालयद्वारा शरणार्थीका परिवारका भिसा प्रक्रिया निलम्बन

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी शरणार्थी भर्ना कार्यक्रम अन्तर्गत शरणार्थीका परिवारहरूका लागि भिसा प्रक्रिया निलम्बन गरेको घोषणा गरेको छ। यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा जारी गरेको अमेरिकी शरणार्थी भर्ना कार्यक्रमलाई पुनःसंरचना गर्ने कार्यकारी आदेश १४१६३ अनुरूप गरिएको विदेश मन्त्रालयले जनाएको छ अमेरिकी विदेश विभागका अनुसार यो निलम्बन संसारभरका अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूमा “फ्लो टु ज्वाइन-आर” भिसाको यात्रा योग्यता निर्धारणमा लागू हुनेछ।

अमेरिकी विदेश विभागका अनुसार, जसको भिसाका केसहरू पहिले नै अमेरिकी दूतावास वा वाणिज्य दूतावासमा पुगेका छन्, उनीहरूले आफ्नो यात्रा योग्यता अन्तर्वार्ता स्थिति जाँच गर्न वा राहदानी फिर्ता सम्बन्धी जानकारी लिन सम्बन्धित पोस्टसँग प्रत्यक्ष सम्पर्क गर्नु पर्नेछ।

अमेरिकी विदेश मन्त्रालयद्वारा शरणार्थीका परिवारका भिसा प्रक्रिया निलम्बन

अमेरिकी विदेश मन्त्रालयद्वारा शरणार्थीका परिवारका भिसा प्रक्रिया निलम्बन

त्यस्तै, जसको केसहरू अझै नेशनल भिसा सेन्टरमा छन्, उनीहरूले सार्वजनिक सोधपुछ फारम प्रयोग गरी आफ्नो केसबारे अपडेट प्राप्त गर्न सक्नेछन् ।

अमेरिकी विदेश मन्त्रालयले लाभार्थीहरूसँग यदि अझै वैध बोर्डिङ फोइल वा भिसाहरू भएमा उनीहरूले अमेरिका प्रवेशसम्बन्धी कुनै जिज्ञासा भएमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र सीबीपीसँग सम्पर्क गर्नु पर्नेछ। साथै विदेश मन्त्रालयले भविष्यमा प्रभावित व्यक्तिहरूका लागि थप निर्देशनहरू प्रदान गर्न सक्ने जनाएको छ।

थप जानकारीका लागि अमेरिकी विदेश मन्त्तालयले सबै प्रभावित व्यक्तिहरूलाई आफ्नो स्थानीय अमेरिकी दूतावास, वाणिज्य दूतावास वा नेशनल भिसा सेन्टरसँग सम्पर्क गर्न सल्लाह दिएको छ।





Source link

Leave a Comment