अमेरिकामा हाइकिङ गएका एकै परिवारका पाँच सदस्यको बाढीमा परेर दुखद निधन



प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार

अमेरिकामा हाइकिङ गएका एकै परिवारका पाँच सदस्यको बाढीमा परेर दुखद निधन

Photo: Alex Moliski/ Unsplash

अमेरिकाको दक्षिणी युटास्थित क्यानियन क्षेत्रमा शुक्रबार आएको भीषण आकस्मिक बाढीमा परेर एकै परिवारका पाँच जनाको दुखद निधन भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार मृत्यु हुनेहरूमा प्रोभो दमकल विभागका क्याप्टेन स्पेन्सर लङ, उनकी पत्नी क्याट्रिना र उनीहरूका तीन छोराहरू-रिड, थेन र गेज रहेका छन्। उक्त हाइकिङ टोलीमा सहभागी नरहेकी उनकी छोरी भने यस दुर्घटनाबाट जोगिएकी छन्।

वेन काउन्टी शेर्पको कार्यालयका अनुसार यो परिवार शुक्रबार युटाको बिकनेल नजिकै रहेको सनग्लो क्याम्पग्राउन्डमा दिनभरको अवलोकन भ्रमणका लागि पुगेको थियो।

मुसलधारे वर्षाका कारण आएको अचानक बाढीमा परेर उनीहरूको मृत्यु भएको अनुमान गरिएको, शेर्प कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार राति बाढी आएको क्षेत्रमा एक युवकको शव फेला परेको खबर पाएपछि प्रहरी टोली क्याम्पग्राउन्ड पुगेको थियो। बाँकी चार जनाको शव शुक्रबार र शनिबार गरी बरामद गरिएको छ।

यस घटनापछि मृतक परिवारप्रति श्रद्धाञ्जलीको लहर चलेको छ। आमाबाबु र तीन दाजुभाइ गुमाएकी जीवित छोरीको सहयोगका लागि साथीहरूले गोफन्डी मार्फत आर्थिक सङ्कलन अभियान सुरु गरेका छन्।

प्रोभो दमकल विभागले सामाजिक सञ्जालमा शोक व्यक्त गर्दै भनेको छ, क्याप्टेन स्पेन्सर लङ र उहाँको परिवारको निधनले हामी स्तब्ध र मर्माहत भएका छौँ। यस कठिन घडीमा हाम्रो समवेदना लङ परिवार, साथीभाइ र सहकर्मीहरूप्रति छ।





Source link

Leave a Comment