अमेरिकामा दादुराबाट १० बर्षपछि १ जनाको मृत्यु, संक्रमण बढ्दो


अमेरिकाको टेक्सासमा दादुराका कारण एकजनाको मृत्यु भएको छ । यो अमेरिकामा झन्डै एक दशकपछि दादुरा (मिजल्स) का कारण भएको पहिलो मृत्यु हो ।

मृत्यु हुने व्यक्ति एक अप्रशिक्षित परिवारका बालक हुन । उनमा दादुराको परीक्षण गर्दा संक्रमित भएको थियो । उनको टेक्सासको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको टेक्सास राज्य स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

टेक्सास राज्यको स्वास्थ्य मन्त्रालयले यस महिनाको सुरूवातदेखि १२४ वटा दादुराका संक्रमित दर्ता भएका छन् । गत शुक्रवारको ९० बाट यो संख्यामा संक्रमितको संख्या वृद्धि भएको हो । संक्रमित अधिकांश १७ मुनिका बालबालिका छन ।

अमेरिकाका स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको पहिलो क्याबिनेट बैठकमा दादुराका कारण दुई जनाको मृत्यु भएको दावी गरेका थिए ।

तर, लबोक, टेक्सासका सार्वजनिक स्वास्थ्य विभागकी निर्देशक क्याथरिन वेल्सले अहिलेसम्म दादुराका कारण एकजनाको मात्रै मृत्यु भएको बताएकी छन ।

अमेरिकाले सन २००० मा दादुरालाई ‘उन्मूलन’ भएको घोषणा गरेको थियो ।

तर हालका वर्षहरूमा यस महामारीका प्रकोपहरू देखिएका छन् । सन २०१५ पछि अमेरिका मा मिजल्सका कारण भएको पहिलो मृत्युले फेरी एकपटक सबैलाई झस्काइदिएको छ ।

दादुराको प्रकोप टेक्सासको उत्तर पश्चिमी क्षेत्रमा बढि देखिन्छ । न्यु मेक्सिको, अलास्का, क्यालिफोर्निया, जर्जिया, न्यू जर्सी, न्यूयोर्क सिटी र रोड आइल्याण्डमा पनि दादुराका संक्रमितहरु भेटिएका छन ।

दादुराको संक्रमणले गर्भवती महिला र साना बालबालिकामा विशेष गरी गम्भीर समस्याहरु निमोनिया, नसा सम्वन्धी , सुनाइ गुम्नु र मृत्यु हुन सक्ने चिकित्सकहरुले बताएका छन ।



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School