अमेरिका भित्र आक्रमणको योजना बनाएको आरोपमा पूर्व सैनिक पक्राउ



प्रकाशित मिति : जेष्ठ १, २०८२ बुधबार

अमेरिका भित्र आक्रमण योजना बनाएको आरोपमा पूर्व अमेरिकी सैनिकलाई पक्राउ गरिएको छ ।

मिशिगन आर्मी नेशनल गार्डका पूर्व सदस्यलाई अमेरिकाको मिशिगनस्थित सैनिक आधार शिविर मा सामूहिक गोलीकाण्ड गराउने योजना बनाएको आरोपमा पक्राउ गरिएको हो ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार १९ वर्षीय अम्मार अब्दुलमजिद मोहमद सईदलाई पक्राउ गरिएको हो।

अमेरिका भित्र आक्रमणको योजना बनाएको आरोपमा पूर्व सैनिक पक्राउ

अमेरिका भित्र आक्रमणको योजना बनाएको आरोपमा पूर्व सैनिक पक्राउ

न्याय मन्त्रालयका अनुसार सईदले इस्लामिक स्टेट आतंककारी संगठनको तर्फबाट हमला गर्ने योजना बनाएका थिए। प्रहरीका अनुसार उनलाई हमला गर्ने दिन नै शिविर नजिकैको क्षेत्रमा ड्रोन उडाउँदै गर्दा पक्राउ गरिएको हो।

सईदले अमेरिकी सेनाको ट्याङ्क र हतियार आपूर्ति सञ्जाल नियन्त्रक निकाय मा हमला गर्ने योजना बनाएका थिए। यो डेट्रॉइटको उपनगरमा रहेको छ ।

संघीय अभियोजकहरूका अनुसार सईदले आफूसँग रहेको राइफल चलाउने तालिम, मोलोटोभ ककटेल बनाउने तरिका, र बख्तरबंद भेध्न सक्ने गोली र म्यागजिनसमेत प्रयोग गरि हमला गर्न चाहेको बताएका छन्।

विदेशी आतंकवादी संगठनलाई सहयोग पुर्याउने प्रयास, र विनाशकारी उपकरणको विवरण बाँड्ने आरोपमा उनीमाथि अभियोग लगाइएको छ। अदालतको कागजात अनुसार, सईदको तर्फबाट हालसम्म कुनै कानुनी वकिलको नाम सार्वजनिक गरिएको छैन।

सईदले मिशिगन नेशनल गार्डमा दुई वर्ष सेवा गरेका थिए । तर डिसेम्बर २०२३ मा प्रारम्भिक तालिम पूरा नगरेको कारण निष्कासित गरिएको थियो।

अमेरिका भित्र आक्रमणको योजना बनाएको आरोपमा पूर्व सैनिक पक्राउ

मिशिगन नेशनल गार्डका प्रवक्ताले कानुन र आन्तरिक नीतिअनुसार कारबाही गर्ने बताएका छन । अदालतमा पेस गरिएको एफबीआईको मुद्धामा सईदले महिनौंसम्म एफबीआईका अन्डरकभर एजेन्टहरूलाई आईएसआईएस समर्थक ठानी संवाद गर्दै आक्रमणको योजना बनाएका उल्लेख गरिएको छ ।

नोभेम्बर २०२३ मा उनले आर्मी बेसमा ड्रोन उडाएर प्रवेशद्वार, गाडीहरू र निस्कने बाटोको निगरानी गरेका थिए।

सईदले आक्रमणको लागि हतियार राख्न शिविर छेउको गोदाम भाडामा लिने योजना बनाएको पनि खुलाइएको छ। उनी राइफल चलाउन नेशनल गार्डमा हुँदा सिकेका थिए।





Source link

Leave a Comment