प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार
![अमेरिकाको अलास्कामा यात्रु बोकेको विमान समुन्द्रमा बेपत्ता अमेरिकाको अलास्कामा यात्रु बोकेको विमान समुन्द्रमा बेपत्ता](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2025/02/St._Lawrence_Island_Bering_Sea_Alaska_USA_-_20_June_2020_52560195787.jpg?fit=1000%2C501&ssl=1)
अमेरिकाको अलास्कामा १० जना यात्रु बोकेको विमान समुन्द्रमा बेपत्ता भएको छ । उक्त व्यावसायिक यात्रु विमान अवतरण हुनुभन्दा केही समय अघि बेरिङ सागरमा बेपत्ता भएको थियो।
अलास्काका अधिकारीहरूले उक्त विमानमो खोजी गरिरहेका छन् । क्षेत्रीय वाहक बेरिङ एयरद्वारा सञ्चालित सेस्ना विमानमा नौ जना यात्रु र एक पाइलट सवार थिए । विमान पूर्वीय समय अनुशार बेलुका ७ बजेर २० मिनेटमा बेपत्ता भएको थियो ।
बेरिङ सागरमा बेपत्ता भएको विमानको खोजीमा तटरक्षक, वायुसेना र नेशनल गार्ड जुटेका छन् । हराइरहेको विमान अलास्काको नोम सहरको लागि यात्रा गरिरहेको थियो। नोममा मुख्यालय रहेको बेरिङ एयरले ३० भन्दा बढी स्थानीय समुदायहरूलाई सेवा गर्दै आएको छ ।
हालैका हप्ताहरूमा दुईवटा विमान दुर्घटनाका घटनाहरूको छानबिन भइरहेको बेलामा यो दुर्घटना भएको हो । वाशिंगटन, डीसी नजिकै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर र एक यात्रु जेट उडानका रहेको बेला ठोक्किदा ६७ जनाको मृत्यु भएको थियो भने फिलाडेल्फियामा मेडेभ्याक जेटको दुर्घटनामा सात जनाको मृत्यु भएको थियो ।
बिहीबार साँझसम्म, नोम एयरपोर्ट वरिपरि हल्का हिउँ र चिसो चिसो पानी परेको थियो । एक बिन्दुमा भिजिबिलिटी आधा माइल मात्र तल झरेको थियो । रातभरि ३५ माइल प्रति घण्टाको दरले हावा चल्ने पूर्वानुमान समेत गरिएको थियो ।
विमानको सही स्थान अझै अज्ञात छ। अधिकारीले विमान नभेटुन्जेल सकेसम्म धेरै स्थानहरूमा खोज प्रयासहरू विस्तार गर्न जारी राख्ने बताएका छन् । अधिकारीहरुले मौसम र सुरक्षा चिन्ताका कारण जनतालाई आफ्नै खोज दलहरू नबनाउन आग्रह गरेका छन् ।