नर्वे विद्युतीय गाडी अपनाउने विश्वकै अग्रणी देश बन्दै



प्रकाशित मिति : पुस २८, २०८१ आईतबार

नर्वे विद्युत गाडी अपनाउने विश्वकै अग्रणी देश बन्न सफल भएको छ । नर्वेमा विद्युत गाडी “EV” को लोकप्रियता दिन प्रतिदिन बढ्दो देखिएको छ ।

गएको वर्ष मात्र नर्वेमा बिक्री भएका १० वटा नयाँ गाडीमध्ये ९ वटा विद्युत गाडी थिए ।

ओस्लोस्थित गाडी डिलरशिप हाराल्ड ए मोलरले ७५ वर्षदेखि भोक्सवागन गाडी आयात गर्दै आएको थियो ।

तर, २०२४ को सुरुवातमै यसले इन्धनमा चल्ने गाडीको बिक्री बन्द गर्दै आफ्नो शो रूममा बिक्री गरिने सबै गाडी विद्युतमा चल्ने बनाएको छ ।

ओस्लोका सडकहरूमा हेर्दा, विद्युत गाडीहरू नयाँ कुरा जस्तो लाग्दैन । यहाँका अधिकांश गाडीका नम्बर प्लेटमा “E” लेखिएको देख्न सकिन्छ, जसको अर्थ इलेक्ट्रिक हो।

५.५ मिलियन जनसंख्या भएको नर्वेले विद्युत गाडीहरूलाई तीव्र रूपमा अपनाएको छ । यो देश नयाँ इन्धनमा चल्ने गाडीको बिक्री पूर्णरूपमा बन्द गर्ने पहिलो राष्ट्र बन्न नजिक पुगेको छ ।

गएको वर्ष नर्वेमा पेट्रोल गाडीभन्दा विद्युत गाडीहरूको संख्या बढी भएको थियो । डीजल गाडीसमेत जोड्दा, नर्वेका सडकमा करिब एक तिहाइ गाडीहरू विद्युतमा चल्ने छन् ।

२०२४ मा नर्वेमा बिक्री भएका ८८.९५ नयाँ गाडी विद्युत थिए । जुन २०२३ को तुलनामा ८२.४५ बाट बढेको हो । केही महिनाहरूमा यो दर ९८ प्रतिशत सम्म पुगेको थियो।

नर्वे विद्युतीय गाडी अपनाउने विश्वकै अग्रणी देश बन्दै

नर्वेको विद्युत गाडी क्रान्ति तीन दशक अघिदेखि शुरू भएको हो। १९९० को दशकमा पेट्रोल र डीजल गाडीमा कर बढाएर र विद्युत गाडीलाई कर छुट दिएर यो अभियान अघि बढाइएको थियो ।

नर्वेले ठूला परियोजनाहरू सजिलै अघि बढाउन सक्छ । तेल र ग्यास निर्यातबाट प्राप्त भएको १.७ ट्रिलियन डलर भन्दा ठूलो सम्पत्तिका कारण ठुला योजना अगाडि बढाउन नर्बेलाई सजिलो छ ।

विद्युत उत्पादनमा पनि नर्वे सम्पन्न छ । यहाँ उत्पादन हुने ८८ प्रतिशत विद्युत जलविद्युत स्रोतबाट हुन्छ ।





Source link

Leave a Comment