हार्भर्ड विश्वविद्यालयलाई कर छुट नदिने राष्ट्रपति ट्रम्पको चेतावनी



प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्भर्ड विश्वविद्यालयको बहुमूल्य कर छुट हटाउने चेतावनी दिएका छन ।

संघीय कर छुट नहुनु भनेको हार्भर्डलाई प्रत्येक वर्ष करोडौं डलर घाटा हुनु हो । विश्वविद्यालयको सम्पत्तिको कोष हाल करिब ५३ बिलियन डलर रहेको छ ।

यसअघि मात्रै उनको प्रशासनले विश्वविद्यालयको लागि छुट्याइएको २ बिलियन डलरभन्दा बढीको संघीय अनुदान रोक्ने घोषणा गरेको थियो।

हार्भर्ड विश्वविद्यालयलाई कर छुट नदिने राष्ट्रपति ट्रम्पको चेतावनी

हार्भर्ड विश्वविद्यालयलाई कर छुट नदिने राष्ट्रपति ट्रम्पको चेतावनी

ह्वाइट हाउसले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्भर्डमा यहूदी विरोध बढेको भन्दै विश्वविद्यालयलाई भर्ना, नियुक्ति र शिक्षण पद्धतिमा व्यापक सुधार गर्न निर्देशन दिएको थियो ।

राष्ट्रपति पदमा पुन फर्किएपछि ट्रम्पले शीर्ष विश्वविद्यालयहरूलाई नयाँ रूप दिन संघीय अनुदान रोकिने चेतावनी दिँदै आएका छन् । संघीय अनुदान प्रायः अनुसन्धानको लागि प्रयोग हुने गर्छ ।

तर हार्भर्डले सोमबार ट्रम्प प्रशासनका मागहरू अस्वीकार गर्दै विश्वविद्यालयको स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको आरोप लगाएको छ । मंगलबार बिहान ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा हार्भर्डलाई दिइएको कर छुट पनि हटाइने चेतावनी दिए ।

उनले “हार्भर्डले राजनीतिक, वैचारिक र आतङ्कवादबाट प्रेरित ‘सोच’ फैलाउने कार्य जारी राखेमा त्यसलाई राजनीतिक संस्थाको रूपमा कर लगाउनुपर्छ भनेर लेखेका छन ।

ह्वाइट हाउसले शुक्रबार पठाएको पत्रमा हार्भर्डले ‘बौद्धिक र नागरिक अधिकार’को शर्त पुरा नगरेको उल्लेख छ । हार्भर्डका अध्यक्ष एलन गार्बरले उक्त मागहरू अस्वीकार गर्दै धेरैजसो मागहरू विश्वविद्यालयको बौद्धिक स्वतन्त्रता र पहिलो संशोधन अन्तर्गतको अभिव्यक्ति स्वतन्त्रतामा प्रत्यक्ष सरकारी हस्तक्षेप हुन् भनेका छन ।

हार्भर्ड विश्वविद्यालयलाई कर छुट नदिने राष्ट्रपति ट्रम्पको चेतावनी

हार्भर्डको अस्वीकृति पछि शिक्षा मन्त्रालयले तुरुन्तै २.२ बिलियन डलर अनुदान र ६० मिलियन डलरको सरकारी सम्झौता रोकिएको घोषणा गरिएको छ ।
हार्भर्ड मात्र होइन, अन्य प्रतिष्ठित विश्वविद्यालयहरू पनि ट्रम्प प्रशासनको निशानामा छन् ।

न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयले गत महिनामात्रै प्रशासनका केही मागहरू मान्दै ४०० मिलियन डलरको अनुदान पुन प्राप्त गर्ने प्रयास गरेको थियो । तर सोमबार उसले पनि स्वतन्त्रता नछाड्ने जनाउँदै नयाँ धारणा सार्वजनिक गरेको छ ।





Source link

Leave a Comment