कला सिकाउन भक्तपुर आएका अमेरिकी दम्पती : ‘माटो संस्कृति जोड्ने बलियो पुल’
काठमाडौं । माटोका हस्तकला र तिनमा कला पोत्ने शिल्पमा भक्तपुर प्रसिद्ध छ । रैथाने कलालाई निखार्ने, कलात्मक आवाजलाई सशक्त बनाउने र उद्यमशीलताको खोजी गर्ने जमर्को यसैसाता भक्तपुरका महिला कलाकारले गरे । अमेरिकादेखि आएका प्रसिद्ध कलाकार दम्पती मार्क नाफजिगर र जोइसले यी नेपाली कलाकारलाई सीप तिखार्न प्रेरित गरे । अमेरिकी दूतावासको …