छाउनी टोल बन्यो रेड लडाकु बस्ती
२०२९ सालतिर रुपन्देहीको सीतापुर क्षेत्र तिनाउ खोलाले छाडेको ऐलानी जग्गा थियो । खोलाले छाडेपछि यो सार्वजनिक जमिन केही टाठाबाठा जमिनदारले ओगट्न थाले । त्यसपछि तत्कालीन नेकपा (पुष्पलाल समूह) का जिल्ला सचिव भीमनारायण थारुले जिल्ला कमिटीको बैठक बसाएर छलफल गरे र सार्वजनिक जग्गा जमिनदारलाई ओगट्न दिनुभन्दा भूमिहीन गरिबको बस्ती बसाउनु न्यायिक …