सरकारी अस्पतालमा सेवाग्राहीलाई अनेक सास्ती
कपनकी सानु भट्टराईलाई पेट दुखेर खप्नै गाह्रो भएपछि छोरीको साथमा त्रिवि शिक्षण अस्पताल पुगिन्। अस्पतालमा ओपिडीको टिकट काटेर लाइनमा बसेकी उनको दुई घण्टासम्म पनि पालो आएन। आमाको छटपटी बढ्न थालेपछि छोरी दौडिँदै चिकित्सककहाँ गइन्। उनले आमाको अवस्था नाजुक भइसकेकाले अलि छिटो हेरिदिन अनुरोध गरिन्। चिकित्सकले भने–गाह्रो भयो भनेर ओपिडीमा आएर …