खड्गबहादुर गोलेसँग सुख-दु:खका कुरा
कुरा मंसीर १६ गतेको हो। त्यस्तै सवा एघार बजेको हुँदो हो। ७७ वर्षीय सेवा निवृत्त शिक्षिका आमा विद्यादेवी चापागाईंसँगै थिएँ। हामी गट्ठाघरदेखि नारायणहिटी दरबर जान इनड्राइभको आधुनिक बग्गीमा थियौं। आधुनिकता, सूचनाप्रविधि र समयको चापलाई पछ्याउॅंदै नेपालमा राष्ट्रिय परिचयपत्र बन्न थालेको केही समय भइसकेको रहेछ। त्यो परिचयपत्र लिन गत शुक्रबार पनि पुगेको थिएँ। …