उमेरमै अल्झेको सरकार
अहिले नेपालमा युवाहरूको सवाल व्यापक रूपमा सडकका गल्लीदेखि सदनका रोष्ट्रमसम्म जोडतोडले उठिरहेको पाइन्छ। विशेषगरी त्यस ठाउँमा युवा बेरोजगार, उद्यमशीलता, गुणस्तरीय शिक्षा, स्वास्थ्य, क्षमता विकास, युवामैत्री शासन र लगानीका सवालहरूले राम्रै स्थान पाइरहेका छन्। राष्ट्रिय युवा नीति २०७२ अनुसार १६–४० वर्ष उमेर समूहका मानिसहरूलाई युवा मानिएको छ। पछिल्लो राष्ट्रिय जनगणना अनुसार त्यस्तो उमेर समूह कुल जनसंख्याको ४२.५६ …