रात धेरै पर्यो धेरै धेरै
“रात धेरै पर्यो धेरै धेरै मायाका कुरा नगर न ए।” ‘वर्तिका आत्मा’ मा व्याप्त उदासीनताको संक्षेप अभिव्यक्ति। म कल्पना गर्छु, वर्तिका- जसको हार्दिकताको चहकिलो प्रकाश सांसारिक आँधीको प्रवेगले क्षीण भइसकेको छ। मानिसको भाव- साम्राज्यको क्षणिकताको बोधले पोलिरहेको छातीले बोलेका शब्दहरू हुन् यी। घातले शिथिल ज्यानले भन्नै पर्ने भएर भनेका शब्द। …