फ्रेम बाहिरबाट : रवि लामिछाने

फ्रेम बाहिरबाट : रवि लामिछाने

रवि लामिछानेसँग दोहोरो चिनजान छैन। जसरी आम नेपालीले तिनलाई चिन्छन्, मेरो पनि चिनजान त्यस्तै हो। रवि जो केही समय विदेश, विदेशमध्ये पनि धेरैको आकर्षणको केन्द्र अमेरिका बसेर नेपाल फर्किए । नेपाल फर्किएर टेलिभिजनमा पुन करियर सुरु गरेका, टेलिभिजनबाटै ख्याति कमाएका, चुनाव र उपचुनावहरूमा चामत्कारिक विजय हासिल गरेका, राजनीतिबाटै अझै उकालो …

Read more

केजरीवालको ढर्रा र यताका ‘नयाँ’ को पारा

केजरीवालको ढर्रा र यताका ‘नयाँ’ को पारा

अरविन्द केजरिवालको उदय जोडिन्छ ‘इन्डिया अगेन्स्ट करप्सन् मुभमेन्ट’ सँग । कमनवेल्थ गेम र थुप्रै आयोजनाहरुमा भ्रष्टाचार भएको भन्दै भारतमा नागरिक तहबाट आवाज उठ्दै गयो । विगतमा कर्मचारी पृष्ठभूमिबाट आएका केजरीवाल यसको अगुवाका रुपमा उदाउन थाले । अन्ना हजारेको सत्याग्रहले उक्त आन्दोलनलाई अझै बल दिइरहेको थियो । उसो त भारतका पूर्वअडिटर …

Read more

रुपन्देहीमा रविविरुद्धको मुद्दा : गोर्खा मिडियाको जन्म नै सहकारीको रकमबाट

रुपन्देहीमा रविविरुद्धको मुद्दा : गोर्खा मिडियाको जन्म नै सहकारीको रकमबाट

७ माघ, काठमाडौं । रास्वपा सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने जोडिएको बुटवलको सुप्रिम सहकारी अनियमितता प्रकरणमा अनुसन्धान गरेका अधिकारीहरूले उक्त मिडियाको जन्म नै अवैध ढंगबाट भएको निष्कर्ष पेश गरेका छन् । जिल्ला अदालत, रुपन्देहीमा संगठित रूपमा सहकारी ठगी गरेको कसुरमा मुद्दा दायर गर्ने क्रममा पेश …

Read more

‘थाहा छैन भन्दै रविले चेक काटिरहे, सञ्जाल नबनाई यत्रो कसुर हुन सक्दैन’

‘थाहा छैन भन्दै रविले चेक काटिरहे, सञ्जाल नबनाई यत्रो कसुर हुन सक्दैन’

२९ पुस, काठमाडौं । बिहान साढे १० बजेतिरै प्रहरीले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई काठमाडौं जिल्ला अदालतको ६ नम्बर इजलासमा ल्याएर राखिसकेको थियो । घाँटीमा झुण्डयाएको गलबन्दी, लामो कालो कोट र कालै जुत्ता लगाएर लामिछाने कुर्सीमा बसिरहेका थिए । बाहिरको भिडलाई प्रहरीले दुईतिरबाट रोकेको थियो र निश्चित व्यक्तिलाई मात्रै …

Read more

अदालतमा रविको बयान-पूर्वडीआईजी, पूर्वप्रदेश प्रमुख जस्ता व्यक्ति देखेपछि शंका गरिनँ

अदालतमा रविको बयान-पूर्वडीआईजी, पूर्वप्रदेश प्रमुख जस्ता व्यक्ति देखेपछि शंका गरिनँ

२५ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बयानमा आफ्नो एउटा पनि चेकमा अक्षर नभएको तर हस्ताक्षर भएको स्वीकार गरेका छन् । गत पुस १२ गते सकिएको बयानमा रविले कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईको निर्देशन पालना गर्नु पदीय कर्तव्य र जिम्मेवारी भएको …

Read more

रविविरुद्ध काठमाडौं प्रहरीले जुटाएका प्रमाण : हस्ताक्षरसहितका १६ चेक

रविविरुद्ध काठमाडौं प्रहरीले जुटाएका प्रमाण : हस्ताक्षरसहितका १६ चेक

२१ पुस, काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा अनियमितता भएको १ अर्ब १९ करोडमध्ये ५ करोड ७८ लाख ९६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको भेटिएको छ । सहकारीबाट प्रत्यक्ष रुपमा २ करोड ६६ लाख र विभिन्न व्यक्तिका नाममा फर्जी खाता खडा गरेर २ करोड १३ लाख ९६ हजार …

Read more

रविले खोजे बालेन र विवेकशीलको साथ

रविले खोजे बालेन र विवेकशीलको साथ

१० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेमाथि लागेको अभियोग अदालतको प्रारम्भिक जाँचमा प्रवेश गरेका बेला पार्टीले अन्य वैकल्पिक शक्तिहरूको साथ खोज्न थालेको छ । लामिछानेनिकट सह–कोषाध्यक्ष दिपक बोहोरा लगायत रास्वपाका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र विवेकशील साझा पार्टीका नेताहरूसँग लामिछानेको पक्षमा बोलिदिन …

Read more

रविको निलम्बनपछि पार्टी र संसदीय दलको नेता को ?

रविको निलम्बनपछि पार्टी र संसदीय दलको नेता को ?

७ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासत भोगिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा पर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेविरुद्ध मुद्दा दर्ता भएको जानकारी संसदमा आइतबार पठाएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता …

Read more

इमरान खान र रवि लामिछाने

इमरान खान र रवि लामिछाने

म आज जुन प्रसङ्गलाई लिएर यो लेख लेखिरहेको छु त्यस बारेमा लेख्ने जाँगर मलाई कहिल्यै थिएन। तर, मलाई लाग्यो यो प्रसङ्गमा केही कुरा छुटेका छन्, वा हुनसक्छ ती कुराले पाउनुपर्ने स्थान पाएका छैनन्। लेख तिनै ‘छुटेका कुरा’मा केन्द्रित रहनेछ। प्रसङ्ग हुन्- रवि लामिछाने। तर, कुरा सुरु गरौं कैदी नम्बर ८०४ बाट। आज पाकिस्तानका …

Read more

रविको बयान सकियो, कसरी बढ्छ मुद्दा ?

रविको बयान सकियो, कसरी बढ्छ मुद्दा ?

२६ मंसिर, काठमाडौं । सहकारी संस्थाहरूको बचत रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । उनले पाँच फरक जिल्लाका पाँच वटा सहकारी अपचलनबारे बयान दिएका छन् । २ कात्तिकमा वनस्थलीस्थित आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका रविलाई त्यहाँबाट सिधै गाडीबाट पोखरा पुर्‍याइएको थियो । त्यसपछि पोखराको …

Read more