मार्दी मोहनी
सिदिङबाट उकालो हिंडेको करिब एक घण्टापछि एउटा चौतारो भेटियो। बिसौनीले बाटो छेकेपछि नबसी कसरी जानु! हामीले झोला बिसायौं। चौतारोदेखि हेर्दा माथिबाट माछापुच्छ्रेले घाँटी तन्काई–तन्काई हामीलाई नै हेरे जस्तै देखिन्थ्यो। मार्दी चाहिं त्यही माछापुच्छ्रेको काखमा लुकी बसेको थियो। म माछापुच्छ्रे हेर्दै चौतारीमा अडेस लागेर ढल्किएँ। माथि–माथि हिमाल छोएर आएको चिसो बतास …